सामग्रीमा जानुहोस्

भिन्सेन्त फन गोखका आकृतिहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिन्सेन्त फन गोख, दाह्री बिनाको आत्म-चित्र, सेप्टेम्बर १८८९ को अन्त्य, क्यानभासमा तेल रङ, ४० × ३१ सेमी, निजी सङ्कलन। यो फन गोखको अन्तिम आत्म-चित्र हुन सक्छ। यो उनले आफ्नी आमालाई जन्मदिनको उपहारको रूपमा दिएका थिए।[]

भिन्सेन्त फन गोख (सन् १८५३–१८९०) का चित्रहरूमा उनका आफ्नै आत्म-चित्रहरू, अन्य कलाकारहरूले बनाएका उनका चित्रहरू र डच कलाकारका तस्वीरहरू समावेश छन् जसमध्ये एउटा चित्र शङ्कास्पद छ। फन गोखका दर्जनौँ आत्म-चित्रहरू एक चित्रकारको रूपमा उनको कलाकृतिका महत्त्वपूर्ण अंश थिए। सम्भवतः, फन गोखका आत्म-चित्रहरूले उनको अनुहारलाई ऐनामा देखिएको प्रतिविम्बको रूपमा चित्रण गर्छन्, अर्थात् चित्रमा देखिएको उनको दाहिने तर्फको भाग वास्तवमा उनको अनुहारको देब्रे भाग हो। फन गोखले आफ्ना प्रसिद्ध आत्म-चित्रहरू शौखका लागि मात्र नभई बाध्यता र अभ्यासका लागि बनाएका थिए। पेरिसमा रहँदा (सन् १८८६–१८८८), उनीसँग मोडलहरूलाई पैसा तिर्ने आर्थिक अवस्था नभएकाले उनले ऐना किनेर आफ्नै अनुहारको चित्र बनाउन थालेका थिए। उनका चित्रहरूमा उनको मानसिक अवस्था र शारीरिक परिवर्तनहरू स्पष्ट देखिन्छन्।[]

आत्म-चित्रहरू

[सम्पादन गर्नुहोस्]

१४ जुलाई २०२२ मा, फन गोखको सन् १८८५ को चित्रकला "श्रमिक महिलाको टाउको"को मुनि उनको एउटा लगभग निश्चित रूपमा आधिकारिक आत्म-चित्र फेला परेको थियो। स्कटल्यान्डको आधुनिक कला राष्ट्रिय सङ्ग्रहालयकी एक संरक्षक लेस्ली स्टिभेन्सनले आफ्ना विद्यमान कलाकृतिहरूको एक्स-रे परीक्षणको क्रममा यसलाई फेला पारेकी थिइन्। यसले दाह्री पालेका फन गोखलाई किनारा भएको टोपी र घाँटीमा रुमाल बाँधेको अवस्थामा देखाउँछ। उनको देब्रे कान स्पष्ट रूपमा देखिन्थ्यो।[] यो चित्र कार्डबोर्ड र ग्लुको तहमुनि ढाकिएको छ, जसलाई विशेषज्ञहरूले यसको आधिकारिकता पुष्टि गर्न हटाउने तरिकाहरू खोजिरहेका छन्। [] उनीहरूका अनुसार यो चित्र फन गोख फ्रान्स सरेको बेला र त्यहाँका प्रभाववादीहरूको कामको बारेमा सिकेको समयमा कोरिएको थियो, जसले उनको आज धेरै प्रशंसा गरिने रङ्गीन र अभिव्यक्त शैलीलाई प्रभाव पारेको थियो। फन गोख पैसा बचाउनका लागि प्रायः आफ्ना क्यानभासहरू पुन: प्रयोग गर्ने वा त्यसको उल्टो भागमा काम गर्ने गर्दथे। यो एक्स-रे छवि एडिनबर्गमा हुने रोयल स्कटिस एकेडेमी प्रदर्शनीमा विशेष रूपमा बनाइएको लाइटबक्स प्रयोग गरी प्रदर्शन गरिएको थियो।[]

पेरिस, सन् १८८६

[सम्पादन गर्नुहोस्]

फन गोखको अस्तित्वमा रहेको पहिलो आत्म-चित्र सन् १८८६ को हो।

पेरिस, सन् १८८७

[सम्पादन गर्नुहोस्]

पेरिस, सन् १८८७

[सम्पादन गर्नुहोस्]

साँ-रेमीमा बनाइएका सबै आत्म-चित्रहरूले कलाकारको टाउकोलाई देब्रे तर्फबाट देखाउँछन्, अर्थात् नकाटिएको कान भएको भाग।

फन गोखले आफ्नो जीवनको अन्तिम हप्ताहरूमा ओभर-सुर-ओइजमा कुनै पनि आत्म-चित्रहरू बनाएका थिएनन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Pickvance (1986), 131
  2. Walther, Ingo F. (2000). Vincent van Gogh, 1853–1890: Vision and Reality. Taschen. p. 74.
  3. Ogg, Jordan (२०२२-०७-१४), "Hidden Van Gogh self-portrait discovered", National Galleries of Scotland, मूलबाट २०२२-०७-१४-मा सङ्ग्रहित।
  4. Timsit, Annabelle (२०२२-०७-१४), "Secret Van Gogh self-portrait discovered by X-ray of another painting", Washington Post (en-USमा), आइएसएसएन 0190-8286
  5. "Vincent Van Gogh: Self-portrait discovered in Scotland – CBBC Newsround" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१५"Hidden Van Gogh self-portrait found behind painting in Scotland", Reuters (अङ्ग्रेजीमा), २०२२-०७-१४, अन्तिम पहुँच २०२२-०७-१८
  6. "Vincent Van Gogh – Self-portrait", Online catalogue, नेसनल ग्यालरी अफ आर्ट, वासिङ्टन, डिसी। अभिलेखिकरण २०१३-०३-०३ वेब्याक मेसिन
  7. "To Theo van Gogh. Saint-Rémy-de-Provence, Thursday, 5 and Friday, 6 September 1889", Vincent van Gogh: The Letters, Van Gogh Museum, Note 4, अन्तिम पहुँच २६ फेब्रुअरी २०१२, "People say – and I’m quite willing to believe it – that it's difficult to know oneself ..." अभिलेखिकरण १४ अगस्ट २०१६ वेब्याक मेसिन
  8. "To Theo van Gogh. Saint-Rémy-de-Provence, on or about Friday, 20 September 1889", Vincent van Gogh: The Letters, Van Gogh Museum, Note 14, अन्तिम पहुँच २६ फेब्रुअरी २०१२, "I have another one which is an attempt from when I was ill." अभिलेखिकरण ३ अगस्ट २०१६ वेब्याक मेसिन
  9. "To Willemien van Gogh. Saint-Rémy-de-Provence, Thursday, 19 September 1889", Vincent van Gogh: The Letters, Van Gogh Museum, Note 16, अन्तिम पहुँच २६ फेब्रुअरी २०१२, "Lately I’ve done two portraits of myself, one of which is quite in character, I think, ..." अभिलेखिकरण २९ सेप्टेम्बर २०१६ वेब्याक मेसिन
  10. Walther 2000, पृष्ठ 74.
  11. [१०]
  12. "A portrait of the artist as a middle-aged man?", TheGuardian.com, २४ फेब्रुअरी २००४।