भेनेजुएलामा संयुक्त राज्य अमेरिकाको आक्रमण, सन् २०२६
| पूर्ण समाधान अभियान | |
|---|---|
| अपरेसन साउथर्न स्पेयर, भेनेजुएलामा सङ्कट र लागूऔषध विरुद्धको युद्ध-को भाग | |
| |
| स्थान | |
| योजनाकार | संयुक्त राज्य अमेरिकी रक्षा विभाग |
| आदेशकर्ता | |
| लक्ष्य | |
| मिति | ३ जनवरी २०२६ ०२:०१ – ०४:२९[१] (भेनेजुएली समय, युटिसी−०४:००) |
| द्वारा कार्यनयन |
|
| नतिजा | संयुक्त राज्य अमेरिका विजयी
|
| हताहत | २ अमेरिकी सैनिक घाइते [४] ४० भेनेजुएली नागरिक, कम्तिमा १ भेनेजुएली सैनिक (अज्ञात स्रोत अनुसार) |
भेनेजुएलामा संयुक्त राज्य अमेरिकाको आक्रमणले सन् २०२६ जनवरी ३ का दिन स्थानीय भेनुजुएली समय अनुसार बिहानको २:०० बजे भेनेजुएलामाथि संयुक्त राज्य अमेरिकाले गरेको शृङ्खलाबद्ध हवाई हमलालाई बुझाउँछ। पूर्ण समाधान अभियान नाम दिइएको यस हमला मार्फत अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो।[५][६] यस अभियानको क्रममा देशको राजधानी काराकस वरिपरिका क्षेत्रहरूमा हवाई आक्रमण गर्नका लागि अमेरिकाले १५० भन्दा बढी विमानहरूलाई प्रयोगमा ल्याएको थियो।[७] रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजका अनुसार, भेनेजुएलाले 'मादुरोको आदेशमा' राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गरेको थियो।[८] राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई अमेरिकी सशस्त्र बलले कब्जा गरी न्युयोर्क सहरमा पुर्याएको थियो।[९] अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले घोषणा गरेअनुसार मादुरो र फ्लोरेसलाई अमेरिकाको दक्षिणी न्युयोर्क जिल्ला अदालतमा लागूऔषध तस्करीसम्बन्धि विभिन्न आरोपहरूमा अभियुक्त बनाइएको छ जसले सन् २०२० मा समान अभियोगहरूमा आधारित आरोपहरूलाई प्रतिस्थापन गर्दछ।[१०][११]
मादुरोको गिरफ्तारी पश्चात् उपराष्ट्रपति देलेसी रोड्रिगेजले पक्राउ प्रति निन्दा जनाउँदै कार्यवाहक राष्ट्रपतिको रूपमा पद सम्हालेकी थिइन्। यस घटनापछि संयुक्त राष्ट्रसङ्घ र अन्य देशका अधिकारीहरूले आक्रमणको वैधानिकता माथि प्रश्न उठाएका थिए।[१२][१३][१४][१५] विश्वका थुप्रै देशहरूमा रहेका भेनेजुएली आप्रवासीहरूले मादुरोको गिरफ्तारीको विरुद्ध आपत्ति जनाए भने अन्य धेरैले उत्सव मनाएका प्रतिक्रियाहरू आएका थिए।
ट्रम्प प्रशासनले यस अभियानको बारेमा काङ्ग्रेसलाई सूचित गरेका थिएनन्।[१४] ट्रम्प प्रशासनका सदस्य तथा रिपब्लिकन सांसदहरूले सैन्य सहयोगसहित गरिएका हवाई आक्रमण र पक्राउको वैधानिकतालाई राष्ट्रपति सँग "अन्तर्निहित संवैधानिक अधिकार हुन्छ" भन्ने धारणका साथ मादुरोको गिरफ्तारीलाई कानुनी प्रवर्तन कार्यको रूपमा बचाउ गरेका थिए।[१६] अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो नेतृत्वको सरकारलाई यथावत् राखी अमेरिकी कम्पनीहरू भेनेजुएलाको तेल उद्योगमा सक्रियताका साथ संलग्न र भेनेजुएलामा सत्ता हस्तान्तरण नहुन्जेलसम्म अमेरिकाले भेनेजुएलामाथि पकड कायमै राख्ने अभिव्यक्ति दिएका थिए।[१७][१८][१९]
मादुरोको गिरफ्तारी
[सम्पादन गर्नुहोस्]लुआ त्रुटि: Coordinates not found on Wikidata।
भेनेजुएली मानक समय अनुसार बिहानको ४ बजेर २१ मिनेट जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल नाम एक सामाजिक सञ्जाल मार्फत मादुरो र उनकी श्रीमती फ्लोरेसलाई गिरफ्तार गरी संयुक्त राज्यमा झिकाइएको भनी एक पोस्ट गरेका थिए जहाँ उनले आफ्नो आधिकारिक खाता मार्फत मादुरोको तस्वीर सार्वजनिक गरेका थिए।[२०][२१][२२][२३] सार्वजनिक गरिएको मादुरोको तस्वीरमा उनी उभिएको अवस्थामा देखिन्छन् जहाँ उनले खैरो रङ्गको कपडा लगाएका, कालो पट्टीले आँखा छोपिएको, बाहिरको आवाज सुन्न नमिल्ने हेडफोन लगाएका र हातमा पानीको बोत्तल समातेको देख्न सकिन्छ। [२४][२५]
अमेरिकी राज्य सचिव मार्को रुबियोका अनुसार, मादुरोको गिरफ्तारी पश्चात् उनलाई अमेरिकी अदालतमा आपराधिक आरोप सामना गर्नुपर्नेछ। भेनेजुएलाकी उपराष्ट्रपति देलेसी रोड्रिगेजले पुष्टि गरेअनुसार, मादुरो र प्रथम महिला फ्लोरेस दुवैजना हराइरहेका र सरकारी टेलिभिजनमार्फत अडियो सन्देश जारी गर्दै उनीहरू जिवित रहेको प्रमाणको माग गरेकी थिइन्।[२६][२७] रोइटर्सका स्रोतका अनुसार, रोड्रिगेज ३ जनवरीका दिन रूसमा थिइन्।[२८] अन्य तथ्याङ्कहरूले रोड्रिगेज कराकसमै रहेको सूचित गराएका थिए।[२९]
मादुरोलाई गिरफ्तार गर्न खटिएका सैन्य बलहरूमा डेल्टा फोर्स र केन्द्रीय गुप्तचर संस्था समावेश छन्। भेनेजुएली मानक समय अनुसार १८:०० (१७:०० पूर्वी समय क्षेत्र) बजे लगत्तै मादुरो र फ्लोरेसलाई बोकेको विमान न्युयोर्कको स्टुअर्ट एयर नेसनल गार्ड बेसमा अवतरण गरेको थियो।[३०] हवाईजहाजको विश्रामस्थल प्रवेश गर्नुअघि उनीलाई सङ्घीय आयुक्तहरूले घेरा हालेका थिए भने उनी हवाईजहाजबाट बाहिर निस्कँदै गरेको देखिएको थियो। त्यसपछि उनलाई हेलिकोप्टरमार्फत म्यानहाटन, न्युयोर्क सहरको वेस्टसाइड हेलिपोर्टमा लगिएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Trump Administration makes an example of Maduro, will 'run' Venezuela for now", वर्ल्ड ट्रिब्युन, ३ जनवरी २०२६, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ Jacobs, Jennifer (३ जनवरी २०२६), "Maduro captured by Army's Delta Force, sources say", CBS News, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ "U.S. Has Captured Venezuelan President Nicolas Maduro (Updated)", The War Zone, ३ जनवरी २०२६।
- ↑ Mancini, Ryan (३ जनवरी २०२६), "What to know about the 'large scale' US strike on Venezuela", The Hill (newspaper), अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ Cano, Regina Garcia; Toropin, Konstantin; Tucker, Eric (३ जनवरी २०२६), "US plans to 'run' Venezuela and tap its oil reserves, Trump says, after operation to oust Maduro", AP News (अङ्ग्रेजीमा), अन्तिम पहुँच ४ जनवरी २०२६।
- ↑ Martinez, Luis (३ जनवरी २०२६), "'What he ate': Inside the meticulously planned operation to capture Maduro", ABC News (United States), अन्तिम पहुँच ४ जनवरी २०२६।
- ↑ "Venezuela Live Updates: Maduro Arrives in N.Y.; Trump Says U.S. Will 'Run' Venezuela", The New York Times, ३ जनवरी २०२६, अन्तिम पहुँच ४ जनवरी २०२६।
- ↑ Jacobs, Jennifer; Walsh, Joe; LaPorta, James; Reals, Tucker (३ जनवरी २०२६), "U.S. strikes Venezuela and captures Maduro; Trump says "we're going to run the country" for now", CBS News, अन्तिम पहुँच ४ जनवरी २०२६।
- ↑ Hubbard, Kaia; Suarez Sang, Lucia I. (३ जनवरी २०२६), "Maduro and his wife arrive in New York to face narco-terrorism charges", CBS News, अन्तिम पहुँच ४ जनवरी २०२६।
- ↑ Sugden, Joanna (३ जनवरी २०२६), "U.S. Attorney General Says Maduro, Wife Indicted in New York", The Wall Street Journal, अन्तिम पहुँच ४ जनवरी २०२६।
- ↑ "Maduro indicted on federal drug-trafficking and weapons charges", CBS News (अङ्ग्रेजीमा), ३ जनवरी २०२६, अन्तिम पहुँच ४ जनवरी २०२६।
- ↑ "U.S. Launches military strikes on Venezuela, Trump says Maduro captured and flown out of the country", CBS News, ३ जनवरी २०२६, अन्तिम पहुँच ४ जनवरी २०२६।
- ↑ Gallego, Ruben [@RubenGallego] (३ जनवरी २०२६), "Second unjustified war in my life time." (ट्विट), अन्तिम पहुँच ३ जनवरी २०२६ – ट्विटरद्वारा।
- 1 2 McKelvie, Geraldine (३ जनवरी २०२६), "Is there any legal justification for the US attack on Venezuela?", The Guardian (अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ "Live Updates: U.S. Captures Venezuelan Leader, Trump Says", The New York Times, ३ जनवरी २०२६, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ Blake, Aaron (२०२६-०१-०३), "Analysis: Trump attacked Venezuela and arrested its president. Is that legal?", CNN (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०१-०४।
- ↑ Peniston, Bradley; Tucker, Patrick (३ जनवरी २०२६), "The US will 'run' Venezuela for now, Trump says after armed assault on capital", Defense One (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ "Trump says US will be 'very strongly involved' in Venezuela oil industry", The Guardian, ३ जनवरी २०२६, आइएसएसएन 0261-3077, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ "The Venezuelan Oil Industry Trump Is Planning to Revive", The New York Times।
- ↑ Trump, Donald J. (३ जनवरी २०२६), "(Untitled)", Truth Social, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ Petras, George; Beard, Stephen; Loehrke, Janet; Sullivan, Shawn (३ जनवरी २०२६), "Mapping US attacks in Venezuela: Timeline of Nicolás Maduro's capture", USA Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच ४ जनवरी २०२६।
- ↑ Langford, Antonia; Mendelson, Allegra (३ जनवरी २०२६), "Maduro and wife charged with narco-terrorism", The Daily Telegraph, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ Stavrou, Athena (३ जनवरी २०२६), "Venezuela latest: Trump says President Maduro has been captured after huge airstrikes on Caracas", The Independent, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ Walker, Josephine; Floyd, Lauren (३ जनवरी २०२६), "Trump shares photo of Maduro after capture", Axios (website) (अङ्ग्रेजीमा)।
- ↑ Keller, Erin; Woodward, Alex (३ जनवरी २०२६), "Trump posts photo of handcuffed Maduro after Venezuelan president's capture", The Independent (अङ्ग्रेजीमा), अन्तिम पहुँच ४ जनवरी २०२६।
- ↑ "Venezuela latest: Trump says US has 'captured' President Maduro in strikes on country – latest", BBC News, ३ जनवरी २०२६, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ BNO News Live [@BNODesk] (३ जनवरी २०२६), "Breaking: Venezuelan Vice President Delcy Rodríguez confirms Maduro and his wife are missing. Trump said they were captured" (ट्विट), अन्तिम पहुँच ३ जनवरी २०२६ – ट्विटरद्वारा।
- ↑ "Venezuela vice president Rodriguez in Russia, four sources say", Reuters, ३ जनवरी २०२६, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ Phifer, Donica (३ जनवरी २०२६), "Venezuela's VP throws cold water on Trump's solution for running the country", Axios (website) (अङ्ग्रेजीमा)।
- ↑ Tucker, Emma (३ जनवरी २०२६), "Maduro has arrived at a New York military base", CNN, मूलबाट ४ जनवरी २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जनवरी २०२६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- अदालतको मुद्दा सुची: संयुक्त राज्य विरुद्ध उगो कार्भाहाल
- निकोलस मादुरोविरुद्धका अभियोगहरू पढ्नुहोस् द न्युयोर्क टाइम्स ३ जनवरी २०२६