भैरवी राग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


''''रे ग ध नि कोमल राख्ने, मानत मध्यम वादी।

प्रात: समय, जाति संपूर्ण, सोहत सा संवादी॥''''

यस रागको उत्पत्ति ठाठ भैरवीबाट भएको मानिएको छ। यसमा रे, ग, ध, र नि, कोमल लाग्छन र 'म'को वादी तथा 'सा'को संवादी स्वर मानिएको छ। गायन समय प्रात:काल हो।

मतभेद- यस रागमा केही संगीतज्ञ 'प' 'सा' तर अधिकांश 'म'-'सा' वादी संवादी मान्छन।

विशेषता-

१.ये एक अत्यंत मधुर राग हो र यस कारण यसलाई सिर्फ प्रात: समय मात्र हैन हरेक समय गाइने या बजाइने गरिन्छ। सबै समारोहहरूको समापन त्यहि रागले गर्ने प्रथा पनि बनेको छ। २.यसको मूलरूपमा शुद्ध रे, ग, ध, नि लगाउन निषेध मानिए पनि,आजकल यस रागमा बाह्रै स्वर प्रयोग गरिन थालिएको छ । ३.यससँग 'बिलासखानी तोडी' मिल्ने जुल्ने रागहो।

आरोह- सा रे॒ ग॒ म प ध॒ नि॒ सां।

अवरोह- सां नि॒ ध॒ प म ग॒ रे॒ सा।

पकड- म, ग॒ रे॒ ग॒, सा रे॒ सा, ध॒ नि॒ सा। ( = मन्द्र स्वर)