सामग्रीमा जानुहोस्

मगर खाम भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खाम भाषा नेपालका मगर जातीले बोल्ने एक भाषा हो । मगरहरूका भाषा धेरै प्रकारका हुन्छन् । अलग अलग ठाउँका मगरहरूले अलग अलग भाषा बोल्दछन। मध्यमाञ्चल तिरका मगरहरू भिरकोटे भाषा बोल्छन जसलाई मगर भाषा पनि भनिन्छ । रोल्पा, रुकुम, बाग्लुङ, जाजरकोट, दैलेख, अछाम , कैलाली र कालिकोट,तिरका मगरहरूले खाम भाषा बोल्छन् । मगरहरू दुई थरिका हुन्छन् एक १८ पंथी र अर्को १२ पंथी।१८ पंथीले कालीगण्डकी पश्चिम भेदना १८ राज्य शासन गरे भने १२ पंथीले कालीगण्डकी पूर्वी भागतिर १२ राज्य शासन गरे। १२ पंथीहरूले भिरकोटे मगर भाषा बोल्छन । कसैले ढुट खाम तथा काइके खाम बोल्छन् भने कसैले नेपाली भाषा नै बोल्छन । १८ पंथीहरूले खाम भाषा बोल्छन। खाम भाषा बोल्ने मगरको उद्गम शेषखोलाबाट भएकोले यीनलाई कतै कतै "शेषी मगर" पनि भनेको सुनिन्छ ।

नेपाल विभिन्न जात जाती र भेष भाषाले भरिएको एउटा बहुल संस्कृतिको देश हो । नेपालमा भएका विभिन्न जातीहरू मध्य मगर समुदाय एउटा प्रमुख जाती हो र मगर जाती आदिबासी जनजाती समूहमा पर्दछ । साथै यो जाती आदिबासी जनजाती समुहको सबै भन्दा ठुलो जन संख्या भएको जाती पनि हो । अन्य जातीहरूको आफ्नै भाषा र भेष भुषा भए झैँ मगरहरूको पनि आफ्नै भाषा, भेष तथा परम्परा छ । मगरहरूले बोल्ने मातृ भाषालाई अठार मगरात र बाह्र मगरात गरी दुई समुहमा विभाजन गरिएको छ। बाह्र मगरात अन्तर्गतका पाल्पा, तनहुँ तथा स्याङ्जा जिल्लामा बोलिने मगर भाषालाई मगर ढुट भनिन्छ भने अठार मगरातमा बोलिने मगर भाषालाई खाम र काईके गरी दुई भागमा बाडिएको छ । डोल्पाको ताराकोट आसपासमा बोलिने मगर भाषालाई काइके भाषा भनिन्छ भने रुकुम, रोल्पा र बाग्लुङतिरका मगरहरूले बोल्ने मगर भाषालाई खाम भाषा भनिन्छ । खाम भाषा विशेष गरी रोल्पाको उत्तर खण्ड, रुकुमको पूर्वी खण्ड र बागलुङ्गको पश्चीमी भेकमा बस्ने बुढा, घर्ति, पुन र रोका मगरहरूले बोल्ने गरेता पनि यस क्षेत्रका मगरहरूसँग मिसिएर बसोबास गर्ने अन्य जातिहरूले पनि यही भाषा नै बोल्ने गर्दछन । यस खाम भाषालाई पनि भाषाविदहरूले स्थानीय अनुसार पर्वते (पश्चिमे र पूर्बे), गमाले, मताले र शेशी गरी पाँच क्षेत्रमा खण्डिकरण गरेकाछन् । यी क्षेत्रीय भाषाहरू एक आपसमा भने त्यती धेरै मेल नखाने भएकोले शेशीले गमालेको, गमालेले पर्वतेको र पर्वतेले शेशीको भाषा धेरथोर बुझेता पनि पुरै बुझ्न भने धौ धौ पर्छ । गमाले खाम रोल्पाको पूर्वी पुछार र प्युठानको उत्तरी पुछारका केही गाउँहरूमा बोलिन्छ, भने शेशी खाम रोल्पाको दक्षिण पश्चिम भेकका केही गाउँहरूमा बोलिन्छ जसलाई "शेषी खाम" भनेर पनि चिनिन्छ । मताले खाम चाँही रोल्पाको उत्तर पश्चिम र रुकुमको दक्षिण पश्चिमका केही गाउँहरूमा बोलिन्छ । मताले खाम पर्वते खाम सँग धेरै मात्रामा मिल्दोजुल्दो छ । पर्वते खाम भने यी अन्य खामको तुलनामा बृहत रूपले रुकुमको सम्पूर्ण पूर्वी भेक, रोल्पाको सम्पूर्ण उत्तरी भेक र बाग्लुङको पश्चीमी भेकका मगरहरूले बोल्दछन् । बागलुङ्गको निसी, भुजी तिर बोलिने पूर्बे पर्वते खाम रुकुम रोल्पामा बोलिने पश्न्चिमे पर्वते खाम भन्दा केही फरक भएता पनि धेरै हदसम्म मिल्दो जुल्दो छ । गाउँ र ठाउँ अनुसार खाम भाषाका केही शब्दहरूमा पनि केही भिन्नता पाईन्छ जस्तै: गहुँलाई तक गाउँमा "ताम" भनिन्छ भने लुगुम तथा अन्य गाउँहरूमा "पिमा" भनिन्छ, त्यस्तै गरी जुत्तालाई थबाङमा "पनै" भनिन्छ भने लुगुम तथा अन्य गाउँहरूमा "पो:ला" भनिन्छ । यसरी बोलिने केही शब्दहरूमा स्थानिय रूपमा केही मात्रामा मात्र फरकता पाईन्छ तर समग्रमा एकै खाले हुन्छ भने बोल्ने लवाज चाँही हरेक गाउँको आफ्नै प्रकारको हुन्छ र जुन अर्को गाउँमा बोलिने लवाजसँग मिल्दैन । हरेक गाउँको आफ्नै बोल्ने लवाज भएता पनि भाषामा मेल खाने भएकोले यस भेकका मगरहरूले एक अर्काको भाषा सहजै बुझ्दछन संख्यागत हिसाबले सबै भन्दा बढी प्रचलित पर्वते खाम बोलिने प्रमुख गाउँहरूमा लुगुम, काँक्री, खाबाङ, तक, सेरा, बाच्छीगाउँ, हुकाम, मैकोट, कोल, पदमी, नाखा, राङ्सी, सिमा, महत, धरमशाला, थबाङ, उवा, जेल्बाङ, धानुङ, धाङ्सी, धाबाङ, निसी, भल्कोट आदि हुन र यसमा पनि "पश्चिमे पर्वते" बोलिने क्षेत्रका गाउँहरू मध्य विशेष गरेर लुगुम, काँक्री, खाबाङ, तक, सेरा, बाच्छीगाउँ, कोल, थबाङ, जेलबाङ, धानुङ, मिरुल, उवामा बोलिने खाम भाषामा झन्डै पूर्ण रूपमा समानता पाइने भएकोले एक आपसमा बुझ्नलाई कुनै बाधा र मुस्किल पर्दैन, त्यसैले यस क्षेत्रलाई खाम भाषाको केन्द्रबिन्दु मान्दा केही फरक नपर्ला ।

केही खाम भाषाका शब्दहरू

[सम्पादन गर्नुहोस्]

यहाँ खाम भाषाका केही शब्दहरू राखिएका छन्। तल बायाँ पट्टी नेपाली भाषाका शब्दहरू छन् भने दायाँ तर्फ खाम भाषाका शब्दहरू राखिएका छन्। []

भाँडाकुडाहरू तथा धातु

[सम्पादन गर्नुहोस्]
नेपाली भाषाखाम भाषा
फलामझङ
कटौरीखुरी
मोटोको गाग्रोगम गाग्री गमलो गाग्री।
ताप्के (तरकारी पकाउने फलामको भाँडो)झंखुरी
थालताथी
बन्चरोरवा
बरियोनम
हँसियाराङ्कासी, हंस्या
लोटाफुरसला

शरिरका अङ्गहरू

[सम्पादन गर्नुहोस्]
नेपाली भाषाखाम भाषा
अण्डकोषझुरी, सेका
आँखामिलुङ
कानना
खुट्टाखङ
टाउकोङै, खपर
पुरुष गुप्ताङ्ग (लिङ्ग)काल
मलद्वारकिकुङ्
स्त्री गुप्ताङ्ग (योनी)परे
स्तननुन्
हातकुइ
नाकने
जिब्रोसे
दाँतहा
कानना
बालचेम्
रौंमुल्
पन्जालप्ता
नङसेन्
रगतजी
पेटफु
जुङ्घामङ्
परेलामिस्या
गुप्तांग वरपरका रौंमुसो

खानेकुरा तथा अन्न पानी

[सम्पादन गर्नुहोस्]
नेपाली भाषाखाम भाषा
खाना खानुज्यो जुके
आटोकाङ
खुर्सानीखोरासन
चामलछाल
जाँडछोकरा
जौचिका
नुनसाभी, सापी
पानीरी
भातछाल काङ
गहुँपिमा
मासुस्याकरी
रक्सीमडो
रोटीभरे
दुधहाइनुन्
तरकारीचिप
अचारछोप
सेलरोटीकोकल्याङ
पुरीखर्स्यु भरे
नेपाली भाषाखाम भाषा
कालोमोलो
सेतोपोरो
रातोघ्याम घेयमो।
पहेंलोहलिदेउ
हरियोपिंङो
नेपाली भाषाखाम भाषा
गाईहाई
गोरुगिङ्
जुम्रास्यार
भैंसीभैंसा
बाँदरयू
बाघला
स्यालस्याला
लंगुरपोरो यू
बिरालोमानु
कुकुरक्हा
मुसाबिजा
भ्यागुताबोकरो
माछाङा, गदिरा
सर्पगुल
सुँगुर वो
कुखुरा बाझा
नेपाली भाषाखाम भाषा
कहिलेखर्क
आजआछिम
भोलीपराती
पर्सीमछ्या
आउँदो सालफरनी
परागी सालनिमनी
पोहर सालरतानी
हिजोआजला
बिहानछकाल्या
बेलुकाओडेक
रातीरि
अहिलेआर्क
नेपाली भाषाखाम भाषा
काट्नेक्याल्ने, पल्ने
सुत्नेस्याङने
खन्नेघोने
घाँस काट्नेछी पल्न्या
दाउरा काट्नेसिङ् पल्न्या
दिसा गर्नेयाने, एङन्या
पिसाब गर्नेजिसिन्या
उता जानेवैडी बाने
कहाँ जानेकटाङ बाने
टोक्नेकैने
बोल्नेपाङ्ने
खानेज्यान्या
गाउनेगाइके
छिटो आउनेचानो हुचुके
जानेबा, बाने
आउनेहु
थाप्नेथाङ्जे
नाँच्नेस्याने
फोर्नेपाने
यता आउनेऐडी हुचुके
हाँ
ल्याउरैके, चनान्के
हाँस्नुसान्या
मार्नेसैने
सुन्नेथैने
खुवाउनेसोइन्या
यौन सम्पर्क गर्नेनैसिने, घुम्सीने
बच्चा जन्माउनेजा दैने
सिलाउनेटप्ने, घब्ने
बस्नेचुसिने
उठ्नेसोने
लेख्नेसर्ने
पढ्नेपरिने
नुहाउनेझासिने
धुनेसिल्ने
पिउनेओने
हेर्नेरङ्ने
सुन्नेथैने
नेपाली भाषाखाम भाषा
असिना पर्‍यो असै वाके
आगो मी
एक टोवो
केटा धापा
केटी धामी
खोलामा खोलाल
घर जिम
घरमा जिमल
घाँस छि
चौर बाङ
ढुंगा लुङ, जुर
तीन सोमलो
दाउरा सिङ्
दुई नेवलो
पानी पर्‍यो नम वाके
बालक बुचा
बुढो सेर
बीउ धुर
भीर हाङ
महिला मेमा
माटो गम
के हो कटाची
को आयो सा हुई
अमिलो सिरो
तँ नङ्
तिमी दुई जिन्
तपाईँ जे
तेरो ना, नमी
मेरो ङा
यिनको आव
हामी गे
हाम्रो गेमी
ङा
सिङ्गान नाप
आँशु पील्
दिसा कि
जुत्ता पोला
मोजा जुराप
थाक्नु थलिउ
लामो ख्यो
ठुलो घ्यो
सानो लुजा
नदी भै
काठ सिङ्
आगो मी
रुख तुङ्
निद्रा आउनु मिरो राके
पुरुष खेपा
नाम मिन
दिदि नाना
भाउजु मारुम
नन्द कुञ्जा
कति खादरा
छैन माले
लिज्या
भएन माताइ
भयो ताइ
भैसक्यो ताडीके
सिद्धियो खेमडिको

खाम भाषा बोलिने प्रमुख क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

खास गरेर खाम भाषा रोल्पा जिल्ला, रुकुम जिल्ला, प्युठान जिल्ला, जाजरकोट जिल्लाका मगरहरूले बढी जसो बोल्ने गर्छन्। त्यहाँका ठाउँहरूका नाम पनि खाम भाषाबाट नै राखिएको छ। जस्तै:- खाबाङ, लिबाङ, जेलबाङ, भालुबाङ इत्यादी ठाउँको नाम मगर खाम भाषाबाट राखिएका हुन् । खाम भाषामा चौरलाई बाङ भनिन्छ उपर्युक्त ठाउँहरूको नाम विभिन्न किसिमका चौरहरूको नामबाट पर्न गएको अनुभव गरिन्छ। त्यस्तै दैलेख जिल्लामा पनि कुनै कुनै ठाउँमा खाम भाषीहरूको बसाई रहेको छ। दैलेखका खसभाषा बोल्नेहरूले मगरलाई पुर्बिय जाती भन्छन् किन भने मगरहरू रोल्पा रुकुमबाटै जाजरकोट हुदै दैलेख तिर पसेका हुन। यसैले उनलाई पूर्विया भनिन्छ।

खाम भाषाको प्रमुख विकास

[सम्पादन गर्नुहोस्]

भृकुटे मगर भाषाको त पत्रिकासहित केही लिपिगत विकास भएको छ। तर खाम भाषाको कुनै लिपी छैन। पहिले लिपी भएको तर बिचमा आएर यो लिपी लोप भएको कुरा मगरहरू बताउँछन। तर रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतले प्रसारण गर्दै आएको मगर खाम भाषाको समाचार र अन्य कार्यक्रमहरूले गर्दा यो भाषाको भाषागत विकास भइरहेको छ। खाम भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. मगर खाम भाषीहरू

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]