मणिग्राम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मणिग्राम तिलोत्तमा नगरपालिका भित्र पर्ने एक नयाँ बस्ती हो । यसको स्थापना राममणि आ.दी.ले गरेका हुन् । वि.सं. २००७ साल अघि भैरहवाबुटवलको बीचमा बाक्लो जंगल थियो । यस जंगललाई रखौना बिर्ता वा कुमारीको जंगल भनिन्थ्यो । चन्द्रशमशेर नेपालका प्रधान मन्त्री भएको समयमा सरदार राममणि आ.दी.लाई केही जंगल पुरस्कारको रुपमा प्रदान गरिएको थियो । चन्द्रशम्शेरको विश्वासपात्र भएकोले पछिका राणा शासकले उनीमाथि विश्वास गरेनन् र पुरस्कार दिएको जमीन फिर्ता लिए । धेरै समय पछि जुद्ध शम्शेरको समयमा बसोबास र कृषि उत्पादनका उद्देश्यका साथ राममणिलाई त्यो जग्गा फिर्ता दिइयो ।

माझखण्डमा वनफंडानी (नवकट्टी)[सम्पादन गर्ने]

राममणिले वनफंडानीका लागि भारतबाट एक जना रेंजरको नियुक्ति गरे । जसले वि.सं. १९९७ मा वनलाई १२ वटा प्लटमा सीमांकन गरेर प्रत्येक प्लटमा जाने सडक निर्माण गरे । त्यस पछि रुखहरूको वैज्ञानिक गणनाको काम सुरु गर्यो । प्रत्येक प्लटमा कति र कुन प्रकारका रुखहरू थिए सो गणना गरी वन कटानी सुरु भयो । त्यसैले यस स्थानको नाम नौकट्टी (नवकट्टी– नया कटान) हुन गयो । खस्यौली र भैरहवाको बीचमा पर्ने भएकोले यसको एउटा नाम माझखण्ड पनि थियो । बस्ती बसाल्ने प्रेरणा मणि खलकले गराएको हुनाले मणिग्राम भन्ने नाम अनौपचारिक रुपमा प्रचलित हुन थाल्यो । त्यस बस्तीको मुख्य उद्देश्य वनफंडानी गर्नु थियो । जो मानिस काम गर्न त्यहां आएर बसे तिनीहरूलाई करिया भनिन्थ्यो । तिनीहरू बसेको बस्तीको नाम पछि करहिया हुन गयो ।

वर्तमान प्लट अवस्थिति[सम्पादन गर्ने]

हालको नौकट्टीको वर्तमान गाविस अवस्थिति यस प्रकार छ

तालिका. प्लट नम्बर, जंगलको नाम र गाविस अवस्थिति

  • प्लट नं. वनको नाम अवस्थिति
    • १ रामवन आनन्दवन
    • २ कैलाशवन आनन्दवन
    • ३ नन्दनवन आनन्दवन
    • ४ शान्तिवन करहिया
    • ५ शान्तिवन करहिया
    • ६ नन्दनवन करहिया
    • ७ कैलाशवन आनन्दवन
    • ८ रामवन आनन्दवन
    • ९ आनन्दवन आनन्दवन
    • ११ मधुवन आनन्दवन

वि.सं. २००७ को दशकमा बसाईं सरी आएका पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा जिल्लाका आन्तरिक प्रवासीहरूको यहाँ बहुमत छ । जातजातिमा बाहुन, क्षत्री, मगर, दलित, नेवार, थारु, अहिर, मुस्लिम आदि विभिन्न जातजाति बसोबास गर्दछन् । कुनै नयाँ बस्तीको आर्थिक विकासमा नव आगन्तुकहरूको विशेष योगदान हुने समाजशास्त्रीय सिद्धान्त छ । यस क्षेत्रमा त्यही भएको हो । तिनाउ पानीको उपयोगको सम्बन्धमा थारू बासिन्दाहरूले सुरु गरेको परम्परालाई पहाडी बासिन्दाहरूले अझ परिमार्जन गर्दै संस्थागत बनाए । उनीहरूले यसलाई समुदायको सम्पत्तिको रुपमा विकसित गर्ने प्रविधिहरू विकास गरे । वि.सं.२०३० को दशकमा बसाईं सराई अझ तीव्र भयो र पहाडी क्षेत्रका बासिन्दाहरू मणिग्राम र यस वरपरका क्षेत्रमा बसाईं सरे । सामान्यतः भैरहवा र बुटवलको मध्यको क्षेत्रफल भन्नासाथ मानिसहरूले सामान्यतः बुझ्ने क्षेत्र नै मणिग्राम हो । पहाडी भेगबाट बसाईं सरेका मेहनती कृषकहरूले तिनाउको पानीका साथै उर्वर भूमिको अधिकतम सदुपयोग गर्ने प्रविधिहरू विकसित गर्दै लगे । सिंचाई प्रणालीलाई जनसहभागितामूलक बनाउने, नियम कानुन निर्माण गर्ने विधिहरू वैज्ञानिक र सर्वमान्य हुँदै गए । पानीको उचित वितरणले उत्पादनमा वृद्धि भए पछि रुपन्देही धान उत्पादनमा चर्चित हुन गयो । पशुपालनको विकास पछि यो जिल्ला पशुपालनमा पनि उत्कृष्ट ठहरिएको छ । रुपन्देही जिल्लाको उत्तरी क्षेत्र विशेष गरेर शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगौलिया, टिकुलिगढ गा.वि.स.हरू विकसित क्षेत्र मानिन्छ । आज यो क्षेत्र नै भोषित तिनपा हो । यस भित्र तिलोत्तमा नदी अर्थात तिनाउ नदीको पानीले विकसित बनेका गाउ“हरु तथा तिनीहरूको सम्बन्धित गाविसको नाम यस प्रकार छ

  • तालिका २ः गाउँ मौजा र गाविस अवस्थिति इतिहास
    • मौजा गाविस
    • ठटरीहवा गंगौलिया
    • भरौलिया गंगौलिया
    • बेहुली गंगौलिया
    • मुडरिया गंगौलिया
    • जहदा गंगौलिया
    • सूर्यपुरा टिकुलीगढ
    • सुपौली टिकुलीगढ
    • बैरिया टिकुलीगढ
    • बिसौरिया टिकुलीगढ
    • नन्द नगर टिकुलीगढ
    • नर्सिंहगढ टिकुलीगढ
    • बागदुरा टिकुलीगढ
    • न्यायाधीश टिकुलीगढ
    • देवीनगर टिकुलीगढ
    • टिकुलीगढ टिकुलीगढ
    • सेमरी टिकुलीगढ
    • मिगौलिया मक्रहर
    • मदरानी मक्रहर
    • कुमारी सिर मक्रहर
    • कुमारी असामी मक्रहर
    • प्रदीपनगर मक्रहर
    • जमुहानी मक्रहर
    • महुवारी मक्रहर
    • ज्योतिनगर उत्तर टोल करैया
    • ज्योतिनगर दक्षिण टोल करैया
    • सूर्यपुरा करैया
    • चार नम्बर करैया
    • शान्तिनगर करैया
    • दर्शनटोल करैया
    • रामनगर करैया
    • मैनहवा करैया
    • करैया करैया
    • हरैया करैया
    • शंकरपुर करैया
    • तीन नम्बर करैया
    • मंगलापुर आनन्दवन
    • तुलसीपुर आनन्दवन
    • मणिग्राम आनन्दवन
    • दुइ नम्बर आनन्दवन
    • पूर्व पहुनी आनन्दवन
    • पश्चिम पहुनी आनन्दवन
    • कुट्टा आनन्दवन
    • सालघारी भलदोदरी आनन्दवन
    • गोरकट्टा आनन्दवन
    • हरपुर आनन्दवन
    • गणेशपुर आनन्दवन
    • आनन्दवन मधुवन आनन्दवन
    • बनकट्टी आनन्दवन
    • पूर्व पहुनी आनन्दवन
    • पश्चिम पहुनी आनन्दवन
    • कुट्टा आनन्दवन
    • सालघारी भलदोदरी आनन्दवन
    • गोरकट्टा आनन्दवन
    • हरपुर आनन्दवन
    • गणेशपुर आनन्दवन
    • आनन्दवन मधुवन आनन्दवन
    • प्रेमनगर आनन्दवन
    • माथिल्लो डिंगरनगर शंकरनगर
    • पच्चीस बिघा डिंगरनगर शंकरनगर
    • बिष्णुपुर शंकरनगर
    • भक्तपुर शंकरनगर
    • एघार बिघा पन्ध्र बिघा शंकरनगर
    • जानकीनगर शंकरनगर
    • नयां जानकीनगर शंकरनगर
    • डिंगरनगर शंकरनगर
    • माथिल्लो डिंगरनगर शंकरनगर
    • चपरहट्टी शंकरनगर
    • आमचौरे शंकरनगर
    • चीनीयां मोहोडा शंकरनगर
    • डा“डाकुलो शंकरनगर
    • सरदारनगर शंकरनगर
    • शंकरनगर पूर्व शंकरनगर
    • शंकरनगर एक नं. शंकरनगर
    • शंकरनगर नयां मोहोडा शंकरनगर
    • शारदा मोहोडा शंकरनगर
    • मैनकुलो शंकरनगर
    • सातघरे शंकरनगर
    • देउनारायण शंकरनगर
    • युवराज शंकरनगर
    • लालबहादुर मोहोडा शंकरनगर
    • नवदुर्गा शंकरनगर
    • कपिलमोहोडा शंकरनगर
    • पांडेटोल शंकरनगर


मुख्य गाउं भित्र पुराना र ऐतिहासिक टोलहरु पनि छन् । यी सबै इतिहास, परम्परा, संस्कृति यस क्षेत्रको भौगोलिक अवस्था भित्रको ठूलो सम्पत्ति हो ।
मणिग्राम र यस वपिरिका क्षेत्र मिलाएर वि.सं. २०७१ मा एक नगरपालिका निर्माण भएको छ जसलाई तिलोत्तमा नगरपालिका नामकरण गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]