भिन्डी बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भिन्डी बजार कृष्णपुर नगरपालिका अन्तर्गत निगालि गाँउमा पर्ने एक स्थानिय बजार हो।यो बजारले सानो समयमा राम्रो लोकप्रियता कमाएको छ।

परिचय[सम्पादन गर्नुहोस्]

स्थानिय एक जना व्यापारी कमल बोहरा(कलुवा) ले सानो किराना पसल खोलेर सुत्रपात गरेको बजार आज यस क्षेत्रमा भिन्डी बजारका नामले परिचित छ।

अवस्थिति[सम्पादन गर्नुहोस्]

भिन्डी बजार निगाली बण्ड गाँउको मध्य भागमा अवस्थित छ।जहाँ तिन ओटा बाटाहरु एक ठाँउमा जोडिएका छन।यो बजारको नजिकै पश्चिम पट्टि कालिका माध्यमिक विद्यालय निगाली-बण्ड रहेको छ।स्थानिय बेलपत्री ग्रामिण विद्युत सहकारी संस्था को कार्यालय पनि यसै बजारमा रहेको छ।बंक बजारबाट उत्तर पश्चिम 30 मिनेटको पैदल यात्रा मा भिन्डी बजार पुग्न सकिन्छ।भिन्डी बजारबाट करिब 20 मिनेट पैदल हिडेर पहरिया बजार पुग्न सकिन्छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]