सामग्रीमा जानुहोस्

भिमाद नगरपालिका

भिमाद नगरपालिका
{{{official_name}}}को अवस्थिति
भिमाद नगरपालिका तनहुँ जिल्ला-को अवस्थिति
भिमाद नगरपालिका
भिमाद नगरपालिका गण्डकी प्रदेश-को अवस्थिति
भिमाद नगरपालिका
भिमाद नगरपालिका नेपाल-को अवस्थिति
भिमाद नगरपालिका
निर्देशाङ्क: २७°५४′१३″ उत्तर ८४°३२′२४″ पूर्व / २७.९०३७° उत्तर ८४.५३९९° पूर्व / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखदधिराज सुवेदी (नेकपा (एमाले))
 • उपप्रमुखशारदा खनाल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२९ किमी२ (५० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,२४८
 • घनत्व२३०/किमी२ (५९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविक भिमाद गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

भिमाद नगरपालिका तनहुँ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका अरुणोदय, किहुँ, भानुमती, भिमाद, माझकोट (१-५, ७-९), ऋषिङ रानीपोखरी (९), सामुङ भगवतीपुर (२) र गजरकोट (९) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भिमाद नगरपालिकाको कुल जनसङ्ख्या २९,२४८ रहेको छ भने यहाँ ७,९७० घरधुरी रहेका छन्।[२]

भिमाद नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१किहुँ र गजरकोट (९)३,८५९१९.२६२००.३६
२अरुणोदय३,९७४१८.७२१२.५१
३माझकोट (७–८)१,६२९१५.४११०५.७१
४माझकोट (१–५)२,१४०२३.३८९१.५३
५माझकोट (९), ऋषिङ रानीपोखरी (९) र सामुङ भगवतीपुर (२)३,४४४१७.८२१९३.२७
६भिमाद (१)७,२५३३.२७२२१८.३५
७भानुमती (७) र भिमाद (२,४-५,८-९)२,३५१८.०१२९३.५१
८भानुमती (१, ३, ९) र भिमाद (३,६-७)२,४९८१०.५२२३७.४५
९भानुमती (२, ४–६, ८)२,१००१२.९२१६२.५४
जम्मा२९,२४८१२९.२९२२६.२२

भौगोलिक अवस्थिति

[सम्पादन]

भिमाद नगरपालिकामा ९ वडाहरू रहेका छन्। भिमादको कुल क्षेत्रफल १२९ वर्ग कि.मी. छ। यो नगरपालिकाको पूर्वमा ऋषिङ र म्याग्दे गाउँपालिका पर्दछ भने पश्चिममा स्याङ्जा जिल्ला छ। यसको उत्तरी भागमा शुक्लागण्डकी नगरपालिका छ भने दक्षिणी क्षेत्रमा घिरिङ र ऋषिङ गाउँपालिका पर्दछन्।[३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]