भिमियो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भिमियो
Vimeo Logo.svg
व्यवसायको प्रकारआइएसीको सहायक कम्पनी
साइटको प्रकार
श्रव्य दृश्य साझेदारी सेवा
उपलब्ध भाषाअङ्ग्रेजी, स्पेनी, जर्मनेली, फ्रान्सेली, जापानी, पुर्तुगाली, कोरियाली
स्थापितनोभेम्बर २००४; १५ वर्ष अघि (२००४-११)
मुख्य कार्यलयन्यू योर्क सहर, अमेरिका
क्षेत्र सेवाविश्वव्यापी
संस्थापकजेच केलिन, जेक लोडविक
प्रमुख व्यक्तिअञ्जली सुद (कार्यकारी)
अभिभावकआइएसी
नियन्त्रित कम्पनीलाइभस्ट्रिम
वेबसाइटvimeo.com
अलेक्सा क्रमDecrease १८६ (मार्च २०२०)[१]
विज्ञापन
दर्ताबैकल्पिक
आरम्भनोभेम्बर 2004; १५ वर्ष अघि (२००४-११)[२]
वर्तमान अवस्थाचालू[३]

भिमियो एक अमेरिकी विज्ञापन मुक्त श्रव्य दृश्य साझेदारी मञ्च वा सेवा हो जसको प्रधान कार्यालय न्यू योर्क सहरमा रहेको छ।[४] यसले आफ्नो प्रतिस्पर्धीको युट्युबको समान नि: शुल्क श्रव्य दृश्य अवलोकन तथा साझेदारी सेवाहरू प्रदान गर्दछ।[५] सन् २००७ मा, श्रव्य दृश्य उच्च परिभाषा श्रव्य दृश्य समर्थन गर्ने पहिलो श्रव्य दृश्य साझेदारी वेबसाइट बनेको थियो।[६] यसले विभिन्न उत्पादनहरू सुरु गरेको थियो जसले स्तरीय श्रव्य दृश्य सृजना गर्न प्रयोगकर्ताहरूलाई सक्षम पार्दछ। भिमियोले सफ्टवेयरको रूपमा सेवा प्रदान गर्दछ र यसले विभिन्न प्रकारका ग्राहकहरूको क्षेत्रमा सदस्यता योजनाहरू पनि प्रदान गर्दछ।[७] भिमियोको स्थापना नोभेम्बर २००४ मा जेक लोडविक र जेक केलिन संयुक्त रूपमा गरेका थिए। अञ्जली सुद जुलाई २०१७ देखि भिमियोकी प्रमुख कार्यकारी अधिकृत हुन्। [८]

जेक लोडविक र जेच केलिन, भिमियोका संस्थापकहरू

इतिहास[सम्पादन गर्ने]

प्रारम्भिक इतिहास[सम्पादन गर्ने]

भिमियोको स्थापना नोभेम्बर २००६ मा भएको थियो।[९] संस्थापक जेक लोडविकले भिमियोको नाम अङ्ग्रेजी शब्द भिडियो र मीद्वारा लिइएको बताएका थिए।[१०] भिमियो शब्द अङ्ग्रेजी शब्द मुभीको वर्णविपर्यय पनि हो।[११] अमेरिकी कम्पनी आइएसीले अगस्ट २००६ मा, कनेक्टेड भेन्चरको अधिग्रहणको अंशको रूपमा भिमियोलाई खरिद गरेको थियो।[१२] जनवरी २००९ मा, डे मेलेन्सेम्पले आइएसीमा सामेल हुँदै भिमियोको कार्यकारीमा नियुक्त भएकी थिइन्।[१३] उनले १९ मार्च २०१२ सम्म कार्यकारी अधिकृतको रूपमा काम गरेकी थिइन् र पछि भिमियोले केरी ट्रेनरले कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको थियो।[१४] सन् २०१७ मा, आइएसीले तत्कालीन महाप्रबन्धक अञ्जली सुदलाई कार्यकारी अधिकृतको रूपमा पदोन्नती गरेको थियो।[१५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "अलेक्सा - भिमियो प्रतिस्पर्धाी विश्लेषण, ट्राफिक र जनशाङ्खिकि"अलेक्सा। सङ्ग्रह मिति २०२०-०१-१४ 
  2. "इन्टरनेट अभिलेखमा भिमियो" 
  3. "भिमियो डटकमको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच जुलाई १, २०१९ 
  4. "How to pronounce Vimeo?", भिमियो, अन्तिम पहुँच जनवरी १७, २०१९ 
  5. लौरिया, पिटर (अक्टोबर १६, २००७), "Video-Sharing Web Site Goes High-Def", न्यु योर्क पोस्ट 
  6. "Vimeo Launches Stock Footage Marketplace", द हलिउड रिपोर्टर, अन्तिम पहुँच २०१९-०१-०८ 
  7. माजाकारिस, रिचर्ड फेलोनी, एना, "Vimeo's 34-year-old CEO on why she's not worried about YouTube or Netflix, and how she plans to bring in $100 million this year", बिजनेस इन्साइडर, अन्तिम पहुँच २०१९-०१-०८ 
  8. स्पाङ्लर, टोड (जुलाई २०, २०१७), "IAC’s Vimeo Appoints Anjali Sud CEO After Yearlong Search", भेराइटी, अन्तिम पहुँच २०१९-०१-०८ 
  9. लोकविक, जेक (फेब्रुअरी ५, २००५), "भिमियोको सहयोग केन्द्र", Vimeo FAQ, मूलबाट फेब्रुअरी २५, २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २०१९ 
  10. लोडविक, जेक (फेब्रुअरी ५, २००५), "Help Center", Vimeo FAQ, मूलबाट फेब्रुअरी २५, २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ४, २०१९ 
  11. काफ्का, पिटर (जुलाई २०, २०१७), "Vimeo isn’t launching a new subscription service, but it does have a new CEO", रिकोड, अन्तिम पहुँच जुलाई २०, २०१७ 
  12. एलेन, डेनी (अगस्ट २१, २००७), "Vimeo video-sharing service review", पिसी वर्ल्ड, अन्तिम पहुँच सेप्टेम्बर २८, २०१० 
  13. "Acquisition and Divestitures Timeline", आइएसी, अन्तिम पहुँच जनवरी ३१, २०१२ 
  14. "ManagementBios", आइएसी, अन्तिम पहुँच जनवरी ३१, २०१२ 
  15. "IAC replaces Vimeo CEO with former AOL exec Kerry Trainor", भेन्चरबिट 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]