मङ्गल शोभायात्रा
| मङ्गल शोभायात्रा आनन्द शोभायात्रा | |
|---|---|
एक्काइसौँ शताब्दीको मङ्गल शोभायात्रामा प्रयोग गरिएको प्रतीकात्मक छवि | |
| अवस्था | सक्रिय |
| शैली | शोभायात्रा |
| मिति(हरू) | १४ अप्रिफ (बङ्गाब्दोको पहिलो दिन) |
| आवृत्ति | वार्षिक |
| स्थान(हरू) | ढाका विश्वविद्यालय |
| निर्देशाङ्क | २३°४४′००″N ९०°२३′२७″E / 23.733242°N 90.3909218°E |
| देश | |
| सक्रिय वर्ष | सन् १९८९ - हाल |
| आयोजनकर्ता | चारुकला सङ्काय, ढाका विश्वविद्यालय |
| पोहेला वैशाखको मङ्गल शोभायात्रा | |
|---|---|
| राष्ट्र | बङ्गलादेश |
| Domains | सामाजिक चर्चा, कार्यक्रम आयोजना |
| सन्दर्भ | ०१०९१ |
| क्षेत्र | एसिया प्रशान्त महासागरीय क्षेत्र |
| शिलालेख इतिहास | |
| शिलालेख | सन् २०१६ (११औँ शत्र) |
| सूची | प्रतिनिधित्वमूलक |
मङ्गल शोभायात्रा (बङ्गाली: মঙ্গল শোভাযাত্রা) वा आधिकारिक रूपमा वर्षवरण आनन्द शोभायात्रा (बङ्गाली: বর্ষবরণ আনন্দ শোভাযাত্রা) हरेक वर्ष बङ्गाली नयाँ वर्षको पहिलो दिन बङ्गलादेशमा आयोजना गरिने एक नयाँ वर्ष स्वागत उत्सव हो।[१] यस यात्रालाई बीसौँ शताब्दीको अन्त्यतिरबाट सुरु गरिएको हो। एक्काइसौँ शताब्दीको दोस्रो दशक तिर यो एक धर्मनिरपेक्ष उत्सवको रूपमा सम्पूर्ण देशभरि फैलिन थालेको थियो।[२]
ढाका विश्वविद्यालयको चारुकला सङ्कायका विद्यार्थीहरूको आयोजना, पूर्व विद्यार्थी र शिक्षकहरूको सहभागितामा प्रत्येक वर्ष पोहेला वैशाखका दिन ढाकाको शाहबाग-रमना क्षेत्रमा यो शोभायात्रा आयोजना गरिन्छ।[३] शोभायात्रामा चारुकला इन्स्टिच्युटका शिक्षक र विद्यार्थीहरू सहित विभिन्न तह र विभिन्न उमेर समूहका मानिसहरू पनि यसमा सहभागि हुने गरेका छन्। शोभायात्रामा विभिन्न प्रकारका प्रतीकात्मक कलाकृतिहरू प्रदर्शन गरिनुका साथै बङ्गाली संस्कृतिलाई प्रतिनिधित्व गर्ने विभिन्न प्रतीकात्मक सामाग्रीहरू, विभिन्न रङ्गका मुकुट र विभिन्न जनावरहरूको आकृति लिएर हजारौँ मानिसहरू यात्रामा समावेश हुन्छन्। एक्काइसौँ शताब्दीको दोस्रो दशकदेखि प्रायः प्रत्येक जिल्लाका नगर र केही स्थानीय स्तरका केन्द्रहरूमा पोहेला वैशाखका दिन शोभायात्रा आयोजना हुँदा यसले बङ्गलादेशको नयाँ सार्वभौमिक संस्कृतिको रूपमा छुट्टै स्थान बनाएको। बङ्गलादेश सरकारको संस्कृति मन्त्रालयको अनुरोधमा सन् २०१६ नोभेम्बर ३० का दिन बङ्गलादेशको “मङ्गल शोभायात्रा”ले युनेस्कोको मानवतासँग सम्बन्धित अदृश्य वा अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा स्थान प्राप्त गरेको थियो।[४][५]
युनेस्कोद्वारा मान्यता
[सम्पादन गर्नुहोस्]संयुक्त राष्ट्रको अन्तर्गतको एक संस्था युनेस्कोले बङ्गलादेश सरकारको संस्कृति मन्त्रालयको अनुरोधमा सन् २०१६ को नोभेम्बर ३० मा बङ्गलादेशको 'मङ्गल शोभायात्रा'लाई विश्वका महत्वपूर्ण अदृश्य सांस्कृतिक सम्पदाहरूको सूचीमा समावेश गरेको थियो। इथियोपियाको राजधानी अदिस अबाबामा २८ नोभेम्बरदेखि २ डिसेम्बर २०१६ सम्म सम्पन्न युनिसेकोको अन्तर्राष्ट्रिय परिषद्ले (अदृश्य सांस्कृतिक सम्पदा संरक्षणका लागि अन्तर सरकार समिति) बङ्गलादेश सरकारको प्रस्तावलाई स्वीकृत गरेको थियो। बङ्गलादेशको प्रस्ताव स्वीकृत भएपछि युनिसेकोले "मङ्गल शोभायात्रा जनसाधारणको एक पर्व हो जुन १४ अप्रिल पोहेला वैशाखमा (नववर्षको दिन) मनाइन्छ र यसलाई ढाका विश्वविद्यालयको कला सङ्कायका विद्यार्थी र शिक्षकहरूले आयोजना गर्दछन्। देशमा सैनिक शासन लागु भएर निराश बनेका विद्यार्थीहरूले समुदायलाई एक उज्जवल भविष्यको आशा दिनका लागि यस परम्पराको सुरुवात सन् १९८९ मा भएको थियो। यसको विशेषतामा मुकुट र हावामा उडाइने कलाकृतिहौ समावेश छन् जुन शक्ति, शान्ति र प्रगतिका लागि नकारात्मक भावहरू हटाउने प्रतीकहरू हुन्। विद्यालयद्वारा साझा गरिएको ज्ञानका तत्वहरू सहित यसले जनसङ्घर्ष र लोकतन्त्रको प्रवर्द्धन गर्दछ" भनि उल्लेख गरेको थियो।[६]
सन् २००५-०६ आर्थिक वर्षमा बङ्गलादेशको सांस्कृतिक सम्पदाको सूची तयार गर्ने पहल गरिएको र यसको जिम्मेवारी एसियाटिक सोसाइटीलाई सुम्पिएको थियो। १२ खण्डमा प्रकाशित यस सूची अर्थात् सर्वेक्षण प्रतिवेदनको ११औँ खण्डमा पोहेला वैशाखको मङ्गल शोभायात्रालाई राष्ट्रिय संस्कृतिको रूपमा समावेश गरिएको थियो। संस्कृति मन्त्रालयको तर्फबाट बाङ्ला एकेडेमीले सन् २०१४ मा यो प्रस्ताव पहिलो पटक तयार पारेको भएतापनि यसलाई स्वीकार्यता प्राप्त भएको थिएन। पछि युनेस्कोको माग अनुसार यो प्रस्ताव स्वीकृत हुने गरि पुनः तयार गरिएको थियो। सन् २०१५ जुन १ का दिन पेरिसमा नियुक्त बङ्गलादेशका राजदूत मोहम्मद सहरिदुल इस्लामले पुनः तयार पारिएको प्रस्तावलाई बङ्गलादेश सरकारले युनेस्कोमा पुन:पेश गरेको थियो। यस विषयमा बङ्गलादेशको प्रस्तावलाई अनुमोदन फाइल नं ०१०९१ भनेर चिनिन्छ। त्यसपछि युनेस्कोले मङ्गल शोभायात्रालाई विश्व सम्पदाको सूचीमा समावेश गर्ने निर्णय गरेको थियो।
बङ्गलादेश बाहिर
[सम्पादन गर्नुहोस्]भारत
[सम्पादन गर्नुहोस्]सन् २०१७ देखि बङ्गाली नववर्ष उत्सव परिषद्को पहलमा कलकत्तामा पनि मङ्गल शोभायात्राको आयोजना गरिँदै आइएको छ। यसै क्रमले सन् २०१८, २०१९ र २०२१ पनि यसको आयोजना गरिएको छ।[७] यो मङ्गल शोभायात्रा कलकत्ताको गाङ्गुलीबागानबाट सुरु भएर जादवपुर विश्वविद्यालयको विद्यापीठ मैदानमा पुगेर समाप्त हुन्छ भने यसका साथै धेरै अन्य मङ्गल शोभायात्राहरू पनि निकालिन्छ। बङ्गाल क्षेत्रका कलाकारहरूले बनाएका विभिन्न सामग्रीहरू यस शोभायात्रामा प्रदर्शन गरिन्छन्।[८][९]
वितर्क
[सम्पादन गर्नुहोस्]सन् २०२३ अप्रिल ९ का दिन सर्वोच्च अदालतका वकिल तथा अभियन्ता महमुदुल हसनले सरकारलाई एक कानुनी पत्र शोभायात्रा तत्काल बन्द गर्नुपर्ने माग राखेका थिए। 'मङ्गल' शब्द हिन्दु धर्मसँग सम्बन्धित रहेको यस शब्दको उत्पत्ति संस्कृतबाट भएको तर्क उनले पत्रमा लेखेका थिए। उनले यस कार्यक्रममा प्रयोग गरिने प्रतीकहरूले मुसलमानहरूको धार्मिक भावनाहरूमा ठेस पुर्याई अपमान गरेको तर्क गर्दै बङ्गलादेश दण्ड संहिताको त्यस भागको उद्धरण गरे जसले नागरिकहरूको धार्मिक विश्वासको जानाजानी अपमानलाई अपराध ठान्छ। यस पत्रपछि तत्कालीन अवामी लिग सरकारले विश्वविद्यालयहरूमा अनिवार्य शोभायात्रा उत्सव फिर्ता लिएको थियो। [१०]
चित्रशाला
[सम्पादन गर्नुहोस्]- सन् २०१५ मा आयोजित मङ्गल शोभायात्रामा प्रदर्शित एउटा घोडाको कलाकृति
- सन् २०१५ को मङ्गल शोभायात्रा
- मङ्गल शोभायात्रामा किसानको पहिरनमा युवाहरू
- टिएससीको अगाडि आयोजित मङ्गल शोभायात्रा, सन् २००७
- सन् २०१५ को मङ्गल शोभायात्रामा हात्ती
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "বদলে গেল পহেলা বৈশাখের 'মঙ্গল শোভাযাত্রা'র নাম"। বিবিসি বাংলা। ११ अप्रिल २०२५।
- ↑ Habib, Haroon। "Dramatic dawn"। The Hindu। सङ्ग्रह मिति २०१६-११-३०।
- ↑ "মঙ্গল শোভাযাত্রার আয়োজন"। দৈনিক প্রথম আলো। सङ्ग्रह मिति १३ अप्रिल २०१८।
- ↑ হোসেন, মোছাব্বের (१४ अप्रिल २०१७)। "মঙ্গল শোভাযাত্রার বিশ্ব স্বীকৃতি এল যেভাবে"। দৈনিক প্রথম আলো। सङ्ग्रह मिति १४ अप्रिल २०१८।
- ↑ "২০১৬ খ্রিস্টাব্দের ৩০ নভেম্বর ইউনেসকো মঙ্গল শোভাযাত্রাকে সাংস্কৃতিক হেরিটেজ হিসেবে ঘোষণা করে"। unesco.org। २०१६-११-३०। सङ्ग्रह मिति २०१६-११-३०।
- ↑ বাংলাদেশের মনোনয়নের ফাইল নং ০১০৯১
- ↑ "নববর্ষে কলকাতায় প্রথম মঙ্গল শোভাযাত্রা"। দৈনিক প্রথম আলো। १५ अप्रिल २०१७। सङ्ग्रह मिति १५ अप्रिल २०११।
- ↑ "কলকাতায় সম্প্রীতির সুরে বেঁধে পথে পথে মঙ্গল শোভাযাত্রায় বর্ষবরণ"। দৈনিক প্রথম আলো। १५ अप्रिल २०१८। सङ्ग्रह मिति १५ अप्रिल २०११।
- ↑ "বাংলা নববর্ষ উদ্যাপনে কলকাতায় মঙ্গল শোভাযাত্রা"। দৈনিক প্রথম আলো। १५ अप्रिल २०२१। सङ्ग्रह मिति १५ अप्रिल २०२१।
- ↑ "মঙ্গল শোভাযাত্রা বন্ধে আইনি নোটিশ"। বাংলা ট্রিবিউন। सङ्ग्रह मिति १० अप्रिल २०२३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- "पोहेला वैशाखमा आयोजित मङ्गल शोभायात्रा", युनेस्को, २८ नोभेम्बर २०१६, अन्तिम पहुँच ३० नोभेम्बर २०१६।