सामग्रीमा जानुहोस्

भेलुपिल्लई प्रभाकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भेलुपिल्लई प्रभाकरण
வேலுப்பிள்ளை பிரபாகரன்
सन् २००६ मा प्रभाकरण
जन्म(१९५४-११-२६)२६ नोभेम्बर १९५४
भाल्भेट्टिथुराई, सिलोन द्वीप[][][]
मृत्यु१८ मे २००९(2009-05-18) (उमेर ५४)
मुल्लातिभु, श्रीलङ्का
मृत्युको कारणदोहोरो भिडन्तमा मृत्यु[]
अन्य नामकालिकलन
पेशासन् १९९२ मा स्थापित तमिल न्यु टाइगर्सको नेता र लिबरेसन टाइगर्स अफ तमिल ईलमको संस्थापक
चिनारीको कारणश्रीलङ्काली तमिल राष्ट्रियवाद, तमिल ईलमको नेता, सैन्य रणनीति[]
आपराधिक मुद्दासन् १९९१ मा राजीव गान्धीको हत्या योजनाकार[][]
सन् १९९६ मा कोलम्बो केन्द्रीय बैङ्कमा बम हमला[]
सजायश्रीलङ्काली सर्वोच्च अदालतद्वारा पक्राउ आदेश जारी[]
भारतको मद्रास उच्च अदालतद्वारा मृत्युदण्डको आदेश जारी []
कोलम्बो उच्च अदालतद्वारा २०० वर्षको जेल सजाय सुनाइएको[][१०]
जीवनसाथीमाथिबादिनी इराम्बु (सन् १९८४–२००९)
सन्तानचार्ल्स एन्थोनी (सन् १९८९–२००९)[११]
दुबारागा (सन् १९८६–२००९)[१२]
बालाचन्द्रन (सन् १९९७–२००९)[१३]
हस्ताक्षर

भेलुपिल्लई प्रभाकरण (तमिल: வேலுப்பிள்ளை பிரபாகரன், २६ नोभेम्बर १९५४ – १८ मे २००९) एक श्रीलङ्काली छापामार लडाकु तथा तमिल राष्ट्रियतावादका प्रमुख व्यक्तित्व थिए जो श्रीलङ्काली पृथकतावादी सङ्गठन लिबरेसन टाइगर्स अफ तमिल ईलमका संस्थापक र सर्वकालीन नेता थिए। प्रभाकरणद्वारा गठित लिट्टे एक सशस्त्र सङ्गठन थियो, जसले श्रीलङ्काको उत्तरी र पूर्वी भागमा स्वतन्त्र तमिल राज्य स्थापना गर्ने प्रयास गरेको थियो। देशको तमिल जनसङ्ख्यामाथि श्रीलङ्काली सरकारले गरेको दमनको प्रतिक्रिया स्वरूप, प्रभाकरणको निर्देशनमा लिट्टेले २५ वर्षभन्दा बढी समयसम्म श्रीलङ्काली सरकारविरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको थियो।[१४][१५][१६] सन् २००९ मे १८ का दिन श्रीलङ्काली सशस्त्र सेनासँग भिडन्तमा प्रभाकरणको भएको थियो। प्रभाकरणको मृत्यु पश्चात् सरकारी सेनाले त्यहाँ कुनै सार्वजनिक सभा हुन नदिई उनको शवलाई तत्कालै दहासंस्कार गरिदिएको थियो।

प्रभाकरण उनका बुबाआमाकम चार सन्तानमध्ये सबैभन्दा कान्छा सन्तान थिए जो श्रीलङ्काको जाफना प्रायद्वीपको उत्तर तटमा रहेको भाल्भेट्टिथुराईमा जन्मिएका थिए। श्रीलङ्कामा तमिल संस्कृति र साहित्यको मुटु मानिने जाफनामा तमिल राष्ट्रियतावाद उग्र थियो जसले तमिलहरूको लागि स्वायत्तता माग गरि बेलायतबाट सन् १९४८ मा देशले स्वतन्त्रता प्राप्त गरेपछि सिंहलीहरूले शासन गर्ने श्रीलङ्काली राज्य र सिंहली नागरिकहरूले उनीहरूमाथि गरेको भेदभावको विरोध गर्न तमिलहरूलाई उत्प्रेरणा दिन्थ्यो।[१७] सन् १९७४ मा श्रीलङ्काली प्रहरीद्वारा आयोजित तमिल सम्मेलन हत्याकाण्डपछि सन् १९७६ मा स्थापना गरिएको लिट्टे सङ्गठनले जाफना बाहिर श्रीलङ्काली सेनाको एक गस्ती टोलीलाई आक्रमण गर्दा १३ जना सैनिकको मृत्यु भएसँगै सन् १९८३ मा लिट्टे चर्चाको विषय बन्न पुगेको थियो। सैनिकहरूमाथि गरिएको अचानक आक्रमण र त्यसपछि हजारौँ तमिल नागरिकको मृत्युसँग सम्बन्धित दङ्गालाई सामान्यतया श्रीलङ्काली गृहयुद्धको सुरुवाती विन्दुको रूपमा लिइन्छ। भारतीय सेनाको हस्तक्षेपसहित वर्षौँको सङ्घर्षपछि सन् २००१ मा अन्तर्राष्ट्रिय मध्यस्थतापछि विवाद अन्त्य भएको थियो। त्यतिबेला लिट्टेले (जसलाई तमिल टाइगर्सको रूपमा चिन्न थालिएको थियो) देशको उत्तर र पूर्वमा ठूलो भूभागमा नियन्त्रण जमाउँदै प्रभाकरण नेतृत्वमा अव्यवस्थित राज्य सञ्चालन गर्दै आएको थियो।[१८] अन्ततः शान्ति वार्ता असफल हुन पुग्दा श्रीलङ्काली सेनाले सन् २००६ मा लिट्टेलाई पराजित गर्न सैन्य अभियान सुरु गरेको थियो।

"जीवित अवस्थामा शत्रुद्वारा पक्राउ गरिनुभन्दा बरू म गर्भका साथ मर्न चाहन्छु," भन्ने अभिव्यक्ति दिने प्रभाकरण सन् २००९ मा श्रीलङ्काली सेनासँगको एक भिडन्तमा मारिएका थिए।[१९] उनका जेठा छोरा चार्ल्स एन्टोनीलाई पनि मारिएको थियो।[२०] उनकी श्रीमती र छोरीको शवहरू श्रीलङ्काली सेनाले पछि बरामद गरेको तथ्य सार्वजनिक भएतापनि श्रीलङ्काली सरकारले यस तथ्यलाई अस्वीकार गरेको थियो।[२१] उनका १२ वर्षीया छोरालाई पनि उक्त घटनाको केही समयपछि मारिएको थियो।[२२] प्रभाकरणको मृत्यु पश्चात् र त्यसपछिको सरकारी चेतावनी पछि टाइगर्सको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख सेल्भारासा पथ्मनाथनद्वारा घोषणा गरिएको युद्धविरामले सशस्त्र द्वन्द्वको अन्त्य भएको थियो।[२३]

श्रीलङ्काली तमिल राष्ट्रवादका एक महत्वपूर्ण व्यक्तित्व मानिने प्रभाकरणलाई प्रायः श्रीलङ्काली तमिलहरूले एक सहिदको रूपमा हेर्ने गरेको भएतापनि आधुनिक युगका सबैभन्दा निर्दयी र परिष्कृत विद्रोही अभियानहरू मध्ये एकको स्रष्टा रहेको र उनले प्रयोग गरेका थुप्रै रणनीतिहरूले विश्वव्यापी राजनीतिक विद्रोही समूहहरूलाई प्रभावित पारेको फरक दृष्टिकोण रहेको छ।[२४] विशेषगरी सन् १९८७ मा तमिल ईलमका क्रान्तिकारी थिलिपनको भोक हडतालमा उनको मृत्यु भएको र त्यसले कुनै पनि सकारात्मक परिणाम नआएका देखेका प्रभाकरणले अहिंसात्मक उपायहरू असफल र अप्रचलित रहेको महसुस गरी विद्रोह गर्न सैन्य उपाय अपनाएको बताउन गर्दथे। भारतीय स्वतन्त्रताको क्रान्तिकारी आन्दोलनमा भाग लिएका भारतीय राष्ट्रवादी नेताहरू सुभाषचन्द्र बोसभगत सिंहबाट प्रभावित प्रभाकरणको लक्ष्य क्रान्तिकारी समाजवादबाट समानतामूलक समाजको सिर्जना गर्नु थियो।[२५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Lanka army sources", The Times of India, १८ मे २००९, मूलबाट २३ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २००९
  2. Bosleigh, Robert (१८ मे २००९), "Tamil Tigers supreme commander Prabhakaran 'shot dead'", Times Online (London), मूलबाट १९ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २००९ अभिलेखिकरण १९ मे २००९ वेब्याक मेसिन
  3. Nelson, Dean (१८ मे २००९), "Tamil Tiger leader Velupillai Prabhakaran 'shot dead'", Telegraph (London), अन्तिम पहुँच १९ मे २००९
  4. "Tiger leader Prabhakaran killed: Sources-News-Videos-The Times of India", The Times of India, १८ मे २००९, अन्तिम पहुँच १९ मे २००९
  5. "THE SRI LANKAN INSURGENCY: A REBALANCING OF THE ORTHODOX POSITION", अन्तिम पहुँच ७ जनवरी २०२४
  6. "Rajiv Gandhi assassination: Agency probing killing conspiracy plods on", The Times of India, २० मे २०११, मूलबाट ९ सेप्टेम्बर २०११-मा सङ्ग्रहित।
  7. 1 2 3 "Rebel leader sentenced to 200 years' jail as talks start", The Sydney Morning Herald, २ नोभेम्बर २००२, अन्तिम पहुँच ३ अगस्ट २०११
  8. "Colombo High Court Issue arrest warrant for Prabhakaran and Pottu Amman", Asian Tribune, १३ मे २००९, मूलबाट ७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २००९ अभिलेखिकरण ७ जुलाई २०११ वेब्याक मेसिन
  9. "Obituary: Velupillai Prabhakaran", BBC, १८ मे २००९, अन्तिम पहुँच ३ अगस्ट २०११
  10. Mydans, Seth (२ नोभेम्बर २००२), "Rebels Protest Leader's Sentence", New York Times, अन्तिम पहुँच ३ अगस्ट २०११
  11. "Prabhakaran's son dead", Mid-day.com, १८ मे २००९, अन्तिम पहुँच २० फेब्रुअरी २०१३
  12. "National Leader Prabakaran's Daughter Dwaraka's photos released – Most Shocking", LankasriNews.com, १६ डिसेम्बर २००९, मूलबाट २ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०१३
  13. "BBC News – Balachandran Prabhakaran: Sri Lanka army accused over death", BBC, १९ फेब्रुअरी २०१३, अन्तिम पहुँच २० फेब्रुअरी २०१३
  14. "Tamil Tigers", Encyclopedia Britannica, Encyclopædia Britannica, Inc., अन्तिम पहुँच १३ जनवरी २०१९
  15. "Sinhala Only Act destroyed peaceful Sri Lanka: Prof. Rohan Gunaratna | Daily FT", www.ft.lk (Englishमा), अन्तिम पहुँच १९ अप्रिल २०२२
  16. "German Tamils highlight Tamil oppression as Sri Lanka marks 74th Independence Day | Tamil Guardian", www.tamilguardian.com, अन्तिम पहुँच १९ अप्रिल २०२२
  17. Thottam, Jyoti (१९ मे २००९), "Prabhakaran: The Life and Death of a Tiger", Time (Time (magazine)), अन्तिम पहुँच ११ अप्रिल २०२२ अभिलेखिकरण २८ जनवरी २०२३ वेब्याक मेसिन
  18. Lahiri, Simanti (३ अप्रिल २०१४), Suicide Protest in South Asia : Consumed by Commitment (अङ्ग्रेजीमा), Taylor & Francis, पृ: 103, 108, आइएसबिएन 9781317803133, ओसिएलसी 876346345
  19. Hull, C. Bryson (३१ मार्च २००९), "Tamil Tiger leader no-surrender vow nears last test" (अङ्ग्रेजीमा), Reuters, अन्तिम पहुँच ३० अगस्ट २०२२
  20. "No peace offer from Prabhakaran – only war", Lanka Web, ११ जुन २०११, अन्तिम पहुँच २० जुन २०११ अभिलेखिकरण १३ जुन २०११ वेब्याक मेसिन
  21. Anderson, Jon Lee (१० जनवरी २०११), "Death of the Tiger", The New Yorker, अन्तिम पहुँच १७ मे २०१९
  22. Mcrae, Callum (१९ फेब्रुअरी २०१३), "The Killing of a Young Boy", The Hindu, अन्तिम पहुँच २० फेब्रुअरी २०१३
  23. Nelson, Dean (१८ मे २००९), "Tamil Tiger leader Velupillai Prabhakaran 'shot dead'", The Daily Telegraph, आइएसएसएन 0307-1235, अन्तिम पहुँच १७ मे २०१९
  24. Magnier, Mark (१९ मे २००९), "Tamil Tiger leader was seen as ruthless innovator", Los Angeles Times, अन्तिम पहुँच ३० अगस्ट २०२२
  25. "Profile of Velupillai Prabhakaran" (अङ्ग्रेजीमा), Hindustan Times, २२ अप्रिल २००९, अन्तिम पहुँच ३१ अगस्ट २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]