सामग्रीमा जानुहोस्

मखमली (फूल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मखमली
Gomphrena globosa
"Purple Globe Amaranth"
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
G. globosa
वैज्ञानिक नाम
Gomphrena globosa
L.
मखमली फूलको गुच्छा

मखमली (वैज्ञानिक नाम: Gomphrena globosa)[] फूल नेपालीहरूको लागि सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो। मखमली अमेरिका सहित पनामा र ग्वाटेमालाका क्षेत्रहरूमा मूल रूपमा पाइन्छ, तर अब विश्वभरि उब्जाइन्छ।[] मखमली फूल कहिले नओइलिने भएकोले यस लाई दिर्घायु र स्वस्थ जीवन को प्रतीक को रूप मा लिइन्छ| त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन्। संकृतमा रक्त मल्लिका भनिने यो फुल देख्नमा पनि सुन्दर भएकोले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहारमा पनि परेको थियो। त्यससमय मा यो नेपालमा प्रसिद्ध रहेको र भारतमा अप्राप्य रहेको प्रतित हुन्छ। सेतो, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ। छुँदा घोच्ने यो फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याँउदा फूलको रङ मखमलको कपडाजस्तो देखिनु नै भएको अनुमान गर्न सकिन्छ।

तस्विर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Linnaeus, C. von, 1753-05-01Species plantarum. index: 2007-07-21
  2. Roriz, Custódio Lobo; Barros, Lillian; Carvalho, Ana Maria; Santos-Buelga, Celestino; Ferreira, Isabel C.F.R. (२०१४), "Pterospartum tridentatum, Gomphrena globosa and Cymbopogon citratus: A phytochemical study focused on antioxidant compounds", Food Research International (अङ्ग्रेजीमा) 62: 684–693, डिओआई:10.1016/j.foodres.2014.04.036