मणि खम्बु किरात

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




अन्तरिम व्यवस्थापिकामा विधायक रही सक्नुभएकी सभासद् मणि खम्बु माओवादी राज्य समिति सचिवालय सदस्य पनि हुनुहुन्छ। एमाले अखिलबाट ०४८ देखि राजनीतिमा लाग्नुभएकी खम्बु जातीय राजनीति खम्बुवान राष्ट्रिय मुक्तिमोर्चामा लाग्नुभयो ०५३ मा। लामो समय जातीय आन्दोलनमा जोडिनुभएकी खम्बुको जातीय सङ्गठन र माओवादीबीच ०५८मा एकता भयो। केही समयपछि फेरि फुट्यो। ०६०मा किरात वकर्स पार्टीसँग फेरि माओवादीसँग एकता भयो। त्यसबेला खम्बु वकर्स पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। पार्टी एकतापछिको केही समयपछि उहाँ किरात राष्ट्रिय मुक्ति मोर्चाको संयोजक बन्नुभयो। प्लस टुसम्मको औपचारिक शिक्षा लिनुभएकी खम्बुका श्रीमान् शुभराज सुनुवार माओवादी रामेछाप सदस्य हुनुहुन्छ।

जातीय, लिङ्गीय, वर्गीय र क्षेत्रीय अन्तर्विरोधलाई हल गर्ने गरी संविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा छ। जुझारु कार्यकर्ता, पार्टीको जनमुखी नीति र आफूले जनताका लागि गरेको त्यागका कारण आफूलाई जिताएको उहाँको तर्क छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]