मठैराज मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
मठैराज मन्दिर.jpg
श्री मठैराज बाबा मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाबैतडी
देशNepal

मठैराज मन्दिर बैतडी जिल्ला कैलपाल गा.वि.स. वडा न.८ गेरडामा अवस्थित छ । मठैराज बाबाको मन्दिरमा हरेक रक्षाबंधन तथा जनैपूर्णिमा को दिन धुम धाम सँग पूजा आजा गरिन्छ।

विशेषता[सम्पादन गर्ने]

मठैराज देवतालाई विशेष महत्त्वका साथ हेरिन्छ। मठैराज देवता रिसाएमा अनिश्ट हुन्छ भन्ने भनाइ रहेको छ।[१] मठैराज देवतालाई यस क्षेत्रका जनताहरूले कुल देवता मानी पूजाआजा गर्ने गर्दछन ।

कसरी पुग्ने[सम्पादन गर्ने]

मठैराज देवता को मन्दिर पुग्न निम्न बाटो प्रयोग गर्नु पर्छ ।

  • अनारखोली -गेरडा दशरथचन्द राजमार्गमा पर्ने अनारखोलीमा गाडीबाट झरेर बैतडी र डडेलधुराको सिमाना छुट्याउने डाँडा छ त्यो डाँडै डाँडा भएर खतेडा को दोकान ,चुल्लेख चुल्लेखबाट डङसिली हुँदै गेरडा सम्म पुग्न सकिन्छ ।यो बाटो पैदल दुई देखि तीन घन्टा सम्मको रहेको छ ।
  • पाटन - गेरडा दशरथ चन्द राजमार्ग कै पाटनमा गाडिबाट ओर्लिसकेपछी पाटन बजार तल सुर्नया पुल तरेर एक घन्टा को ठाडो उकालो चढिसकेपछि लदौली गाउँ आउँछ त्याहाँबाट डङसिली हुँदै गरेडा का साथै मठैराज मन्दिर पुग्न सकिन्छ ।यो बाटो पनि दुई देखि तीन घंटा सम्म को रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. स्थानिय भनाइ

बाहिरिय लिङ्कहरू[सम्पादन गर्ने]

हेर्नुहोस[सम्पादन गर्ने]

  1. डङसिली गाउँ
  2. गेरडा गाउँ
  3. गणेश धुरा