मकवानपुरको लडाइँ (बि.सं. १८७२)
मकवानपुरको लडाइँ १८१६ फेब्रुअरी २८ (१८७२ फागुन १९) मा नेपाल मकवनपुरगढी नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको थियो। यस लडाइँ ब्रिटिसको विजय भयो।[१] र लडाइँ जारी गरिरहनुपर्ने मत राख्ने नेपाली भारदारहरू पनि सन्धि स्विकार गर्नुपर्ने सोचमा पुगे।
नेपाल सरकारका युद्धपक्षीय भारादारहरूसमेत सन्धिका निम्ति तयार भए। नेपाल सरकारका प्रतिनिधि गराई लालमोहर लागेको सन्धिको प्रतिलिपिसमेत दिइएर चन्द्रशेखर उपाध्यायलाई मकवानपुर पठाइयो। नेपालीहरूले अगाडि नै कुरा टुंगिसकेकोमा सन्धिमा सही नगरी युद्ध लम्ब्याएको अपराधमा- पूर्वनिश्चित सन्धि मात्र लागू नभइ चूरेसम्म कम्पनीसरकारको सीमाना हुनेछ, भनी ऑक्टरलोनीले कुरा थपे । युद्ध जारी गर्नुपर्छ,भन्ने भारादारहरू त्यसमा पनि मञ्जर गरी सन्धिका निम्ति लडखडाइसकेका थिए ।
नेपालसरकारको स्वीकृतिको छाप लागेको सन्धिपत्रको प्रति चन्द्रशेखर उपाध्यायले सन् १८१६ मार्च ४ तारीखका दिन (संवत् १८७२ सालमा) दिउँसोको साढे दुइ बजे अंग्रेज कम्पनी सरकारका प्रतिनिधिका हात मकवानपुरमा सुम्पे, तथा अंग्रेज प्रतिनिधिले बृटिश गभर्नर जनरलबाट स्वीकृत गरिएको प्रति नेपाली प्रतिनिधिको जिम्मा लाइदिए। र यसरी करीब २ वर्षदेखि नेपाल र बृटिश भारतको बीच चलेको युद्ध बन्द भइ शान्ति कायम भयो ।[२]
पृष्ठभुमि
[सम्पादन]अंग्रेजसँगको युद्धमा, धन र जनले सुसंपन्न शत्रुसितको भीषण मुकाबिलामा नेपाल विजयी हुन सकेन। सेनापति काजी अमरसिंह थापाको आत्मसमर्पण पछि त नेपालको युद्ध जित्ने आशा नै मर्न गयो, र अन्तमा विवश मई सन्धिको प्रस्तावका निम्ति बाध्य हुनुपयो ।
आखिर सन्धिका निम्ति कुरा चल्यो । नेपालसरकारको प्रतिनिधिस्वरूप गजराज मिश्र तथा चन्द्रशेखर उपाध्यायहरूले -ब्रिटिश कम्पनी सरकारका प्रतिनिधिस्वरूप भई आएका कर्नल ब्राडशासित सन्धिवार्ताहरूमा भाग लिए । वार्तामा कम्पनी सरकारका प्रतिनिधिले- 'नेपालको संपूर्ण तराईक्षेत्रमा कम्पनी सरकारको अधिकार हुनेछ' भन्ने शर्त राखेको हुँदा पहिलो वार्ता असफल भई टुंगियो । प्रतिनिधिहरू आफआफ्नो देशमा फर्की पुनः युद्धको तयारीमा लाग्न थाले ।
पछि कम्पनी सरकारका अधिकारीहरूले नेपालको संपूर्ण तराई खण्ड लिने मनसुबालाई त्यागेर कोशी र गण्डकीको बीचको भूभाग र अरू केही- क्षेत्र मात्र आफूसँग राखी त्यसको सट्टा दुइ लाख रुपियाँ नेपालसरकारलाई दिने भन्ने शर्त राखी सन्धि गर्न मञ्जर गरी प्रतिनिधि पठाएको हुँदा- पुनः सन्धिवार्ता चालू हुन गयो । सन्धिको प्रस्तावनामा मेजर ब्राडशाले सन् १८१५ डिसेम्बर २ तारीखका दिन सही गरे; र नेपाली प्रतिनिधिले चाहि २८ नोवेम्बरमा सही गरिसकेका थिए ।
यस सन्धिको आखिरी दफामुताबिक नेपालसरकारबाट पन्ध्र दिनभिन्न तथा बृटिश गवर्नर जनरलबाट बीस दिनभित्र, अथवा सकेसम्म त्योभन्दा पनि अगाडि स्वीकृति लिनुपर्ने थियो । तर निश्चित अवधिभिन नेपालसरकारबाट स्वीकृति प्राप्त हुन सकेन । नेपालदरबारमा अंग्रेजद्वारा प्रेषित यस सन्धिलाई स्वीकार गर्ने नगर्ने, भन्ने कुरामा ठूलो बहस चल्यो । अमरसिंह थापा, रणजोर थापाहरू पुनः युद्ध गर्ने पक्षमा थिए । उनीहरूको विचारानुसार वर्षा प्रारम्भ हुनासाथ अंग्रेजहरू पछाडि हट्न बाध्य हुने थिए । तर त्यस बेलाको स्थिति यस्तो भैसकेको थियो कि लडाइँ जारी गरिराख्नमा नेपाललाई कल्याण थिएन, न त संभव नै थियो।
सन्धिपत्रमा नेपालसरकारतर्फबाट निश्चित अवधिभिन्न सही नभएकोले तथा नेपालको युद्ध ने गर्ने इरादा थियो भन्ने किसिमको सूचना पाएकोले- मेजर जनरल ऑक्टरलोनीको नेतृत्वमा एक दल फौजले काठमाडौंतिर प्रस्थान गयो।
सैन्य अभियान
[सम्पादन]सन्धिको चर्चाको विफल भएपछि अंग्रेज सैन्य नेतृत्वबाट माइराले सिधा काठमाडौंतर्फ आक्रमण गर्न अक्टरलोनीलाई पठाए।
अक्टरलोनीका साथ आएका पुगनपुग २० हजार तालिमी सैनिक र तोपहरू ४ दलमा बाँडिएर आए।[३] एक दल सैनिक र तोप लिएर ठोरीको बाटो गरी मकवानपुरतिर बढ्नलाई कर्नल निकोल्स रामनगर बसे। अर्को दल लिएर कर्नल केली रतनपुरको बाटो गरी हरिहरपुरतिर बढ्न लागे। २ दल सैनिक र तोपहरू लिएर अक्टरलोनी पर्सागढीको बाटो गरी सिमरा हुँदै अमलेखगञ्ज पुगे। अक्टरलोनीलाई रोक्नका लागि रणवीरसिंह थापाले वीरकेशर पाँडेका साथ २ हजार सैनिक खटाएका थिए। वीरकेशर पाँडे मूलबाटोको दायाँबायाँ आड बनाएर बसेका थिए र अक्टरलोनीलाई कुरिरहेका थिए।
यस बाटोबाट आफ्नो १० हजार सैनिक लैजान अक्टरलोनीले निकै खतरापूर्ण देखे। ४ दिन अमलेखगञ्जमा बस्दा उनले भालुखोलापट्टि जाने एक गुप्त बाटो पत्ता लगाए। वीरकेशर पाँडेले थाहा नपाउन् भनेर फागुन ५ को रातमा सारा सैन्य र मालसमान उठाई रातमा चुरे पार भई फागुन ६ गते बिहान चकरीमकरी भन्ने साना नदीका तीरमा मुकान गरी बसे। यो मुकाम जंगलका बीचमा हुनाले त्यहाँ उनीहरू बसेको कसैलाई थाहा भएन। अमलेखगञ्जबाट अंग्रेज सैन्य एक्कासि वेपत्ता भएको देखेर भालुखोलापट्टिबाट चुरे पार गरेको शंका भई वीरकेशर पाँडेले आफ्ना सैनिक फर्काएर हेटौंडामा ल्याए। हेटौंडामा पनि अंग्रेज फौजलाई नदेखेर ३ सय जति सैनिक छाडेर अरु सैनिक लिई वीरकेशर मकवानपुर पुगे। वीरकेशर मकवानपुरतिर लाग्ने बित्तिकै फेब्रुअरी २० (फागुन ११) मा अक्टरलोनीले आफ्ना सैनिक ल्याई हेटौंडामा रहेका नेपाली सैनिकलाई भगाई हेटौंडा कब्जा गरे।
फेब्रुअरी २७ (फागुन १८)मा अक्टरलोनीले आफ्ना सैनिक मकवानपुरगढीका फेदीमा चौधरामाढी भन्ने ठाउँमा सैन्य लैजाँदा नेपालीले तोपका गोला बर्साए। तर यी गोला बीचैमा सेलाउँदा ब्रिटिस सेनाको केही नोक्सान भएन।
मुख्य लडाइँ
[सम्पादन]मकवानपुरगढी सिकरकटेरी भन्ने गाउँमा ब्रिटिस सेनाको खबर लिन भनी सानो आड बनाएर ३ सय गोरखाली सैनिक रहेका थिए। २८ फरवरीका दिन २०३ अक्टरलोनीले त्यो आड दखल गर्न भनी कर्णेल मीलरका साथ २ तोप र ४ हजार जति सैनिक पठाए । यिनले यो आड सजिलैसँग दखल गरे। यस ठाउँबाट तुरुन्त शत्रुलाई नहटाएमा गढीलाई घेरा पर्ने सम्भव देखेर २१ फरवरीका बिहान ३ बजे नै त्यहाँ आक्रमण गर्नालाई रणवीरसिंह थापाले ४ हजार सैनिकका साथ शमशेर रानालाई खटाए। यिनले रातमा शत्रुलाई चारैपट्टिबाट घेरा दिएर गोलाबारी गरे । रूखका अन्तरबाट गोली चलाउने गरेका हुनाले शत्रुका तोपको असर ज्यादा पर्ने पाएन । दोपहर भएपछि घेरा दिइरहेका गोरखालीका उपर पनि तीनतिरैबाट आक्रमण गर्नालाई अक्टरलोनीले अरू २ हजार सैनिक पठाए । दुइतिरबाट मार पर्दा पनि गोरखाली सैनिक अडिएर लडे । तर दिनको ३ बजे भयङ्कर आँधी आएर दुवैतिरका सैनिकव्यवस्थालाई खलबल्याइदियो । पूर्वपट्टि शत्रुको घेरा नपुगेको हुनाले गोरखाली सैनिक त्यतैबाट हटेर गढीमा उक्ले। ब्रिटिस सैनिक पनि आफ्ना थलामा अडिए। यस १२ घण्टाका लडाइँमा अङग्रेजका लेखा- अनुसार उनीहरूपट्टि २ अफिसर मारिने र २१० सैनिक हताहत भए, गोरखाली सैनिक २१७ परेका थिए।
अक्टरलोनीका साथको सैन्य हेटौंडामा उत्रेको खबर पाउनेबित्तिकै निकोल्सले पनि आफ्ना साथमा रहेको सैनिक अक्टरलोनीका साथमा ल्याए ।
१ मार्चका बिहानै यस गढीबाट ८सय गज फरकका एक अद्धचन्द्राकार डाँडामा केलीले आफ्ना सैनिक चढाए । यो देखेर तुरुन्तै बिहान ६ बजे त्यस डाँडामा रणजोर थापाले आक्रमण गरे, लडाइँ चल्दा चल्दै दोपहर भयो । त्यस समयमा केलीले रतनपुरमा छाडेका सैनिक र बडाबडा तोप आइपुग्दा रणजोर थापाले आफ्ना सैनिक हटाएर गढीमा ल्याए । यस ६ घण्टाका लडाइँमा हताहत हुने सैनिकको सङ्ख्ख्या थाहा पाइएको छैन तापनि दुवैपट्टिबाट रूखको आड लिई लडेका हुनाले दुवैपट्टि गरी २ सयभन्दा कमै सैनिक हताहत भए।
यस दोस्रा युद्धमा अक्टरलोनीलाई चुरे पार गरेर आउन कदापि दिनेछैनौँ भनी रणवीरसिंह थापा, शमशेर राना र वीरकेशर पाँडेले सङ्कल्प गरेका थिए । मूलबाटामा परेका र शक्तिखोरपट्टि रहेका चुरेका घाटाहरूमा आड बनाई सैनिक राखेर शत्रुलाई रोक्ने प्रबन्ध मिलाइसकेका थिए । अप्रिल लागेपछि तराईमा गर्मी बढेर रोगसमेत फैलिने हुनाले शत्रु त्यसै हटेर जानेछन् भन्न विनीहरूको विश्वास थियो । परन्तु चकरीमकरी पट्टिको बाटो दुर्गम र बेचल्तीको हुनाले यतापट्टि शत्रुलाई रोक्ने प्रबन्ध केही गरेका थिएनन् । यदि ३ सय जति मात्र गोरखाली सैनिक यतापट्टि डाँडामा राखिएका भए आधा रातमा आएका अक्टरलोनीका सैनिकदलमा गडबडी मच्चिएर फर्कन करै लाग्दथ्यो । यस एक भूलले गर्दा शत्रुले चाँडै चुरे पार गर्ने मौका पाए । सिकरकटेरीका कुरकुरीका लडाइँमा गोरखाली सैनिक से कम बहादुरी देखाएका होइनन् । गोरखाली सैनिक भन्दा शत्रुका सैनिक दोब्बर थिए तापनि गोरखाली सैनिकले ठेल्ने आँट गरेका थिए । तर उनका बडाबडा तोप र उम्दा बन्दूकसँग आफ्ना सहलिया बन्दूक र खुकुरीले मुकाबिला गर्न नसक्ता सिकरकटेरी र कुरकुरीबाट शत्रुलाई हटाउन नसकिने देखे । हरिहरपुरगढी छोड्न आवश्यक परिसकेको थियो। अप्रिलका आधासम्ममा मकवानपुरगढी पनि छोड्नुपर्ने देखियो । चुरे पार गरे के कुक्याएर शत्रुले महाभारत पार गरेमा काठमाडौँसमेत खतरामा पर्ने देखेर भीमसेन थापाले सन्धिपत्र मजूर गर्नु नै आवश्यक देखे
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ The Road to Democracy and Kingdom of God, २००७।
- ↑ चित्तरञ्जन नेपाली (२०२० BS), जनरल भीमसेन थापा र तत्कालीन नेपाल, मेरी राजभण्डारी।
- ↑ भण्डारी, देविप्रसाद, "इतिहास शिरोमणि बाबुराम आचार्यले रचना गर्नुभएको नेपालको संक्षिप्त इतिहास", पूर्णिमा २१ (४): ४३publisher=संशोधन मण्डल।