भिन्सेन्त फन गोखका आकृतिहरू

भिन्सेन्त फन गोख (सन् १८५३–१८९०) का चित्रहरूमा उनका आफ्नै आत्म-चित्रहरू, अन्य कलाकारहरूले बनाएका उनका चित्रहरू र डच कलाकारका तस्वीरहरू समावेश छन् जसमध्ये एउटा चित्र शङ्कास्पद छ। फन गोखका दर्जनौँ आत्म-चित्रहरू एक चित्रकारको रूपमा उनको कलाकृतिका महत्त्वपूर्ण अंश थिए। सम्भवतः, फन गोखका आत्म-चित्रहरूले उनको अनुहारलाई ऐनामा देखिएको प्रतिविम्बको रूपमा चित्रण गर्छन्, अर्थात् चित्रमा देखिएको उनको दाहिने तर्फको भाग वास्तवमा उनको अनुहारको देब्रे भाग हो। फन गोखले आफ्ना प्रसिद्ध आत्म-चित्रहरू शौखका लागि मात्र नभई बाध्यता र अभ्यासका लागि बनाएका थिए। पेरिसमा रहँदा (सन् १८८६–१८८८), उनीसँग मोडलहरूलाई पैसा तिर्ने आर्थिक अवस्था नभएकाले उनले ऐना किनेर आफ्नै अनुहारको चित्र बनाउन थालेका थिए। उनका चित्रहरूमा उनको मानसिक अवस्था र शारीरिक परिवर्तनहरू स्पष्ट देखिन्छन्।[२]
आत्म-चित्रहरू
[सम्पादन गर्नुहोस्]सन् १८८५
[सम्पादन गर्नुहोस्]१४ जुलाई २०२२ मा, फन गोखको सन् १८८५ को चित्रकला "श्रमिक महिलाको टाउको"को मुनि उनको एउटा लगभग निश्चित रूपमा आधिकारिक आत्म-चित्र फेला परेको थियो। स्कटल्यान्डको आधुनिक कला राष्ट्रिय सङ्ग्रहालयकी एक संरक्षक लेस्ली स्टिभेन्सनले आफ्ना विद्यमान कलाकृतिहरूको एक्स-रे परीक्षणको क्रममा यसलाई फेला पारेकी थिइन्। यसले दाह्री पालेका फन गोखलाई किनारा भएको टोपी र घाँटीमा रुमाल बाँधेको अवस्थामा देखाउँछ। उनको देब्रे कान स्पष्ट रूपमा देखिन्थ्यो।[३] यो चित्र कार्डबोर्ड र ग्लुको तहमुनि ढाकिएको छ, जसलाई विशेषज्ञहरूले यसको आधिकारिकता पुष्टि गर्न हटाउने तरिकाहरू खोजिरहेका छन्। [४] उनीहरूका अनुसार यो चित्र फन गोख फ्रान्स सरेको बेला र त्यहाँका प्रभाववादीहरूको कामको बारेमा सिकेको समयमा कोरिएको थियो, जसले उनको आज धेरै प्रशंसा गरिने रङ्गीन र अभिव्यक्त शैलीलाई प्रभाव पारेको थियो। फन गोख पैसा बचाउनका लागि प्रायः आफ्ना क्यानभासहरू पुन: प्रयोग गर्ने वा त्यसको उल्टो भागमा काम गर्ने गर्दथे। यो एक्स-रे छवि एडिनबर्गमा हुने रोयल स्कटिस एकेडेमी प्रदर्शनीमा विशेष रूपमा बनाइएको लाइटबक्स प्रयोग गरी प्रदर्शन गरिएको थियो।[५]
पेरिस, सन् १८८६
[सम्पादन गर्नुहोस्]फन गोखको अस्तित्वमा रहेको पहिलो आत्म-चित्र सन् १८८६ को हो।
- दुई आत्म-चित्रहरू र विभिन्न विवरणहरू, रेखाचित्र, पेरिस, सन् १८८६, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- गाढा कालो ढल्किएको टोपी र चित्र झुन्ड्याउने काठको साधन सहितको आत्म-चित्र, सन् १८८६, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- पाइपसँगको आत्म-चित्र, सन् १८८६, एम्स्टर्डम
- पाइपसँगको आत्म-चित्र, सन् १८८६, एम्स्टर्डम
- ढल्किएको गाढा कालो टोपी सहितको आत्म-चित्र, सन् १८८६, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, सन् १८८६ शरद ऋतु, पेरिस, गेमेन्ते म्युजियम देन हेग, हेग
- आत्म-चित्र, हिउँद १८८६/८७, वाड्सवर्थ एन्थेनियम, हार्टफोर्ड
- आत्म-चित्र, हिउँद १८८६/८७ फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, हिउँद १८८६/८७ फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, हिउँद १८८६/८७ क्रोलर-मुलर सङ्ग्रहालय, ओटर्लो
- आत्म-चित्र, सज् १८८७, पास्टबोर्डमा तेल चित्र, ४२ सेमी x ३४ सेमी, रिज्क म्युजियम, एम्स्टर्डम
पेरिस, सन् १८८७
[सम्पादन गर्नुहोस्]- पाइप र गिलाससँगको आत्म-चित्र, सन् १८८७, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- पाइपसँगको आत्म-चित्र, सन् १८८६, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- गाढा कालो रङ्गको टोपी सहितको आत्म-चित्र, सन् १८८६, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, शरद ऋतु १८८६, पेरिस, गेमेन्ते मुजेम देन हाग, हेग
- आत्म-चित्र, हिउँद १८८६/८७, हार्टफोर्ड
- आत्म-चित्र, हिउँद १८८६/८७ फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, हिउँद १८८६/८७ फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, हिउँद १८८६/८७ क्रोलर-मुलर सङ्ग्रहालय, ओटर्लो
- आत्म-चित्र, सन् १८८७, पास्टबोर्डमा तेल चित्र, ४२ सेमी x ३४ सेमी, एम्स्टर्डम
पेरिस, सन् १८८७
[सम्पादन गर्नुहोस्]- पाइप र गिलाससँगको आत्म-चित्र, सन् १८८७, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- खरानी रङको टोपी सहितको आत्म-चित्र, मार्च/अप्रिल १८८७, पास्टबोर्डमा तेल चित्र, १९ × १४ सेमी, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, १८८७, आर्टिस्ट बोर्डमा तेल चित्र, ४१ × ३२.५ सेमी, सिकागो कला संस्थान
- परालको टोपीसँगको आत्म-चित्र, ग्रीष्म १८८७, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- परालको टोपीसँगको आत्म-चित्र (उल्टो छवि), सन् १८८७, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- परालको टोपीसँगको आत्म-चित्र, ग्रीष्म १८८७, पास्टबोर्डमा तेल चित्र, ३४.९ × २६.७ सेमी, डिट्रोइट कला संस्थान
- परालको टोपीसँगको आत्म-चित्र, सन् १८८७, मेट्रोपोलिटन कला सङ्ग्रहालय
- परालको टोपी र पाइपसँगको आत्म-चित्र (उल्टो छवि), सन् १८८७, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, ग्रीष्म १८८७, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, ग्रीष्म १८८७, पेरिस, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, ग्रीष्म १८८७, पेरिस, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, शरद ऋतु १८८७, क्यानभासमा तेल चित्र, ४७ × ३५ सेमी, मुजे दोर्सो, पेरिस
- जापानी प्रिन्टसँगको आत्म-चित्र डिसेम्बर, १८८७ कुन्स्टमुजेम, बासेल (एमिली ड्रेफ्स फाउन्डेसनबाट ऋणमा)
- खरानी रङको फेल्ट ह्याटसँगको आत्म-चित्र, हिउँद १८८७/८८ क्यानभासमा तेल चित्र, ४४ × ३७.५ सेमी, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- आत्म-चित्र, सन् १८८७–८८,
- आत्म-चित्र, सन् १८८७–८८, जुरिच
- चित्रकारको रूपमा आत्म-चित्र, डिसेम्बर १८८७ – फेब्रुअरी १८८८, क्यानभासमा तेल चित्र, ६५.१ सेमी × ५० सेमी, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
आर्ल्स
[सम्पादन गर्नुहोस्]- पाइप र परालको टोपीसँगको आत्म-चित्र, ग्रीष्म १८८८, पास्टबोर्डमा तेल चित्र, ४२ × ३१ सेमी, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- पल गोगाँलाई समर्पित आत्म-चित्र, सेप्टेम्बर १८८८, क्यानभासमा तेल चित्र, ६२ × ५२ सेमी, फोग कला सङ्ग्रहालय, क्याम्ब्रिज
- चार्ल्स लाभललाई समर्पित आत्म-चित्र, आर्ल्स, नोभेम्बर/डिसेम्बर १८८८, निजी सङ्ग्रह
- ब्यान्डेज गरिएको कानसँगको आत्म-चित्र, जनवरी १८८९, क्यानभासमा तेल चित्र, ५१ × ४५ सेमी, निजी सङ्ग्रह
- ब्यान्डेज लगाइएको कान, चित्र झुन्डाउन प्रयोग गरिने सामग्री र जापानी प्रिन्ट सहितको आत्म-चित्र, जनवरी १८८९, क्यानभासमा तेल चित्र, ६० × ४९ सेमी, कोर्टआउल्ड इन्स्टिच्युट ग्यालरिज, लन्डन
- काममा जाँदै गरेका चित्रकार: मोन्टमाजोरको सडकमा भिन्सेन्त फन गोख, अगस्ट १८८८, क्यानभासमा तेल चित्र, ४८ × ४४ सेमी, दोस्रो विश्वयुद्धमा आगोले नष्ट भएको मानिन्छ।
साँ-रेमी
[सम्पादन गर्नुहोस्]साँ-रेमीमा बनाइएका सबै आत्म-चित्रहरूले कलाकारको टाउकोलाई देब्रे तर्फबाट देखाउँछन्, अर्थात् नकाटिएको कान भएको भाग।
- आत्म-चित्र, सेप्टेम्बर १८८९, क्यानभासमा तेल चित्र, ६५ × ५४ सेमी, मुजे दोर्से, पेरिस। यो फन गोखको अन्तिम आत्म-चित्र हुन सक्छ।[११]
- दाह्री बिनाको आत्म-चित्र, सेप्टेम्बर १८८९ को अन्त्यतिर, क्यानभासमा तेल चित्र, ४० × ३१ सेमी, निजी सङ्ग्रह। फन गोखको अन्तिम आत्म-चित्र हुने अर्को दाबेदार
ओभर-सुर-ओइज
[सम्पादन गर्नुहोस्]फन गोखले आफ्नो जीवनको अन्तिम हप्ताहरूमा ओभर-सुर-ओइजमा कुनै पनि आत्म-चित्रहरू बनाएका थिएनन्।
तस्वीरहरू
[सम्पादन गर्नुहोस्]- भिन्सेन्त फन गोखको तस्वीर, १३ वर्षको उमेरमा, सन् १८६६
- भिन्सेन्त फन गोखको तस्वीर, १९ वर्षको उमेरमा, अन्दाजी १८७३
- भिक्टर मोरिनद्वारा खिचिएको तस्वीर, अन्दाजी सन् १८८६, क्युबेक। सन् १९९० को दशकको सुरुतिर फेला परेको, फन गोखको एक विवादित र अपुष्ट तस्वीर।[१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Pickvance (1986), 131
- ↑ Walther, Ingo F. (2000). Vincent van Gogh, 1853–1890: Vision and Reality. Taschen. p. 74.
- ↑ Ogg, Jordan (२०२२-०७-१४), "Hidden Van Gogh self-portrait discovered", National Galleries of Scotland, मूलबाट २०२२-०७-१४-मा सङ्ग्रहित।
- ↑ Timsit, Annabelle (२०२२-०७-१४), "Secret Van Gogh self-portrait discovered by X-ray of another painting", Washington Post (en-USमा), आइएसएसएन 0190-8286।
- ↑ "Vincent Van Gogh: Self-portrait discovered in Scotland – CBBC Newsround" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१५।"Hidden Van Gogh self-portrait found behind painting in Scotland", Reuters (अङ्ग्रेजीमा), २०२२-०७-१४, अन्तिम पहुँच २०२२-०७-१८।
- ↑ "Vincent Van Gogh – Self-portrait", Online catalogue, नेसनल ग्यालरी अफ आर्ट, वासिङ्टन, डिसी। अभिलेखिकरण २०१३-०३-०३ वेब्याक मेसिन
- ↑ "To Theo van Gogh. Saint-Rémy-de-Provence, Thursday, 5 and Friday, 6 September 1889", Vincent van Gogh: The Letters, Van Gogh Museum, Note 4, अन्तिम पहुँच २६ फेब्रुअरी २०१२, "People say – and I’m quite willing to believe it – that it's difficult to know oneself ..." अभिलेखिकरण १४ अगस्ट २०१६ वेब्याक मेसिन
- ↑ "To Theo van Gogh. Saint-Rémy-de-Provence, on or about Friday, 20 September 1889", Vincent van Gogh: The Letters, Van Gogh Museum, Note 14, अन्तिम पहुँच २६ फेब्रुअरी २०१२, "I have another one which is an attempt from when I was ill." अभिलेखिकरण ३ अगस्ट २०१६ वेब्याक मेसिन
- ↑ "To Willemien van Gogh. Saint-Rémy-de-Provence, Thursday, 19 September 1889", Vincent van Gogh: The Letters, Van Gogh Museum, Note 16, अन्तिम पहुँच २६ फेब्रुअरी २०१२, "Lately I’ve done two portraits of myself, one of which is quite in character, I think, ..." अभिलेखिकरण २९ सेप्टेम्बर २०१६ वेब्याक मेसिन
- ↑ Walther 2000, पृष्ठ 74.
- ↑ [१०]
- ↑ "A portrait of the artist as a middle-aged man?", TheGuardian.com, २४ फेब्रुअरी २००४।