सामग्रीमा जानुहोस्

भुटानका हिमालहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गङ्गखर पुनसुमको शिखर

भुटानका हिमालहरू राज्यका केही प्रमुख प्राकृतिक भौगोलिक विशेषताहरू हुन्।

पूर्वी हिमालयको दक्षिणी छेउमा अवस्थित, भुटानमा संसारको सबैभन्दा कठिन पहाडी भूभागहरू भएको देशहरू मध्ये एक हो, जसको उचाइ समुद्र सतहबाट १६० मिटर (५२० फिट) देखि ७,००० मिटर (२३,००० फिट) भन्दा बढी छ, केही अवस्थामा एकअर्काबाट १०० किलोमिटर (६२ माइल) भन्दा कमको दूरीमा छन्। भुटानको सबैभन्दा अग्लो चुचुरो, समुद्र सतहबाट ७,५७० मिटर (२४,८४० फिट) मा, उचाइ भएको गङ्गखर पुनसुम हो।[] तिब्बतको सिमानाको नजिक; तेस्रो अग्लो चुचुरो, जोमोल्हारी हो जसको उचाइ समुद्र सतहबाट ७,३१४ मिटर (२३,९९६ फिट) रहेको छ। १९ अन्य चुचुराहरू ७,००० मिटर (२३,००० फिट) भन्दा बढी उचाइमा छन्। हिमालहरूमा मौसम अत्यन्तै चरम हुन्छ।[] उच्च चुचुराहरूमा निरन्तर हिउँ पर्छ, र साना पहाडहरू र काटिएका खोँचहरूमा वर्षभरि नै उच्च हावा चल्छ, जसले गर्दा गर्मीमा हावाको सुरुङ जस्तो बन्छ भने जाडोमा जमिन उजाड बन्दछ। प्रत्येक हिउँदमा देशको उत्तरमा उत्पन्न हुने हिमपात प्रायः दक्षिणतिर केन्द्रीय उच्च पहाडी भूभागमा बग्दछ।

भुटानको बादलले ढाकिएको हरियो पहाड

हिमाद्रि, महाभारत पर्वत शृङ्खला (वा भित्री हिमालय), र उप-हिमालय पर्वत शृङ्खला गरि भुटानका हिमालहरूले यसको तीन मुख्य भौगोलिक क्षेत्रहरूलाई परिभाषित गर्छन्।[][] उत्तरमा हिउँले ढाकिएको हिमाद्रि समुद्र सतहबाट लगभग ५,५०० मिटर (१८,००० फिट) देखि ७,५०० मिटर (२४,६०० फिट) भन्दा बढीका चुचुराहरू सम्म फैलिएको छ, जुन भुटान-तिब्बत सीमामा फैलिएको छ। उत्तरी क्षेत्रमा उच्चतम उचाइमा आर्कटिक हावापानी भएको हिमनदीयुक्त हिमालहरूको उपस्थिति बढी छ।[] हिउँले पोषित नदीहरूले सिँचाइ हुने यस क्षेत्रका अल्पाइन उपत्यकाहरूमा पशुपालनका लागि चरनभूमि उपलब्ध गराउँछन्। तल्लो हिमालयको शृङ्खलाहरू, १,५०० मिटर (४,९०० फिट) र ५,५०० मिटर (१८,००० फिट) बीच, पश्चिमी भुटानमा उत्तरपश्चिमदेखि दक्षिणपूर्व र पूर्वी भुटानमा उत्तरपूर्वदेखि दक्षिणपश्चिमसम्म फैलिएका छन्। यी हिमालहरू विशेष गरी तिनीहरूका पश्चिमी उपत्यकाहरूले, राज्यको आर्थिक र सांस्कृतिक मुटु बनाउँछन्, जसमा यसका अधिकांश जोङ वास्तुकलाहरू पनि समावेश छन्।[]

भुटानका उपत्यकाहरू हिमालयमा हिमनदी पग्लने र मनसुनी वर्षाले भरिएका नदीहरूले कुँदिएका छन्। धेरैजसो भुटानी जनसङ्ख्या भित्री हिमालयको असहज दक्षिणतिरको खण्डले छुट्याएका उपत्यका र तल्लो भूभागमा केन्द्रित छन्।[][][][][]:72, 84, 91 भुटानमा राष्ट्रिय राजमार्ग प्रणाली सहित यातायातको आधुनिकीकरण र विकासको बावजुद, एक उपत्यकाबाट अर्को उपत्यकामा यात्रा गर्न गाह्रो छ।[१०] पश्चिमी उपत्यकाहरू पूर्वमा मध्य भुटानमा काला हिमालहरूले बाँधिएका छन्, जसले दुई प्रमुख नदी प्रणालीहरू, सोनकोशमानस नदी बीचको जलाधार बनाउँछ।[][११][१२] मध्य उपत्यकाहरू पूर्वबाट डोङ्गा हिमश्रृङ्खलाले अलग गरिएका छन्। थप पृथक पहाडी उपत्यकाहरूले धेरै साना, विशिष्ट सांस्कृतिक र भाषिक समूहहरूलाई सुरक्षित गर्छन्।[१३]

भुटानले तिब्बतअसम बीचको मार्गहरू सहित धेरै रणनीतिक हिमालय पर्वतीय मार्गहरू नियन्त्रण गर्दछ। यी मार्गहरू, राज्यमा प्रवेश गर्ने एक मात्र मार्ग भएकोले, शताब्दीयौँ पुरानो अलगवादको नीतिहरूसँगै, भुटानलाई "देवताहरूको पर्वतीय किल्ला" उपनाम प्राप्त भएको छ। यद्यपि बेलायतीहरूले भुटानमा एक संरक्षित राज्य स्थापना गर्दै यसको तराई क्षेत्रहरू कब्जा गरेका थिए। भुटानको पहाडी भित्री भाग कहिल्यै पनि सफलतापूर्वक आक्रमण गरिएको छैन।[१४]

भुटानका पहाड र उपत्यकाहरू।
भुटानका पहाड र उपत्यकाहरू।

भूटानको उत्तरमा हिमाद्रिहरू छन्, जहाँ हिमालहरू सजिलै ७,००० मिटर (२३,००० फिट) सम्म पुग्न सक्छन्। देशका सबैभन्दा अग्ला चुचुराहरू पश्चिमदेखि पूर्वसम्म उत्तरी हा, पारो र थिम्पु, गासा जिल्लाको ठुलो भाग; उत्तरी वाङ्डु फोड्रङ जिल्ला, उत्तरी बुमथाङलुन्टसे जिल्लाहरूसँगै फैलिएका छन्। ७,५७० मिटर (२४,८४० फिट) उचाइ सहित भुटानको सबैभन्दा अग्लो बिन्दु गङ्गखर पुनसुम हो जुन विश्वको सबैभन्दा अग्लो आरोहण नभएको हिमाल हो।[१५] गङ्खर पुनसुम, कुला काङ्ग्री र तोङसानजिआबु जस्ता केही विशाल चुचुराहरू भुटान र चीन बीच विवादित क्षेत्रमा अवस्थित छन्। भुटानी दाबी अनुसार, यी विशाल चुचुराहरू गासा जिल्लाको भाग हुनुपर्छ। हिमाद्रिका अन्य चुचुराहरू, जस्तै जिचु ड्रेक हिमाल, गासा जिल्ला भित्रै पर्छन्।

हिमाद्रिमा भुटानका अधिकांश हिमनदीहरू छन्। यस क्षेत्रमा भुटानका ६७७ हिमनदीहरू र २,६७४ हिमनदी तालहरू र सहायक तालहरू छन्, जसमध्ये २५ ले हिमताल फुटेर आएउने बाढीको जोखिम निम्त्याउँछन्।[१६][१७] भुटानमा विशाल सङ्ख्यामा हिमनदीहरूलाई "उपत्यका" र "पहाडी हिमनदीहरू" को रूपमा वर्गीकृत गरिएको छ।[१८]

महाभारत पर्वत शृङ्खला

[सम्पादन गर्नुहोस्]

महाभारत पर्वत शृङ्खलाहरू, जसलाई भित्री हिमालय पनि भनिन्छ, भुटानको मध्य भागमा प्रभुत्व जमाउने हिमाद्रिको दक्षिणतिरको खण्डहरू हुन्। डोङ्क्या हिमश्रृङ्खलाले भुटान-सिक्किम-तिब्बत सीमाको त्रिकोण बनाउँछ,[] जसले सिक्किमलाई चुम्बी उपत्यकाबाट अलग गर्दछ र मध्य भुटानमा कालो हिमालहरूले दुई प्रमुख नदी प्रणालीहरू, सोनकोश र मानस नदी बीचको जलधार बनाउँछ। कालो हिमश्रृङ्खलाका चुचुराहरू समुद्र सतहबाट १,५०० मिटर (४,९०० फिट) र २,७०० मिटर (८,९०० फिट) को बीचमा छन्।[] पूर्वी भुटान अर्को दक्षिणतिरको खण्ड, डोङ्गा हिमश्रृङ्खलाद्वारा विभाजित छ, जसका उपत्यकाहरूमा ठाडो खोँचहरू अवस्थित छन्।[][]:181[१९]

यसको विपरीत, भित्री हिमालय पर्वतश्रृङ्खलाहरूमा कुनै हिमनदीहरू छैनन्, यद्यपि केही शिखरहरू र माथिल्लो ढलानहरू हिमोढहरूले ढाकिएका छन्।[२०]

हिमालहरूको सूची

[सम्पादन गर्नुहोस्]
हिमाल मिटर फिट जिल्ला
गङ्गखर पुनसुम७,५७० २४,८४०गासा[note १]
तेरी काङ७,१२५ २३,३७६
चोमोल्हारी काङ७,०४६ २३,११७थिम्पु[note १]
जिचु ड्रेक६,७१४ २२,०२८थिम्पु
तोङसानजिआबु७,२०२ २३,६२९गासा[note १]
कुला काङ्ग्री७,५३८ २४,७३१गासा[note १]
जोमोल्हारी७,३२६ २४,०३५थिम्पु
काङ्फु काङ७,२०४ २३,६३५गासा
लियानकाङ काङ्ग्री७,५३५ २४,७२१गासा[note १]
मसाङ काङ७,१९४ २३,६०२गासा[note १]
गङ्गचेन्टा६,६७८ २१,९०९गासा
सेरिम काङ६,५३२ २१,४३०थिम्पु
सेन्डा काङ६,४८१ २१,२६३गासा
  1. 1 2 3 4 5 6 यी क्षेत्रहरू विवादित छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Bhutan". World Factbook. CIA. 2011-03-22. Retrieved 2011-04-03.
  2. 1 2 3 4 5 Public Domain यस लेखले यसबाट पाठ समावेश गर्दछ यो स्रोत, जुन सार्वजनिक डोमेनमा रहेको छ। Worden, Robert L (१९९१), "Bhutan: देशको अध्ययन", in Savada, Andrea Matles, सङ्घीय अनुसन्धान विभाग, The Land।
  3. 1 2 Sinha, Awadhesh Coomar (२००१), Himalayan Kingdom Bhutan: Tradition, Transition, and Transformation, Indus, पृ: 19–22, आइएसबिएन 81-7387-119-1, अन्तिम पहुँच २०११-१०-१५
  4. Singh, Pratap; Haritashya, Umesh Kumar (२०११), Encyclopedia of Snow, Ice and Glaciers, Springer, पृ: ५१८, आइएसबिएन 90-481-2641-X, अन्तिम पहुँच २०११-१२-०६
  5. 1 2 Hunter, William Wilson (१९०८), James Sutherland Cotton; Sir Richard Burn; Sir William Stevenson Meyer, सम्पादकहरू, Gazetteers of British India, 1833–1962, Imperial Gazetteer of India 8, Clarendon Press, पृ: १५४, अन्तिम पहुँच २०११-१२-०५
  6. Public Domain यस लेखले यसबाट पाठ समावेश गर्दछ यो स्रोत, जुन सार्वजनिक डोमेनमा रहेको छ। Worden, Robert L (१९९१), "Bhutan: देशको अध्ययन", in Savada, Andrea Matles, सङ्घीय अनुसन्धान विभाग, Population – Size, Structure, and Settlement Patterns।
  7. White, John Claude (१९०९), Sikhim & Bhutan: Twenty-One Years on the North-East Frontier, 1887-1908, E. Arnold, पृ: 3–6, अन्तिम पहुँच २०११-१०-१५
  8. Rennie, Frank; Mason, Robin (२००८), Bhutan: Ways of Knowing, IAP, पृ: ५८, आइएसबिएन 1-59311-734-5, अन्तिम पहुँच २०११-०८-१०
  9. 1 2 Brown, Lindsay; Armington, Stan (२००७), Bhutan (3 संस्करण), Lonely Planet, पृ: 62, 105, 108, 113, आइएसबिएन 1-74059-529-7, अन्तिम पहुँच २०११-११-२५
  10. Public Domain यस लेखले यसबाट पाठ समावेश गर्दछ यो स्रोत, जुन सार्वजनिक डोमेनमा रहेको छ। Worden, Robert L (१९९१), "Bhutan: देशको अध्ययन", in Savada, Andrea Matles, सङ्घीय अनुसन्धान विभाग, Transportation and Communications – Roads।
  11. Public Domain यस लेखले यसबाट पाठ समावेश गर्दछ यो स्रोत, जुन सार्वजनिक डोमेनमा रहेको छ। Worden, Robert L (१९९१), "Bhutan: देशको अध्ययन", in Savada, Andrea Matles, सङ्घीय अनुसन्धान विभाग, River Systems।
  12. Kumar, Bachchan (२००४), Encyclopaedia of Women in South Asia: Bhutan, Encyclopaedia of Women in South Asia 7, Gyan, पृ: २०, आइएसबिएन 81-7835-194-3, अन्तिम पहुँच २०११-१०-१५
  13. Brown, Lindsay; Armington, Stan (२००७), Bhutan (PDF), Country Guides (3 संस्करण), Lonely Planet, पृ: 182–183, आइएसबिएन 1-74059-529-7, मूलबाट २०११-०६-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१०-१५
  14. Chandra Bisht, Ramesh (२००८), International Encyclopaedia of Himalayas, Mittal Publications, पृ: २८, आइएसबिएन 978-81-8324-265-3
  15. "Bhutan", द वर्ल्ड फ्याक्टबुक, केन्द्रीय गुप्तचर संस्था, २०११-०३-२२, अन्तिम पहुँच २०११-०४-०३ अभिलेखिकरण २०२२-०५-३० वेब्याक मेसिन
  16. Tirwa, Badan (२००८-०१-१९), "Managing health disaster", Thimphu: Bhutan Observer online, मूलबाट २०११-०१-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२७
  17. Pelden, Sonam (२०१०-०९-०३), "Thorthormi water level brought down 43 cm", Bhutan Observer online, मूलबाट २०११-०१-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२७
  18. Iwata, Shuji (२०१०), "Glaciers of Bhutan — An Overview" (PDF), in Richard S. Williams, Jr; Jane G. Ferrigno, Glaciers of Asia: U.S. Geological Survey Professional Paper 1386–F, United States Geological Survey।
  19. Carpenter, Russell B.; Carpenter, Blyth C. (२००२), The Blessings of Bhutan, University of Hawaii Press, पृ: 7–8, 27, 123, आइएसबिएन 0-8248-2679-5, अन्तिम पहुँच २०११-१०-१५
  20. Karan, Pradyumna Prasad; Iijima, Shigeru; Pauer, Gyula (१९८७), Bhutan: Development amid Environmental and Cultural Preservation, Monumenta Serindica (17), Institute for the Study of Languages and Cultures of Asia and Africa, पृ: ii, अन्तिम पहुँच २०११-१२-०५