भिष्मराज ढुंगाना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डा. रेवतबहादुर कार्की भिष्मराज ढुंगाना
नेपाल धितोपत्र बोर्डका अध्यक्ष
पद बहाली
२०७६ पुस २३
अग्रजडा. रेवतबहादुर कार्की

भीष्मराज ढुंगाना नेपाल धितोपत्र बोर्डका सातौँ अध्यक्ष हुन्। उनी विक्रम सम्बत २०७६ पुसमा सो पदमा नियुक्त भएका थिए। उनको नियुक्तिको कार्यकाल ४ वर्षको हुनेछ।

माेरङ जिल्लामा विक्रम सम्वत २०१९ साल माघ १० गते जन्मिएका ढुंगाना २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए । विक्रम सम्वत २०४६ सालमा राष्ट्र बैंकमा जागिर शुरू गरेका थिए। नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर ढुंगानाले कार्यकारी निर्देशकबाट अवकास पाएका थिए। उनले कार्यकारी निर्देशक हुँदा विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बेलायतबाट विजनेश फाइनान्समा एमबिए गरेका उनले धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए।

सन्दर्भ[सम्पादन गर्ने]