भूमिकास्थान नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भूमिकास्थान
Bhumikasthan
—  नगरपालिका  —
भूमिकास्थान is located in Nepal
भूमिकास्थान
भूमिकास्थान
नेपालको नक्शामा भूमिकास्थान नगरपालिका
निर्देशाङ्क (नुवाकोट): २७°५८′उत्तर ८३°०४′पूर्व / २७.९७° उत्तर ८३.०६° पूर्व / 27.97; 83.06निर्देशाङ्क: २७°५८′उत्तर ८३°०४′पूर्व / २७.९७° उत्तर ८३.०६° पूर्व / 27.97; 83.06
देश  नेपाल
प्रदेश प्रदेश नं. ५
जिल्ला अर्घाखाँची जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - प्रमुख रेशम थापा (माओवादी केन्द्र)
 - उपप्रमुख खडानन्द बेल्वासे (नेपाली कांग्रेस)
 - कार्यकारी -
क्षेत्रफल
 - जम्मा १५९.१३ किमी (६१.४ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा ३२,६४०
 जनघनत्व २०५.१/किमी (५३१.२/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-७७
केन्द्र साविकको नुवाकोट गाविसको कार्यालय

भूमिकास्थान नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङ्ढिकुरा गाउँ विकास समितिहरूलाई समेटेर भूमिकास्थान नगरपालिका बनाइएको हो ।[३] भूमिकास्थान नगरपालिकाको कूल जनसंख्या ३२,६४० रहेको छ । यसको क्षेत्रफल १५९.१३ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा सन्धिखर्क, पश्चिममा प्युठान जिल्ला, उत्तरमा मालारानी गाउँपालिका तथा दक्षिणमा शीतगंगा नगरपालिकासम्म फैलिएको छ ।[४]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३. अन्तिम पहुँच मिति:२३ पौष २०७३.
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अभिगमन मिति फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३. अन्तिम पहुँच मिति:१४ जेठ २०७४.
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अभिगमन मिति २०७३ फाल्गुण २७ 

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]