भीष्मक
| भीष्मक | |
|---|---|
भीष्मक कृष्णसँग भेट गर्दै | |
| धर्मग्रन्थहरू | हरिवंश, पुराण |
| क्षेत्र | विदर्भ |
| वंशावली | |
| सन्तानहरू | रुक्मी (छोरा), रुक्मिणी (छोरी) |
भीष्मक (जसलाई हिरण्यरोमन पनि भनिन्छ), हिन्दु धर्म अनुसार विदर्भका राजा हुन्।[१][२]उनी कृष्णकी मुख्य रानी र देवी लक्ष्मीकी अवतार रुक्मिणीका पिता हुन्।[३][४][५]
किंवदन्ती
[सम्पादन गर्नुहोस्]स्कन्द पुराण
[सम्पादन गर्नुहोस्]स्कन्द पुराणले भीष्मकलाई एक धनी र शक्तिशाली सम्राटको रूपमा वर्णन गरेको छ। स्कन्द पुराणका अनुसार रुक्मिणीको जन्मको समयमा उनलाई एक आकाशवाणीले आफ्नी छोरीको विवाह पृथ्वीमा जन्मिएका चार-हात भएका (चतुर्भुज) व्यक्तिसँग गरिदिन निर्देशन भएको हो। आठ वर्षपछि, शिशुपालका पिता दमघोषको आग्रहमा उनले आफ्नी छोरीको वाग्दान शिशुपालसँग गरिदिए, किनभने दमघोषले 'चतुर्भुज' उनको छोराको एक उपाधि भएको बताएका थिए। उनकी छोरी रुक्मिणी यस विवाहको विरुद्धमा थिइन् र आफ्ना बाल्यकालका प्रेम कृष्णसँग विवाह गर्न चाहन्थिन्। उनले कृष्णलाई आफूलाई विवाह मण्डपबाट लैजान पत्र पठाउँछिन्। भीष्मकले कृष्ण र बलरामलाई विवाह समारोहमा निमन्त्रणा गरे, जसपश्चात् कृष्णले उनकी छोरीलाई भगाएर लगेपछि उनको इच्छा अनुसार विवाह सम्पन्न हुन्छ।[६]
हरिवंश
[सम्पादन गर्नुहोस्]हरिवंश पुराणमा, राजा भीष्मकका जेठा छोरा रुक्मीले आफ्नी बहिनी रुक्मिणीको विवाह स्वयम्वर समारोह मार्फत गर्ने निर्णय गरेपछि त्यसलाई राजाले रुक्मीको यस निर्णयको विरोध गर्दै यसलाई खराब आचरण मान्छन्। जब राजाले कृष्णको दर्शन पाउँछन् तब उनले यस भूलको लागि भगवानसँग क्षमा माग्छन्। कृष्णले उनको विचारसँग सहमति जनाउँदै दुलही वास्तवमा समृद्धिकी देवी लक्ष्मी भएको खुलासा गर्छन्।[७] उनले राजालाई यसमा उनको कुनै दोष नभएको आश्वासन दिन्छन्। भीष्मकले भगवानको प्रस्थान अघि कृष्णको धेरै स्तुति गर्छन्।

मालिनीथान
[सम्पादन गर्नुहोस्]१६औँ शताब्दीमा श्रीमन्त शङ्करदेवद्वारा मालिनीथान वरपर एउटा किंवदन्ती स्थापित गरियो, जसले यस स्थानलाई महाकाव्यका पौराणिक राजा भीष्मक (विदर्भका शासक) सँग जोडेको थियो। यस स्थानसँग किंवदन्तीको सम्बन्धले गर्दा पूर्वी असम र पूर्वी अरुणाचल प्रदेशका क्षेत्रहरूको व्यापक पुन: नामाकरण हुन पुगेको थियो। उदाहरणका लागि, महाकाव्य र पुराणहरूका अनुसार भीष्मकद्वारा शासित विदर्भ देश (जुन सायद महाराष्ट्रको बेरार प्रान्तसँग मिल्दोजुल्दो छ) को नाम सदिया वरपरको क्षेत्रमा प्रयोग गर्न थालिएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.wisdomlib.org (२०२०-०४-०१), "Section CLIX [Mahabharata, English]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-१५।
- ↑ Dowson, John (१८७९), A Classical Dictionary of Hindu Mythology and Religion, Geography, History, and Literature (अङ्ग्रेजीमा), Trübner, पृ: 54।
- ↑ Bhandarkar, Ramkrishna Gopal (१९८७), Vaiṣṇavism, Ṡaivism and Minor Religious Systems (अङ्ग्रेजीमा), Asian Educational Services, पृ: 21, आइएसबिएन 978-81-206-0122-2, "expressed a desire for as good a son as Rukmini, his chief consort, had."
- ↑ Dasa, Gopiparanadhana (२००२-०१-०१), Sri Brhad-bhagavatamrta: Volume One (अङ्ग्रेजीमा), The Bhaktivedanta Book Trust, पृ: Verse 74, आइएसबिएन 978-91-7149-784-0।
- ↑ Moor, Edward (१९९८), The Hindu Panthwon (अङ्ग्रेजीमा), Laurier Books, Limited, पृ: 153, आइएसबिएन 978-81-7020-963-8।
- ↑ www.wisdomlib.org (२०२०-१०-२२), "The Greatness of Rukmiṇī Tīrtha [Chapter 142]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-२८।
- ↑ www.wisdomlib.org (२०२०-११-१४), "Conversation between Krishna and Bhishmaka [Chapter 52]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-१५।