मंगलसेन दरबार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मंगलसेन दरबार
सामान्य विबरण
वास्तुकला शैलीनेपाली
शहरमंगलसेन
राष्ट्रनेपाल
निर्माणकार्य सुरु१८००
निर्माण सम्पन्न१९३५
भत्काइएको२०५८ फागुन ४
लागतUnknown
ग्राहकअछामी राजा दलबहादुर शाह
प्राविधिक विवरण
बनावट-

मंगलसेन दरबार अछाम जिल्लाको पर्यटकीय स्थल तथा ऐतिहासिक धरोहर हो । माओवादीले २०५८ फागुन ४ गतेको राति ११ बजेतिर अछाम सदसरमुकाम मंगलसेनमा भीषण आक्रमण गरेपछी यो दरबार ध्वस्त भयो ।

इतिहास[सम्पादन गर्ने]

मंगलसेन दरबार तत्कालीन अछामी राजा दलबहादुर शाहको पालामा १९३५ मा निर्माण भएको थियो । झन्डै डेढ सय वर्षअघि उनका पिता राजा टीकाभुक शाहको पालामा यसको निर्माण सुरु भएको थियो । यो दरबारलाई २०२९ सालमा अछामी राजाका सन्तानबाट सरकारले किनेको थियो । परम्परागत शैलीमा निर्माण गरिएको उक्त तीनतले दरबारमा ३० कोठा थिए । तत्कालीन समय जिल्ला प्रशासन कार्यालय रहेको मंगलसेन दरबारलाई अछामको पुरानो ऐतिहासिक सम्पदाका रुपमा लिइन्छ ।[१][२]

सन्दर्भ[सम्पादन गर्ने]

  1. डेढ दशकसम्म दरबार पुनःनिर्माण भएन
  2. दरबार ढल्यो, गीत हरायो