सामग्रीमा जानुहोस्

भिकी गुरेरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिकी गुरेरो
सन् २०१३ मा बेन्सन
वास्तविक नामभिकी लिन लारा
जन्म (1968-04-16) अप्रिल १६, १९६८ (उमेर ५८)[]
एल पासो, टेक्सास, अमेरिका[]
जीवनसाथी(हरू)
  • (
    वि १९९०; निधन २००५)
  • क्रिस बेन्सन
    (
    वि २०१५)
बच्चा२, सउल गुरेरो सहित
परिवारगुरेरो परिवार
शिक्षाहेर्जिङ विश्वविद्यालय (विज्ञान स्नातक)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामभिकी गुरेरो
उचाई५ फिट ४ इन्च
तौल१४१ पाउन्ड[]
उत्पत्तिएल पासो, टेक्सास
प्रशिक्षकएडी गुरेरो, चाभो गुरेरो जुनियर
पदार्पणजुलाई १४, २००५
वेबसाइट
travelbyvickie.com

भिकी लिन बेन्सन (पूर्व नाम गुरेरो, जन्म नाम लारा;[] जन्म अप्रिल १६, १९६८), जो भिकी गेरेरोको नामले बढी परिचित छिन्, एक अमेरिकी व्यावसायिक कुस्ती व्यक्तित्व र प्रबन्धक हुन्। उनी डब्ल्युडब्ल्युई मा दूतको रूपमा आबद्ध छिन्। उनी अल एलाइट रेस्लिङ मा बिताएको समयका लागि पनि परिचित छिन्।

व्यावसायिक कुस्ती क्षेत्रमा उनी पर्दामा आधिकारिक व्यक्तिको रूपमा, धेरै डब्ल्युडब्ल्युई कुस्ती खेलाडीहरूको काल्पनिक प्रेमिकाको रूपमा र धेरै कुस्ती खेलाडीहरूको प्रबन्धकको रूपमा देखा परेकी छिन्। उनी विशेषगरी सन् २००७ देखि २०११ सम्म स्म्याकडाउन र सन् २०११ देखि २०१३ सम्म को प्रबन्धकको भूमिकाका लागि परिचित छिन्। सन् २०१४ मा डब्ल्युडब्ल्युई छोडेपछि उनले यस कम्पनीमा फाट्टफुट्ट उपस्थिति जनाएकी थिइन्।

उनी आफ्नो खलनायक चरित्र र आफ्नो चर्चित थेगो, "एक्सक्युज मि!" मार्फत दर्शकहरूबाट नकारात्मक प्रतिक्रिया उत्पन्न गराउनका लागि प्रख्यात छिन्। उनी दिवंगत व्यावसायिक कुस्ती खेलाडी एडी गुरेरोकी विधवा हुन्, जसलाई कहिलेकाहीँ डब्ल्युडब्ल्युईका कथानकहरूमा पनि समावेश गरिएको छ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

बेन्सन फ्रान्सेलीमेक्सिकी मूलकी एक इसाई हुन्।[][] भिकीले तीन वर्षको प्रेम सम्बन्धपछि अप्रिल २४, १९९० मा एडी गुरेरोसँग विवाह गरेकी थिइन्।[] भिकीको पहिलो गर्भधारणको घोषणापछि एडीका बुबाले उनीहरूलाई विवाह गर्न प्रोत्साहित गरेका थिए।[] भिकी र एडीका दुई छोरीहरू छन् जसमध्ये सउल गुरेरोले (जन्म अक्टोबर १४, १९९०) अर्का व्यावसायिक कुस्ती खेलाडी एडेन इङ्लिससँग विवाह गरेकी छिन् भने[] उनीहरूको अर्को छोरी सेरिलिन एम्बर गुरेरो (जन्म जुलाई ८, १९९५) हुन्। नोभेम्बर १३, २००५ मा एडीको निधन नहुन्जेलसम्म उनीहरू वैवाहिक बन्धनमा थिए।

जुन १८, २०१५ मा भिकीले आफ्ना साथी क्रिस बेन्सनसँग विवाह गर्ने घोषणा गरेकी थिइन् भने[] उनीहरूले सेप्टेम्बर १२, २०१५ मा विवाह गरेका थिए।[१०][११] मार्च २०२३ मा, भिकीकी कान्छी छोरी सेरिलिनले बेन्सनमाथि सन् २०२० मा एक क्रुज (पानीजहाज) मा रहँदा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। भिकीकी जेठी छोरी सउल र चाभो गुरेरोले सेरिलिनको दाबीलाई समर्थन गर्दा भिकी र बेन्सनले ती आरोपहरूको कडा खण्डन गरेका थिए।[१२]

सन् २०१४ मा डब्ल्युडब्ल्युई छोडेपछि, उनले मेडिकल प्रशासनमा नयाँ कार्यजीवन सुरु गर्ने योजना खुलासा गरेकी थिइन्।[१३] भिकी आधिकारिक रूपमा मेडिकल कार्यालय प्रशासकको रूपमा प्रमाणित भएपछि उनलाई एक औषधि कम्पनीले मेडिकल प्रशासको रूपमा नियुक्त गरेको थियो।[१४][१५] सन् २०१९ मा, उनले हर्जिङ विश्वविद्यालयबाट स्वास्थ्य सेवा प्रशासनमा विज्ञान स्नातक उत्तीर्ण गरेकी थिइन्।[१६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Texas Births, 1926–1995", मूलबाट जुलाई १०, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २८, २००८ अभिलेखिकरण जुलाई १०, २०११ वेब्याक मेसिन
  2. 1 2 Guerrero, Eddie. Cheating Death, Stealing Life: The Eddie Guerrero Story, p. 53.
  3. "Vickie Guerrero", Cagematch, अन्तिम पहुँच अक्टोबर २, २०२०[स्थायी मृत कडी]
  4. Guerrero, Vickie [@VickieGuerrero] (अक्टोबर १८, २०१२), "im a Christian" (ट्विट), अन्तिम पहुँच अक्टोबर २, २०२० ट्विटरद्वारा।
  5. Guerrero, Vickie [@VickieGuerrero] (डिसेम्बर १२, २०१२), "@oneandonlyJJ 💋i am French and Mexican decent" (ट्विट), अन्तिम पहुँच जुन ४, २०२० ट्विटरद्वारा।
  6. Guerrero, Eddie. Cheating Death, Stealing Life: The Eddie Guerrero Story, p. 59.
  7. "VITAL RECORDS – EL PASO COUNTY, TX – MARRIAGE 1990 – Eduardo G. Guerrero, 22, married Vickie L. Lara, 22, on April 24, 1990", मूलबाट जनवरी १२, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २४, २००८
  8. Guerrero, Eddie. Cheating Death, Stealing Life: The Eddie Guerrero Story, p. 67.
  9. Vickie Guerrero [@VickieGuerrero] (जुन १९, २०१५), "Kris Benson....YES!! I will marry you!!!!" (ट्विट) ट्विटरद्वारा।
  10. "15 Things You Didn't Know About Eddie and Vickie Guerrero's Relationship", फेब्रुअरी २, २०१७।
  11. "Vickie Guerrero gets remarried", सेप्टेम्बर १३, २०१५।
  12. Angel Aramboles (अप्रिल १२, २०२३), "Vickie Guerrero and her husband issue a statement denying sexual assault allegations from her daughter", WrestlingNews.co, अन्तिम पहुँच २०२३-०४-१३
  13. "Excuse me!: A farewell letter to WWE" अभिलेखिकरण २०१६-०१-०५ वेब्याक मेसिन
  14. Guerrero, Vickie [@VickieGuerrero] (अगस्ट २८, २०१५), "I AM OFFICIALLY CERTIFIED AS A MEDICAL OFFICE ADMINISTRATOR! #empowered" (ट्विट), अन्तिम पहुँच अक्टोबर २, २०२० ट्विटरद्वारा।
  15. Gray, Richard (अगस्ट २, २०१४), "Vickie Guerrero Gets Job In Medical Administration", Wrestling News World, अन्तिम पहुँच अक्टोबर २, २०२०
  16. Melok, Bobby (अक्टोबर ४, २०१८), "Vickie Guerrero among recipients of 2018 WWE Talent Scholarship", WWE, अन्तिम पहुँच अक्टोबर २, २०२०