मंगलेश्वर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मङ्गलेश्वर[१] महादेव[सम्पादन गर्ने]

डडेल्धुरा जिल्ला वगरकोट गाविसको वगरकोट गाउँको बीचभागमा रहेको रमणिय तलाउको किनारमा भागेश्वरको स्थापना छ । तलाउको पूर्व उत्तरकोणमा ठूला–ठूला पिपलको रुखभएको क्षेत्रको माथि अग्लो स्थानमा कलापूर्ण प्राचीन ढुङ्गाकोमाण्डौ छ । यहीमाण्डौलाई मंगलेश्वरमाण्डौ भन्ने गरिन्छ । यहाँ कैलपाल देवताको पनि स्थान छ ।

मङ्गलाउकोट [१][सम्पादन गर्ने]

मंगलेश्वर मन्दिरको उत्तरतिर दोगडागाड, तुलाईगाड, चमारीगाड ले तीन तिरबाट घेरिएको मंगलेश्वर कोट छ । यसकोट स्थललाई मङ्लाउकोट पनि भन्ने गरिन्छ । हालजंगल भित्र सुनसान देखिने यस कोटबाट तल गाडसम्म सुरुङ रहेको छ । यहाँको मान्यता अनुसार यो कोट अजयमेहरुकोटभन्दा पनि पूरानो कोट हो भन्ने छ । यसर्थ मंगलेश्वर कुलदेवता वताउनेहरुको मंगलेश्वरको मुलस्थान यही मंगलेश्वरमाडौं र कोट दरवार पनि यही मङलाउकोट हो । छगर्खा वगरकोट गाविस डुगरी गाउँमा भगवतीको माण्डौ छ । यो माण्डौ पनि कहिले र कसले स्थापना गरेको भन्ने आधार भेटिएको छैन् । यही भगवतीसँग सम्बन्ध जोत्तलीहरुले रिसेडीमा स्थापना गरेको भगवती र कठीउरको भगवतीको छ । यहाँ कश्यप गोत्रका चटौत परिवारबाट पूजारी रहने मान्यता छ । कश्यप गोत्रीय वडु ब्राह्मणकै शाखा अन्तरगतका यी चटौतहरु कन्कीडा भनिने ठकुरीका कुलगुरु हुन् । यहाँको सम्बन्धमा धेरै अनुसन्धान गर्दा थुप्रै तथ्यहरु भेटिन सक्छन् । डोटी बोगटान क्षेत्रका जोत्तली, कठिउर, मेल्टा, ईनाडा सहितकाहरुको इतिहास संग यो स्थान र यहाँको देवता सम्बन्धित छ |

डडेल्धुराका “मंगलेश्वर” देवता [२][सम्पादन गर्ने]

डडेल्धुरा जिल्ला भागेश्वर गाउँ विकास समिति वार्ड नम्बर ५ मडगाउँको तल खोलाको बीचमा रहेको “चमौडा” भन्ने स्थानमा मंगलेश्वरको मन्दिर रहेको छ । यस मन्दिरभित्र मंगलेश्वरको शिला स्थापना गरिएको छ । यहाँ रहेका मंगलेश्वर देवताको दशै पर्वमा पूजा लाग्ने गर्दछ । मंगलेश्वरको जाँत हुन्छ । नौ दिनसम्म नौरता वस्ने देवताको स्थापना रहेको ठाउँमा धूप, वत्ती वाल्ने गर्दछन् । दैनिक पूजा भने गरिदैन अष्टमीको राती पूजा र जाँत गर्ने नवमीको दिनमा धामी काँप्छन् । होम गर्ने टीका, तिलक दिने, प्रसाद खाने गर्दछन् । यी देवताको जाँतमा वोगटाका शाहीहरु गाजाबाजा लगेर सक्रियरुपमा संलग्न भएका हुन्छन् । यहाँ कुनै पनि किसिमको वलि गरिदैन । यी देवताका पूजारी यसै मडगाउँका कश्यप गोत्रीय चटौत ब्राह्मण छन् । मंगलेश्वरका धामी वोगटाका शाही खान्दानका छन् । स्व.कर्ण बहादुर शाही यस देवताका धामी थिए । हाल नयाँ धामी तयार भएका छैनन् । मंगलेश्वरको भँराडी मडै जातिका छन् । मंगलेश्वरको जाँतमा वेताल, कालीमसानी, कैलपाल, लाटो देवता पनि सहभागी हुने गर्दछन् । यहाँ रहेका यी देवताहरुमा वेतालका करिया मडैछन् । कालीमसानी वेताल देवताको द्वारपाल हो । कैलपालका पाण्डेय र लाटो देवताका टमट्टा जातिका करिया र धामी रहेका छन् । प्रत्येक वर्षको विजया दशमी पर्वको नवमीमा निरन्तर र चैते दशैमा प्रत्येक तेश्रो वर्षमा मंगलेश्वरको पूजा र जाँत हुने गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा रजवार ठकुरी वंशावली (२०७०)
  2. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा रजवार ठकुरी वंशावली (२०७०)