मकै
| मकै | |
|---|---|
| मकैको भाले र पोथी प्रजनन अङ्ग सहितको चित्र | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| (श्रेणीविहीन): | Commelinids |
| गण: | Poales |
| परिवार: | Poaceae |
| उपकुल: | Panicoideae |
| कुल: | Andropogoneae |
| वंश: | Zea |
| प्रजाति: | Z. mays |
| वैज्ञानिक नाम | |
| Zea mays L. | |
मकै (अङ्ग्रेजी:Maize) (/ˈmeɪz/ mayz) ऐतिहासिक अमेरिकाली महाद्दिपमा बिभिन्न प्रकारको घासे बालीको वर्णशंकर स्वरूपमा विकास भएको विश्वास गरिन्छ । यो संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगि, यो बाली बाट, बिभिन्न परिकार, तेल, इन्धन, चीनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि के के फाइदा हुन्छ । मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।
विशेषत: नेपालमा मकै भुटेर वा पिठो बनाई ढिंडो बनाई खाइन्छ । नेपालमा मकै अनुसन्धान केन्द्र रामपुर, चितवनमा रेहेको छ ।
विषयसूची
इतिहास[सम्पादन गर्ने]
धेरै इतिहासविद्हरु मकैको उत्पत्ति म्याकसिकोमा भएको विश्वास गर्छन्।[१]ओल्मेक र मायन सभ्यताका मानिसहरुले मकैको उत्पादन गर्दै आएका थिए । २५०० इसाई पुर्व तिर मकैको खेती अमेरिका भरी नै गरिने भयो।[२] त्यस ठाउँमा व्यापार सुरु भयो। १५ र १६ शताब्दी तिर युरोपेलीहरुले मकैलाई युरोप ल्याई पुर्याए र बिस्तारै मकै अन्य देशहरुमा पनि फैलियो । जस्तो भुभाग र हावापानीमा पनि हुर्कन सक्ने भएकाले मकै सबैको लोकप्रिय हुन पुग्यो । मानिसको खानाको रुपमा र आफुले पालेको घरपालुवा जन्तुलाई खुवाउनलाई मिल्ने भएकाले पनि मकै सबको प्यारो बन्यो ।
मकै अमेरिकामा सबै भन्दा बढि खेती हुने बालीमा पर्छ[३]जसमा साम्रज्य राज्य अमेरिकामा मात्रै वार्षिक रुपमा ३३२मिलियन मेट्रिक टन उत्पादन हुने गर्छ ; लगभग चालीस प्रतिशतको रक्सी बन्न खपत हुन्छ ।[४]
संरचना[सम्पादन गर्ने]
मकैको बोटको उचाइ २.५मिटर (८ फिट) हुने गर्छ तर कुनैको १२ मिटरको उचाइ पनि हुने गर्छ ।[५]मकैको डाँठ बाँसको आकारको देखिन्छ । मकैको डाँठका धेर्साको लम्बाइ (internodal length) सात इन्चको हुन्छ ।[६]
मकैको मध्ययम भागमा पोथी भागहरु हुन्छन् । मकैको बोटको टुप्पोमा भाले भागहरु हुन्छन् जुन हुर्के पछि सुख्खा वातावरणमा पराग कणहरु हावाको मध्ययबाट उड्न सक्छ । लामा कपालहरु जस्तै देखिने मकैको मध्ययम भागबाट निस्केका रेसादारहरुलाई सिल्क भनिन्छ जुन पोथी भाग हो । ती सात इन्चसम्म लामा हुन सक्छन् ।
मकैको जरा अलि कमजोर हुनाले पानीको अभावको असर छिटो पर्ने, कुनै बेला हावाले उडाउन सक्ने वा माटोको उर्वर तत्वलाई शोषन नसक्ने पनि हुन सक्छ ।[७]
Lutein र Zexanthin जस्ता तत्वले मकै पहेँलो हुन्छ । Anthocyanins र Phlobaphenes जस्ता तत्वले भने मकै रातो बनाउँछ ।[८]
जेनिटिक्स (Genetics)[सम्पादन गर्ने]
धेरै जसो मकैका जातहरु खानका लागि नै प्रयोग गरिन्छ जुन इस्टार्चको मात्रा अनुसार विभिन्न उपप्रजातीमा बाँडिएका छन् जुन निम्न रुपमा अङ्ग्रेजीमा नै दिइएका छन् :
- फ्लोर कर्न : Zea mays var. amylacea
- पपकर्न : Zea mays var. everta
- डेन्ट कर्न: Zea mays var. indentata
- फिल्न्ट कर्न : Zea mays var. indurata
- स्विट कर्न : Zea mays var. saccharata and Zea mays var. rugosa
- व्याक्सि कर्न : Zea mays var. ceratina
- अमाइलो मेज : Zea mays
- पोड कर्न : Zea mays var. tunicata Larrañaga ex A. St. Hil.
- स्टारइप्ड मेज : Zea mays var. japonica
नयाँ अनुसन्धान र खोजको जानकारीबाट विगत साठी वर्षमा माथिका रुपमा केही परिवर्तन भएका छन् । जसमा डि.एन.ए र प्रोटिनका कुराहरु पनि थपिए । हाल बाहिरी रुप, जात र विविध कुरा ख्याल राखी मकै वर्गिकरण गरिन्छ ।
मकैमा २० क्रोमोजोम (n=१०) हुन्छ र सबै क्रोमोसोमको कूल लम्बाई १५०० सेन्टिमोर्गान(cM) हुन्छ ।
बारबारा एमसिक्लिनटकले आफ्नो जम्पिङ जिनको सिद्धान्त पनि मकैबाट पत्ता लगाइन् । सन् १९८३को मेडिसनतर्फको नोबेल पुरस्कार पनि उनले पाएकी थिइन् । मकै मुख्यत: जेनिटिक्सका लागि र डेबलब मेन्टल बायोलोजीमा उपयोगी मानिन्छ । [९]
उत्पत्ति[सम्पादन गर्ने]
मकैको उत्पत्ति बारे थुप्रै सिद्धान्तहरु दिइएका छन् जुन यस लेखमा चर्चा भने गरिएको छैन ।
उत्पादन[सम्पादन गर्ने]
हावा पानी[सम्पादन गर्ने]
मकैको खेती ५८ं उत्तरी अक्षांशदेखि ४०ं दक्षिणी अक्षांशसम्म हुन्छ । मकैको खेती समुद्रसतहदेखि १२००० फुटसम्म हुन्छ । मकै उम्रनको लागि करोव २०ं सेन्टिग्रेड तापक्रमको आवश्यकता भएकोले यो वर्षे वालीको रुपमा नेपालमा खेती गरिन्छ । हिउँदमा तापक्रम कम हुने भएकोले मकैको रोप्ने काम आश्विन महीना भरिमा गरी सकेको हुनुपर्दछ । पूर्वी तराईमा खास गरेर महोत्तरी धनुषा हिउँदे मकै सिचाईको सुविधा भएको ठाउँमा कार्तिक महीनाको दोस्रो हप्तासम्ममा लगाई दिनुपर्दछ । अन्यथा जाडो वढ्नाले मकैको वोट वृद्धि राम्रो हुदैन । नेपालमा पहिलो वर्षा शुरु भएपछि वर्षे सीजनमा मकैको विउ छर्ने काम शुरु हुन्छ ।
कीट, रोग आदि[सम्पादन गर्ने]
मकैमा लाग्ने किराहरु[सम्पादन गर्ने]
गवारो, खुम्रे/फेद काट्ने, किर्थो, लाही, पात बेरुवा, रिठ्ठे, गुवोमा लाग्ने झिङ्गा, फट्याङ्ग्रा/फौजी कीरा, वायर वर्म, [१०]
मकैमा लाग्ने रोगहरु[सम्पादन गर्ने]
डाँढ कुहिने रोग, पातमा लाग्ने डढुवा रोग, घोगा कुहिने रोग [१०]
प्रयोग[सम्पादन गर्ने]
खानाको रुपमा[सम्पादन गर्ने]
रसायनका निम्ति[सम्पादन गर्ने]
इन्धनका रुपमा[सम्पादन गर्ने]
खोया
मकैको बीउहरू अडिने भागलाई खोया भनिन्छ । यसलाई घरेलु इन्धनको रूपमा प्रयोग गरिन्छ ।
कुडोंको रुपमा[सम्पादन गर्ने]
खोस्टा
मकैको घोगालाई वरिपरि ढाकेर रहेको भाग अथवा बोक्रालाई खोस्टा भनिन्छ । यसलाई किसानहरूले गाईवस्तुको पौष्टिक आहारको रूपमा उपयोग गर्दछन् ।
अन्य[सम्पादन गर्ने]
मकैको खोस्टाबाट चकटी, ढकी, सुकुल आदि बनाउन सकिन्छ ।
अन्य खाद्यको दाँजोमा[सम्पादन गर्ने]
काँचो मकै खान नमिल्ने हुन्छ र खाए पनि अपाच्य हुन्छ । विविध तरिकाले मकैलाई खान योग्य बनाउनु पर्ने हुन्छ ।
बेफाइदा[सम्पादन गर्ने]
मकैमा लाईसिन र ट्रिप्टोफ्यान नामका अमिनो एसिड हुदैँन जुन शरीरमा प्रोटिन बनाउन उपयोग हुन्छ । त्यसको आपूर्तिका लागि शरीरमा बोडी, माछामासु जस्ता प्रोटिनयुक्त खाना खानुपर्ने हुन्छ ।
मकैमा लिपिड ट्रान्सफर प्रोटिन नामको प्रोटिन हुन्छ जुन पकाउँदा नपाक्ने र मानव पाचन प्रणालीले पचाउन सक्दैन जुन गहन अध्ययन भई नसकेको एलर्जीसँग सम्बन्धित छ ।[११]
मकैको सेवन गर्नाले पाइने फाइदाहरु[सम्पादन गर्ने]
ताजा कलिला मकै मा प्रशस्त रेशा हुन्छ[सम्पादन गर्ने]
ताजा कलिला मकै मा प्रशस्त रेशा छ । यस किसिमको रेशा तत्वले कोलेस्टरोलको अनुपातलाई सन्तुलन पार्न सक्छ । त्यसैले पित्त थैलीमा कोलेस्टरोल जम्नबाट मुक्त हुन्छ र पित थैलीमा पथर जम्नबाट रोक्न सकिन्छ । बनस्पतिभित्रको रेशा अर्थात पेक्टिन र आन्द्राभित्रको पित्तभित्रको एसिडसित मिलेर सोस्न नसक्ने एक किसिमको पदार्थ बन्नेछ । यसबाट बाइल एसिडलाई कलेजोभित्र फट्टाउन प्रबर्द्धन गरिन्छ । त्यसैले रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सकिन्छ त्यसैले ताजा कलिला मकै खाएमा मुटुको रोग, मस्तिष्कमा रगतको टुक्रा जम्ने रोगको निवारण गर्न सकिन्छ । प्रशस्त रेशातत्व भएका मकै खाएमा आन्द्रालाई राम्रोसंग चल्न सहायक मिल्छ । त्यसैले उचित रुपमा कब्जीयत हटाउन सकिन्छ । विषालु पदार्थ आन्द्रामा टांस्न सक्दैन । बारंबार उसिनिएका ताजा कलिला मकै खाएमा कब्जीयतको रोग, हर्साको रोग, आन्द्राको क्यान्सर तथा पाचन थैलीको रोग निवारण गर्न सकिन्छ ।
दांतको संरक्षण र बलियो पार्ने मकैको क्षमता हुन्छ[सम्पादन गर्ने]
उसिनिएका वा पोलिएका मकै खांदा दाँतले बेसरी चपाउनुपर्छ । यसबाट दाँतलाई बलियो पार्न सकिन्छ साथै मुखभित्र बढी थुक आउन र गिजालाई बलियो पार्न सकिन्छ । बुढाबूढीहरुका दाँत बलियो हुदैनन त्यसैले ताजा कलिला मकै का दानालाई टुक्रा टुक्रा पारी जाउलो पकाएर खानु बेस हुन्छ ।
ताजा कलिला मकैमा प्रशस्त्र भिटामिन पाइन्छ[सम्पादन गर्ने]
ताजा कलिला मकैमा प्रशस्त्र भिटामिन पाइन्छ । त्यसैले जीवकोषलाई फट्टाउन प्रबार्द्धन गर्ने तथा पतन हुने अवस्थाबाट जोगाउने, रगतभित्रको कोलेस्टरोललाई कम पार्ने, छालाको रोग निवारण गर्ने तथा धमनीको कडाईलाई हल्का पार्ने तथा मस्तिष्कको क्षमतालाई ह्रास हुन नदिने मकैको क्षमता छ । ताजा कलिला मकै भित्रको भिटामिनले प्रोढ र बृद्ध अवस्थामा आँखा सुक्खा हुने रोग, ब्रोन्काइटिक्स, छाला सुक्खा हुने तथा स्नायुतन्तुको सम्वेदन क्षमता हराउने रोग निवारणका लागि केही भूमिका निर्वाह गर्छ । ताजा कलिला मकैमा हुने लिसिन मानिसका लागि आवश्यक पोष्टिक पदार्थ हो । अनुसन्धानको नतीजा अनुसार बढी ताजा कलिला मकै खाएमा क्यान्सर भएका रोगीका लागि निकै फाइदा छ । किनभने क्यान्सरको औषधिबाट मानिसलाई नराम्रो असर पर्छ । यस किसिमको असर नियन्त्रण गर्ने ताजा कलिला मकै को क्षमता छ । कब्जीयतको रोग र पित्तको पथर हुने रोग निवारण गर्न सक्ने ताजा कलिला मकै को क्षमता छ ।
मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ[सम्पादन गर्ने]
मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।
मकैका परिकारहरू[सम्पादन गर्ने]
चित्रहरु[सम्पादन गर्ने]
थप जानकारी[सम्पादन गर्ने]
चमार मकैको भाले भाग हो । पोथी भाग जुँगा हो । मकैको घोंकामा सधैँ जोर संख्यामा हारहरु हुन्छन् । १ जुगाँले १ दाना दिन्छ । घोंकामा २५०-१००० सम्म जुंगाहरु हुन्छन् । चमारमा २ करोड ५० लाख परागहरु हुन्छन् । मकै उत्पादनका लागि ३९ डिग्री से. उत्तम मानिन्छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
| विकिमिडिया कमन्समा Maize सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
- ↑ "Origin, History and Uses of Corn". Iowa State University, Department of Agronomy. February 11, 2014.
- ↑ Roney, John (Winter 2009). "The Beginnings of Maize Agriculture". Archaeology Southwest. 23 (1): 4.
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>tag; no text was provided for refs namedFAOstats - ↑ "US Approves Corn Modified for Ethanol". The New York Times. February 11, 2011.
- ↑ Karl, J.R. (May 2013). "The maximum leaf quantity of the maize subspecies" (PDF). The Maize Genetics Cooperation Newsletter. 86: 4. ISSN 1090-4573.
The Maximum Leaf Number of the Maize Subspecies; the "Leafy" Mutation Placed into the Tallest Strain
- ↑ Stevenson, J. C.; Goodman, M. M. (1972). "Ecology of Exotic Races of Maize. I. Leaf Number and Tillering of 16 Races Under Four Temperatures and Two Photoperiods1". Crop Science. 12 (6): 864. doi:10.2135/cropsci1972.0011183X001200060045x.
- ↑ "Corn Stalk Lodging" (PDF). Monsanto Imagine. October 2, 2008. Retrieved February 23, 2009.
- ↑ Himi, E; Mares, DJ; Yanagisawa, A; Noda, K (2002). "Effect of grain colour gene (R) on grain dormancy and sensitivity of the embryo to abscisic acid (ABA) in wheat". Journal of Experimental Botany. 53 (374): 1569–74. doi:10.1093/jxb/erf005. PMID 12096095.
- ↑ Brown, David (November 20, 2009). "Scientists have high hopes for corn genome". The Washington Post.
- ↑ १०.० १०.१ कृषि संगालो (प्रमुख वितरक:एग्रो इन्टरनेशनल ,कृषक बिज भण्डार ;विरगञ्ज,पर्सा,नेपाल
- ↑ Corn (maize) Allergy, InformAll Database, October 18, 2006