मजुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


मजुवा गुल्मी जिल्लाको तुराङ गाविस वार्ड न १ म अवस्थित सानो बजार हो। दुई तिरबाट दुई वटा नदी हुग्दी खोला र बडिघाट खोलाले घेरिएको सुन्दर बजार हो मजुवा बजार। मजुवा बजार तुराङ, जुभुङ, रूपाकोट, बलिथुम, शान्तिपुर, आपचौर, दिब्रुङ, हुगा, जोहाङ, जुनिया लगायतका गाविसको ब्यापारिक केन्द्र हो। मजुवा बजारमा खानेपनी, बिजुली, यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार आदिको राम्रो सुबिधा छ। करिब १५० घरधुरी रहेको मजुवामा १ क्याम्पस (टिकाराम मेनका बहुमुखी क्याम्पस), १ उच्च मावी (ज्ञानोदय उच्च मावी ), १ बोर्डिङ स्कूल (पोलारिस), १ क्लब (युथ भिजन क्लब ), १ हेल्थ पोस्ट (तुराङ हेपो), रुद्रावती हस्पिटल, १ ईलाका हुलाक (मजुवा ईलाका हुलाक), १ कृषि सेवा कार्यालय लगायत केही सरकारी कार्यालयहरू रहेका छन। यहाँको मुख्य पेशा ब्यापार तथा कृषि हो। यहाँको प्रमुख उत्पादन धान, मकै, गहु, मुसुरो, केराउ आदी हुन त्यसैगरी अन्य नगदे बाली तथा मौसमी-बेमौसमी तरकारी हरू पनि यहाँ उत्पादन हुन्छ।