भिडियो कल
भिडियो कल (भिडियो सम्मेलन वा भिडियो टेलिफोनीको रूपमा पनि चिनिन्छ) एक साथ दुई तर्फी सञ्चारको लागि अडियो र भिडियोको प्रयोग हो।[१] हाल, भिडियो टेलीफोनी व्यापक प्रयोगमा रहेको छ। यसलाईलाई सन्दर्भित गर्न धेरै शब्दहरू छन्। टेलिफोनको तुलनामा भिडियोफोनहरू भिडियो कलिङका लागि एकल उपकरणहरू हुन्। वर्तमान समयमा, स्मार्टफोन र कम्प्युटर जस्ता उपकरणहरू भिडियो कल गर्न सक्षम छन्, जसले छुट्टै भिडियोफोनको मागलाई कम गर्दछ। भिडियो सम्मेलनले समूह सञ्चारलाई बुझाउँछ।[२] भिडियो सम्मेलन टेलिप्रिजेन्समा प्रयोग गरिन्छ, जसको लक्ष्य टाढाका सहभागीहरू एउटै कोठामा छन् भन्ने भ्रम सिर्जना गर्नु हो।
भिडियो टेलीफोनीको अवधारणा १९औँ शताब्दीको उत्तरार्धमा कल्पना गरिएको थियो, र संस्करणहरू सन् १९३० को दशकमा जनताका लागि उपलब्ध थिए। प्रारम्भिक प्रदर्शनहरू हुलाक कार्यालयहरूमा बुथहरूमा स्थापना गरिएको थियो र विभिन्न विश्व प्रदर्शनीहरूमा देखाइएको थियो। सन् १९७० मा, एटी एन्ड टीले पहिलो व्यावसायिक व्यक्तिगत भिडियो टेलिफोन प्रणाली सुरु गरेको थियो। भिडियोफोनको अतिरिक्त, त्यहाँ छवि फोनहरू अस्तित्वमा थिए जसले परम्परागत टेलिफोन लाइनहरूमा प्रत्येक केही सेकेन्डमा एकाइहरू बीच स्थिर छविहरू आदानप्रदान गर्दथे। सन् १९९० को दशकको उत्तरार्धमा उन्नत भिडियो कोडेक, अधिक शक्तिशाली सिपियु, र उच्च-ब्यान्डविथ इन्टरनेट सेवाको विकासले डिजिटल भिडियोफोनहरूलाई विश्वको लगभग कुनै पनि स्थानमा प्रयोगकर्ताहरू बीच उच्च गुणस्तरको कम लागतको सेवा प्रदान गर्न अनुमति दिएको थियो।
भिडियो टेलिफनीको अनुप्रयोगहरूमा बहिरा र बोल्न नसक्ने व्यक्तिहरूको लागि साङ्केतिक भाषा प्रसारण, दूर शिक्षा, टेलिमेडिसिन, र गतिशीलता समस्याहरू हल गर्न सक्षम छन्। समाचार माध्यमहरूले प्रसारणका लागि भिडियोटेलिफनीको प्रयोग गरेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]

