भिमप्रसाद गौतम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तनहूँ डुम्रे निवासी ५८ वर्षीय भीम प्रसाद गौतम समानुपातिकतर्फ एकिकृत नेकपा माओवादीका सभासद हुनुहुन्छ। २०५१को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट सो पार्टीका उम्मेदवार रहेका गौतमले २०३६ सालदेखि सक्रिय राजनीतिक जीवन शुरु गर्नुभएको हो। बहुदलको पक्षमा क्रियाशील भए बापत २०३६ सालमै गिरफ्तार भएका गौतम त्यसपछि पनि पटक-पटक पक्राउ पर्नुभएको छ। पार्टी जिल्ला सचिव र केन्द्रीय सदस्य हुँदै उहाँ हाल जनमोर्चा नेपालका संसदीय दलका सचेतक हुनुहुन्छ। आइ.ए. सम्मको अध्ययन गरेका सभासद गौतम २ छोरा र ३ छोरीका पिता हुनुहुन्छ। कृषि पेशामा समेत आवद्ध गौतमले तनहूँको पवित्रा प्राइमरी स्कूलमा २२ वर्ष अध्यापन गर्नुभएको छ। सो स्कूलका हेडमास्टर समेत रहिसकेका उहाँ हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ। संविधानसभामा उहाँले उठाउने अठोट गरेका मुख्य मुद्दा हुन्―क. क्रान्तिकारी भूमिसुधार लागु गरी कृषि क्रान्ति गर्ने, ख. जल, जमीन, जंगल, जडिबुटी र जनशक्तिको प्रयोग गरी आर्थिक विकासको लागि उपयुक्त नीति तर्जुमा गर्ने। [१]

सन्दर्भ[सम्पादन गर्ने]