भिखारी (कवितासंग्रह)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भिखारी कवितासंग्रह
भिखारी कवितासंग्रह पुस्तक
लेखकमहाकवी लक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विधाकविता
प्रकाशकनेपाली भाषा प्रकाशिनी समिति, साझा प्रकाशन
प्रकाशन मिति
२०१०
पृष्ठहरू५२ पृष्ठ

भिखारी (कवितासंग्रह) महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको कविताहरूको संग्रह हो । पृष्ठ सङ्ख्या ४७ भएको यो पुस्तक नेपाली भाषा प्रकाशिनी समितिले विसं २०१०मा प्रकाशन गरेको ।[१] यस कवितासंग्रहमा महाकविद्वारा लेखिएका २२ कविताहरू संग्रहित गरिएको छ ।

संग्रहित कविताहरू[सम्पादन गर्ने]

भिखारी[सम्पादन गर्ने]

हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दुखको मौन प्रकाश ।
झिना आशा-तार बजायो
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।

(२)

हेर, हेर ती झुत्रा चिथरा
हाय! हे समय निष्ठुर ।
जीवनप थमा बिचार पथरा !
काँपिरहेको थुरथुर ।
झल्लर झोली बढाउँछ, बबुरा ।
करले अस्थिर, कातर ।

(३)

बर्ष-बर्षका हेर तुषारा
शिरको उपर गिरेको ।
हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेको,
दिन-दिनको त्यो छातीमाथी
चिरा चारक्क चिरेको ।

(४)

अडि अडि धरमर स्वाँ स्वाँ गर्दै
मौन विलौना वरिपरी भर्दै
आर्तनादका हृदय फुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै
चामल एक मुठी ।
जीवनभरको एक पुकारा
चामल एक मुठी ।

(५)

मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन ।
भाईहरुसँग भिक्षाको यो
मुठी द याको याचना ।
घाम उज्यालो आँगनमा यो
एक आँध्यारो अवलोकन ।
गुलबहरूको हाँसोबिच यो
एक उन्यौँको रोदन ।

(६)

को होला यो, कसको छोरा ?
कसको बाबु गरीब ?
कुन आमाले काख लिँदामा
बल्थे दृगका दुइ दीप ?
कुन आशाले नजर खुलायो
सूर्य चाद्रको नजरसमिप?
किन मुर्झायो ? किन वौलायो ?
किन मधुरो यो जीवन्- व्दीप ?

(७)

बुद्ध देवको नजर अगाडि
यही भिखरी आएथ्यो,
मुर्ति यसैमा शब्द यिनैमा
मुटुको शूल कराएथ्यो,
महान दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो,
भेष यसैले बलिको शेखी
पवित्र पारी निठुराएथ्यो ।

(८)

कालो बादलबाट खसेको
अन्धकारमा भित्र पसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेका
घर, घर आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करूणामृत दिल भारी ।
युग-युगभरको आँसुहरूको
सार अपार उतारी ।
दु:खको दिलामा ईश्वर बोल्दछ
अधर अनन्त उघारी ।
माग्दछ करूणा भाइहरूमा
आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ?

--110.34.4.244 (कुरा गर्ने) ११:५३, २० अगस्त २०१४ (युटिसी(UTC))

बादल[सम्पादन गर्ने]

तिनको घँसियाको गीत[सम्पादन गर्ने]

माली[सम्पादन गर्ने]

सन्ध्या[सम्पादन गर्ने]

सम्झना[सम्पादन गर्ने]

यात्री[सम्पादन गर्ने]

वन[सम्पादन गर्ने]

प्रश्नोत्तर कविता आदिकवि भानुभक्त आचार्य बाट लेखिएको पद्द कविता हाे‍‌‌॥ उनले यस कविता उपजाति र वसन्ततिलका छन्दमा लेखेका छन्॥

आफ्नो घर[सम्पादन गर्ने]

जीवन वन[सम्पादन गर्ने]

बालककाल[सम्पादन गर्ने]

वृक्ष[सम्पादन गर्ने]

गरीब[सम्पादन गर्ने]

किसान[सम्पादन गर्ने]

चारू[सम्पादन गर्ने]

वसन्त[सम्पादन गर्ने]

जीवन[सम्पादन गर्ने]

अन्त्यमा[सम्पादन गर्ने]

जिन्दगीको मौसम[सम्पादन गर्ने]

झरना[सम्पादन गर्ने]

घाँसी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]