सामग्रीमा जानुहोस्

भृङ्गी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भृङ्गी
भृङ्गीको मूर्ति
आबद्धऋषि, शैववाद
धर्मग्रन्थहरूपुराण
भृङ्गी (बायाँ) शिवको नटराज स्वरूपको पूजा गर्दै।

भृङ्गी हिन्दु धर्मका एक ऋषि हुन् जसलाई विनाशका देवता शिवका महान् भक्तको रूपमा वर्णन गरिएको छ।[][]

भृङ्गी ऋषिको मूर्तिमा प्रायः तीनवटा खुट्टा देखाइन्छ भने उनलाई एक कुशल नर्तकको रूपमा पनि प्रस्तुत गरिएको छ। उनको शरीरमा मासु नभएकाले उनलाई छाला र हड्डी भएका ऋषिको रूपमा वर्णन गरिन्छ। शिवको ताण्डव नृत्यको समयमा भृङ्गीले आफ्नो तीनवटा खुट्टाको मद्दतले अद्भुत लयमा नृत्य गर्ने गर्छन्। पौराणिक कथा अनुसार, उनले शिवको मात्र परिक्रमा गर्न खोज्दा र पार्वतीलाई बेवास्ता गर्दा पार्वतीले उनलाई श्राप दिएकी हुन्छिन् जसका कारण उनको शरीरको मासु र रगत हटाइएपछि उभिनका लागि उनलाई शिवले तेस्रो खुट्टा प्रदान गरिन्छ।

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

शिव पुराणतमिल स्थल पुराणहरूका अनुसार, शिवलाई श्रद्धाञ्जली अर्पण गर्ने सबै ऋषिहरूले शिवकी अर्धाङ्गिनी पार्वतीलाई पनि वन्दना गर्दथे। एक दिन, ऋषि भृङ्गी शिवको निवासस्थान कैलास गएर उनले शिवको मात्र परिक्रमा गर्ने इच्छा व्यक्त गर्छन्। उनले शिवको वरिपरि घुम्न सुरु गर्दा पार्वतीले उनीहरू एउटै अस्तित्वका दुई आधा भाग हुन् भन्दै आफ्नो पनि परिक्रमा गर्न आग्रह गर्छिन् तर भृङ्गी शिवमा अत्याधिक एकाग्र भएकाले उनमा पार्वतीको परिक्रमा गर्ने कुनै इच्छा जाग्दैन। यो देखेर पार्वती शिवको काखमा बस्छिन् जसले गर्दा भृङ्गीलाई शिवको मात्र परिक्रमा गर्न गाह्रो हुन्छ। तैपनि विचलित नभई, भृङ्गीले एउटा पोथी भमरा रूप धारण गरी दुईको बीचबाट उड्ने प्रयास गर्छन्। यसबाट क्रोधित भई पार्वतीले ऋषिलाई शारीरिक रूपमा कमजोर हुने श्राप दिन्छिन् जसकारण उनी ढल्छन् आफ्नो शरीरलाई थाम्न असमर्थ बन्छन्। भृङ्गीले शिवको प्रार्थना गरे र उनले तेस्रो खुट्टा प्राप्त गर्न सफल हुन्छन्। यसरी, भृङ्गी अन्ततः एक महर्षि बनेको वर्णन गरिएको छ।[][]

यस कथाका स्थानीय भिन्नताहरूका अनुसार, शिव र पार्वती मिलेर अर्धनारीश्वर नामक संयुक्त स्वरूप धारण गर्छन्। जब भृङ्गीले शिवको मात्र परिक्रमा गर्नका लागि उनीहरूको बीचमा प्वाल पार्ने प्रयास गर्छन् तब पार्वतीले उनलाई पुरुषमा हुने स्त्रीत्वको प्रतीक मासु र रगतबाट वञ्चित हुने श्राप दिन्छिन्। भृङ्गीले आफ्नो गल्ती महसुस गरेपछि उनलाई उचित दण्ड मिल्छ। उनलाई सीधा उभिन सक्षम बनाउनका लागि तेस्रो खुट्टा दिइन्छ।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ७८
  2. Doniger, Wendy (मार्च २०१४), On Hinduism (अङ्ग्रेजीमा), OUP USA, पृ: 252, आइएसबिएन 978-0-19-936007-9
  3. www.wisdomlib.org (२०१५-०६-१२), "Bhringi, Bhṛṅgī, Bhṛṅgi, Bhrimgi: 18 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०७
  4. Dalal, Roshen (२०१४-०४-१८), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin UK, पृ: 206, आइएसबिएन 978-81-8475-277-9
  5. Tilak, Sudha G. (२०१९-१०-१५), Temple Tales: Secrets and Stories from India's Sacred Places (अङ्ग्रेजीमा), Hachette India, पृ: 27, आइएसबिएन 978-93-88322-47-8
  6. Pattanaik, Devdutt (२००३-०४-२४), Indian Mythology: Tales, Symbols, and Rituals from the Heart of the Subcontinent (अङ्ग्रेजीमा), Inner Traditions / Bear & Co, पृ: 27, आइएसबिएन 978-0-89281-870-9
  7. Pattanaik, Devdutt (२०००-०९-०१), The Goddess in India: The Five Faces of the Eternal Feminine (अङ्ग्रेजीमा), Simon and Schuster, पृ: 18, आइएसबिएन 978-1-59477-537-6