मदन पुरस्कार गुठी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मदन पुरस्कार गुठीको लोगो

मदन पुरस्कार गुठी एक नाफारहित सामाजिक गुठी हो। यसले मुख्यरूपमा नेपाली साहित्यकारहरूलाई मदन पुरस्कार तथा जगदम्बा पुरस्कारबाट विभुषित गर्ने कार्य गर्दछ।

मदन पुरस्कार[सम्पादन गर्नुहोस्]

मूल लेख मदन पुरस्कार

स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो। पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो। गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम रू ४०००/- रहेकोमा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २००,०००/- भएको छ।

२०१३ सालमा पहिलोपटक “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा”का लागि चित्तरञ्जएन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।२०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।

जगदम्बाश्री पुरस्कार[सम्पादन गर्नुहोस्]

मूल लेख जगदम्बाश्री पुरस्कार

जगदम्बाश्री पुरस्कार रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको हो। रू. १००,०००/- राशिको पुरस्कार सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू. २००,०००/- छ। २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गर्नुभएको थियो।

मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बा-श्री पुरस्कार नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्या्उने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]