मकर
कोणाराक सूर्य मन्दिरमा रहेको मकरको मूर्ति | |
| प्राणीको जानकारी | |
|---|---|
| समुह | दानव |
| उप-समूह | जलचर |
| उत्पत्ति | |
| पहिलो प्रमाणित | वैदिक साहित्य |
| देश | भारत, नेपाल |
| क्षेत्र | दक्षिण एसिया |

मकर हिन्दु पौराणिक कथाहरूमा वर्णित एक पौराणिक जलचर प्राणी हो।[१] हिन्दु ज्योतिष शास्त्र अनुसार, मकर राशि चक्रको दशौँ राशिसँग सम्बन्धित छ।
मकरलाई नदीकी देवी गङ्गा, नर्मदा र समुद्रका देवता वरुणको वाहनका रूपमा चित्रण गरिन्छ।[२] मकरलाई ढोका र प्रवेशद्वारका रक्षक मानिन्छ, जसले राजदरबारका कक्षहरू र मन्दिरका प्रवेशद्वारहरूको रक्षा गर्दछन्। यो हिन्दु र बौद्ध मन्दिर वास्तुकलामा सबैभन्दा बढी दोहोरिने प्राणी हो। यो प्रायः मन्दिरका धाराहरूको रूपमा पनि देखिन्छ। हिन्दु देवताहरू, जस्तै शिव, विष्णु, सूर्य र चण्डीले कहिलेकाहीँ मकरको आकारका कुण्डलहरू (मकरकुण्डल) लगाउने गर्छन्। मकर प्रेमका देवता कामदेवको पनि प्रतीक (चिह्न) हो। कामदेवको ध्वजामा मकर अंकित हुने भएकाले उनलाई 'मकरध्वज' पनि भनिन्छ। वैदिक समयमा जब इन्द्र स्वर्गका राजा थिए, वरुण (वैदिक जलका देवता) समुद्रका देवता बनेका थिए र उनले मकरको सवारी गर्थे, जसलाई "जल-दानव वाहन" भनिन्थ्यो।[३][४] प्राचीन ग्रन्थहरूमा मकरलाई जलमा बस्ने एक शक्तिशाली र भयानक प्राणीको रूपमा वर्णन गरिएको छ।
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]
'मकर' एउटा संस्कृत शब्द हो जसको अर्थ "सामुद्रिक जीव वा गोही" हुन्छ।[५]
केही जर्मन वैज्ञानिकहरूले 'सूर्यप्रज्ञप्ति' नामक जैन ग्रन्थको अध्ययनका आधारमा मकर वास्तवमा 'ड्युगोङ' (एक प्रकारको समुद्री स्तनधारी जीव) मा आधारित रहेको तर्क गरेका छन्।[६][७] मकरको स्वरूप निर्माणमा दक्षिण एसियाली नदी डल्फिनको पनि योगदान रहेको हुन सक्ने मानिन्छ।[८]
मकरका शारीरिक विशेषताहरू
[सम्पादन गर्नुहोस्]मकरलाई सामान्यतया शरीरको अघिल्लो भाग जमिनमा बस्ने जनावर (जस्तै मृग, हरिण वा हात्ती) र पछिल्लो भाग जलचर प्राणी (प्रायः माछा, डल्फिन वा सर्प, कहिलेकाहीँ मयूर वा फूलको बुट्टा भएको पुच्छर) को रूपमा चित्रण गरिन्छ। हिन्दु संस्कृतिमा मकरका धेरै फरक स्वरूपहरू हुन सक्छन्, तर आधुनिक समयमा यसको आकारलाई प्रायः मगर गोही वा एसियाली पानी गोहोरोसँग सम्बन्धित गराइन्छ।
कला इतिहासकार जोन बोर्डम्यानका अनुसार, मकर र चिनियाँ ड्रागनको चित्रणमा युनानी पौराणिक कथाको केटोसको प्रभाव परेको हुन सक्छ। सम्भवतः रेशम मार्ग मार्फत 'केटोस' का चित्रहरूसँगको सम्पर्कपछि यस्तो प्रभाव परेको मानिन्छ।[९]
सिंहली (श्रीलङ्काली) प्राचीन कलाकृतिहरूमा मकरलाई छ वा सातवटा जनावरका अङ्गहरू मिलेर बनेको मानिन्छ। जसमा हात्तीको सुँड, गोहीको बङ्गारा, मुसो वा बाँदरको कान, जङ्गली बँदेलका बाहिर निस्केका दाँत, मयूरको पुच्छर र सिंहका पञ्जाहरू समावेश हुन्छन्।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Makara, Makāra, Mākara, Mākāra: 44 definitions", wisdomlib.org (अङ्ग्रेजीमा), २००९-०४-१२, अन्तिम पहुँच २०२२-१०-१३।
- ↑ Darian, Steven (१९७६), "The Other Face of the Makara", Artibus Asiae 38 (1): 29–36, डिओआई:10.2307/3250095।
- ↑ Robert Beer (१० सेप्टेम्बर २००३), The handbook of Tibetan Buddhist symbols, Serindia Publications, Inc., पृ: 77–, आइएसबिएन 978-1-932476-03-3, अन्तिम पहुँच १७ जनवरी २०११।
- ↑ George Mason Williams (२००३), Handbook of Hindu mythology, ABC-CLIO, पृ: 294–, आइएसबिएन 978-1-57607-106-9।
- ↑ Apte, V. S. (१९५७), "मकर", The Practical Sanskrit–English dictionary, Poona: Prasad Prakashan, पृ: १२१८।
- ↑ Meulenbeld, G. J. (१९७४), "makara", The Mādhavanidāna and Its Chief Commentary, Brill, पृ: ४८४, आइएसबिएन 978-90-04-03892-9।
- ↑ Van der Geer, A. A. E. (२००८), Animals in Stone: Indian Mammals Sculptured Through Time, Brill, पृ: ६४, आइएसबिएन 978-90-04-16819-0।
- ↑ Monier Monier-Williams (२००५), A Sanskrit-English dictionary, Motilal Banarsidass Publications, पृ: ७७१, आइएसबिएन 9788120831056।
- ↑ Boardman, John (२०१५), The Greeks in Asia, Thames and Hudson, आइएसबिएन 978-0500252130।
- ↑ Clough, B. (१९९७), Sinhalese English Dictionary, Asian Educational Services, पृ: १६३, आइएसबिएन 9788120601055।
