सामग्रीमा जानुहोस्

भीष्मराज आङदेम्बे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भीष्मराज आङदेम्बे
प्रतिपक्ष दलको नेता
पदमा
१४ वैशाख २०८३
प्रधानमन्त्रीबालेन शाह
पूर्वाधिकारीपुष्पकमल दाहाल (२०८२)
प्रतिनिधि सभा सदस्य
पदमा
१३ चैत २०८२
निर्वाचन क्षेत्रसमानुपातिक (नेपाली काङ्ग्रेस)
नेपाली काङ्ग्रेसको सह-महामन्त्री
पदमा
१ पुस २०७८  २ माघ २०८२
राष्ट्रपतिशेरबहादुर देउवा
पूर्वाधिकारीप्रकाशशरण महत
सदस्य, संविधान सभा / व्यवस्थापिका संसद
पदमा
७ माघ २०७०  २८ असोज २०७४
पूर्वाधिकारीडम्बरसिंह सम्बाहाम्फे
उतराधिकारीनिर्वाचन क्षेत्र खारेज
निर्वाचन क्षेत्रपाँचथर २
व्यक्तिगत विवरण
जन्म
पाँचथर, कोशी प्रदेश, नेपाल
दलनेपाली काङ्ग्रेस

भीष्मराज आङदेम्बे एक नेपाली राजनीतिज्ञ हुन्। नेपालको तेस्रो सङ्घीय संसदमा उनी प्रतिपक्षी दलको नेता हुन्।[] उनी नेपाली काङ्ग्रेसका संसदीय दलको नेता समेत हुन्।[] उनी समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत निर्वाचित भएका थिए।

उनी नेपाली काङ्ग्रेसको १२औँ र १३औँ महाधिवेशन मा नेपाली काङ्ग्रेसको कार्यकारी समितिको सदस्य निर्वाचित भएका थिए।[][][]

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले संविधानसभा अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हकहित समितिको सभापतिको जिम्मेवारीमा रहेर आर्थिक नीति, व्यापार व्यवस्था र उपभोक्ता अधिकारका विषयमा नेतृत्वदायी भूमिका सम्हालेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "कांग्रेस सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे ७९८ मतान्तरले विजयी", कांग्रेस सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे ७९८ मतान्तरले विजयी, अन्तिम पहुँच २०२१-१२-१७ अभिलेखिकरण २०२१-१२-१६ वेब्याक मेसिन
  2. "भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२६-०४-२७
  3. "Election Commission Nepal"
  4. "Bhisma Raj Angdembe", मूलबाट २०१६-०५-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०४-२४ अभिलेखिकरण २०१६-०५-०५ वेब्याक मेसिन
  5. "NC General Convention: CWC members under provincial category elected", kathmandupost.com
  6. "भीष्मराज बने कांग्रेस संसदीय दलको नेता", Ekantipur (नेपालीमा), अन्तिम पहुँच २०२६-०५-०२