भुल्ने पो हो की ?

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भूल्ने पो हो कि ? अमेरिकामा सन् २०११मा बनेको भूटानी-नेपाली चलचित्र हो ।

निर्माण-पक्ष[सम्पादन गर्नुहोस्]

यसको छायाकंन अमेरिकाको अटलान्टा, टेन्नेसी, कोलोराडो, न्युयोर्क, नियाग्रा फल्स आदि स्थानमा गरिएको छ । अनिश थापाले कथा लेखेका हुन् । पटकथा प्रकाश पुरीवसन्त अधिकारीको हो । टेकबहादुर सार्की चलचित्रका निर्माता हुन् । यसको डाइरेक्टर अफ फोटोग्राफि हिमग्याप ताशीले गरेका छन् ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

नायक अनिश थापा (हेमन), नायिका प्रियंका कार्की (सुष्मा), अमेरिकी युवा डेनी कुक (ह्यारी), सोमु थापा (निलम) र टंक न्यौपाने (सुमन) यसका मुख्य कलाकार छन् ।

कथा[सम्पादन गर्नुहोस्]

यस चलचित्रमा नेपालबाट भूटानी शरणार्थी अमेरिकामा पुनर्स्थापित हुन जाँदा फरक समयमा आएका नायक र नायिकाको मिलन अनि विछोडको कथा छ ।

गीत[सम्पादन गर्नुहोस्]

यस चलचित्रमा ४ गीत छन् । दुई गीत गीतकार शेखर ढुंगेलका छन् भने दुई गीत टंक बुढाथोकीले लेखेका छन् ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]