भेषबहादुर थापा
डा. भेष बहादुर थापा | |
|---|---|
| नेपाल राष्ट्र बैङ्कका चौथो गभर्नर[१] | |
| पदमा सन् १९६६ – सन् १९६७ | |
| पूर्वाधिकारी | प्रद्युम्नलाल राजभण्डारी |
| उतराधिकारी | यादव प्रसाद पन्त |
| नेपालको अर्थमन्त्री | |
| पदमा सन् १९७६ – सन् १९७८ | |
| संयुक्त राज्य अमेरिकाको लागि नेपाली राजदूत | |
| पदमा सन् १९८० – सन् १९८५ | |
| पूर्वाधिकारी | पद्म बहादुर खत्री |
| उतराधिकारी | बिश्व प्रधान |
| पदमा सन् १९९६ [२] – सन् १९९७ | |
| भारतको लागि नेपाली राजदूत | |
| पदमा सन् १९९७ – सन् २००३ | |
| परराष्ट्र मन्त्री[१] | |
| पदमा सन् २००४ – सन् २००५ | |
| व्यक्तिगत विवरण | |
| जन्म | ४ मार्च, सन् १९३७[१] |
| दम्पती | रीता थापा |
| आफन्त | मञ्जुश्री थापा |
| मातृ शिक्षाप्रतिष्ठान | क्लेरमोन्ट विश्वविद्यालय |
| पेसा | सचिव, गभर्नर, कूटनीतिज्ञ, मन्त्री |
| उपनाम | डा. भेख बहादुर थापा |
डा. भेष बहादुर थापा नेपालका पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री तथा नेपाल राष्ट्र बैङ्कका चौथो गभर्नर हुन्।[१] नेपाल राष्ट्र बैङ्कका गभर्नरको रूपमा सन् १९६६ मा काम गरेका यिनले त्यसपश्चात अर्थसचिव, अर्थराज्यमन्त्री र अर्थमन्त्रीको पदभार सम्हाले।[१] नेपालको राजदूतको रूपमा अमेरिका दुई पटक र भारतमा एक पटक काम गरिसकेका यिनी ज्ञानेन्द्र शाहको पालामा परराष्ट्र मन्त्री बनेका थिए।
उनी नेपालको परराष्ट्र सम्बन्ध र कूटनीति सम्बन्धका विद्वान मानिन्छन्। नेपालको परराष्ट्र मामिलामा बेला–बेला यिनले प्रतिक्रिया दिने गरेका छन्।[३][४]
अङ्ग्रेजीमा लेख्ने नेपाली लेखिका मञ्जुश्री थापा यिनकी छोरी हुन्।
जग्गा विवाद
[सम्पादन गर्नुहोस्]सन् २०२४ मा केही नेपाली मिडियाले काठमाडौंको बनेश्वर हाइट (धोबीखोला करिडोर) क्षेत्रमा रहेको सार्वजनिक नदीकिनार/खोला किनारको केही भू–भाग थापासम्बन्धी प्लटहरूमा अनियमित रूपमा समावेश गरिएको आरोपसम्बन्धी समाचार प्रकाशित/प्रसारित गरे। ती समाचारहरूमा वि.सं. २०५० दशकको अन्त्यतिर (झण्डै २०५५ सालतिर) दर्ता गतिविधि भएको र उक्त दर्ता–निर्णयसँग सम्बन्धित केही आधार कागजात मालपोत कार्यालयमा फेला नपरेको दाबी उल्लेख गरिएको छ। थापाले भने सार्वजनिक रूपमा ती आरोप अस्वीकार गर्दै नापी र मालपोतबाट नापजाँच गराउन तयार रहेको र आफूले “सरकारी जमिनको एक इञ्च पनि” नलिएको बताएका छन्। सोही सन्दर्भमा, अनुसन्धानका लागि गरिएको अन्तर्वार्तामा काठमाडौं महानगरपालिका वडा नं. १० का वडा अध्यक्षको भनाइ यसरी उद्धृत गरिएको छ: “उहाँ यहाँ बनेश्वर हाइटमा बस्न थालेको ५० वर्ष बढी भयो, हामी जन्मदेखि उहाँको घर देखिरहेका छौँ, उहाँको घर सरकारी जग्गामा पर्दैन।” अहिले सम्म प्रकाशित मिडिया रिपोर्ट बाहेक, विश्वसनीय स्रोतबाट अवैध अधिग्रहण प्रमाणित गर्ने थप आरोपहरू वा स्वतन्त्र सार्वजनिक कागजात प्रस्तुत भएको देखिँदैन।[५][६][७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 5 "डा. भेष बहादुर थापाको जीवनी", अन्तिम पहुँच २०१७-०२-२३।
- ↑ अमेरीकाका राजदूत पदमा भेषबहादूर थापालाई नियुक्त गरिएको
- ↑ http://www.reportersnepal.com/newsbase/nid/626 अभिलेखिकरण २०१२-०६-१९ वेब्याक मेसिन
- ↑ http://www.gorkhapatra.org.np/rising.detail.php?article_id=34638&cat_id=4[स्थायी मृत कडी]
- ↑ "पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले सार्वजनिक (सरकारी) जग्गा अतिक्रमण गरेको आरोप", उकेरा (नेपालीमा), २०२४-०२-१३, अन्तिम पहुँच २०२५-०९-१३।[स्थायी मृत कडी]
- ↑ "भेषबहादुर थापाको प्रतिक्रिया: 'एक इञ्च पनि सरकारी जग्गा लिएको छैन'", उकेरा (नेपालीमा), २०२४-०२-१४, अन्तिम पहुँच २०२५-०९-१३।[स्थायी मृत कडी]
- ↑ "भेरी बास बङ्गला प्रकरण: थापाको जग्गा दर्ता निर्णयका कागजात मालपोतमा गायब", सिधा कुरा (नेपालीमा), २०२४-०२-१२, अन्तिम पहुँच २०२५-०९-१३।
- अज्ञात पारामिटरहरू प्रयोग गरिएका पदाधिकारी सूचनाबाकसका पृष्ठहरू
- Pages using infobox officeholder with deprecated parameters
- नेपाली कूटनीतिज्ञहरू
- नेपालका अर्थ मन्त्रीहरू
- नेपालका परराष्ट्र मन्त्रीहरू
- नेपाली राजनीतिज्ञहरू
- नेपाल सरकारका पूर्व मन्त्रीहरू
- नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर
- अमेरिकाको लागि नेपाली राजदूत
- भारतको लागि नेपाली राजदूत
- सन् १९३७ मा जन्म
- तनहुँ जिल्लाका मानिसहरू