मध्यपश्चिमका समालोचना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मध्यपश्चिमका समालोचना (समालोचना)
लेखकनेपाली साहित्य परिवार
आवरण कलाकारसमाली बाबु
देशनेपाल
भाषानेपाली
विषयसमालोचना
प्रकाशकनेपाली साहित्य परिवार, महेन्द्र बहुमुखी क्याम्पस,नेपालगञ्ज, बाँके
प्रकाशित मिति
वि.सं. २०६६ माघ
पृष्ठ३०५
आइएसबिएन९७८-९९३७-२-२१२९-० Parameter error in {{isbnt}}: Invalid ISBN.

मध्यपश्चिमका समालोचना नेपाली साहित्य परिवार, नेपालगञ्जले प्रकाशन गरेको नेपाली भाषाको समालोचना विधाको एक उत्कृष्ट कृति हो। यस कृतिको प्रकाशनबाट नेपाली भाषाभाषीको विकास र मध्यपश्चिम क्षेत्रको साहित्यिक/भाषिक समालोचकीय स्वरूप अभिवृद्धि भएको छ। मध्यपश्चिममा समालोचना विधा विशेषगरी २०४६ को आन्दोलन पछि मात्रै विकास भएको पाइन्छ। समालोचना सिर्जनाको अनुवर्ती सिर्जना भएकोले पनि सिर्जना पछि मात्रै यसको विकास हुन्छ। सिर्जना बिना समालोचना हुँदैन। अध्ययन संस्कृतिको अभावका कारण पनि समालोचनाको विकास हुन सकेको छैन। साहित्यका पाठक छैनन् भन्ने चर्को आरोप लागिरहेको बेला समालोचनाको पुस्तक पढ्ने पाठक झन् कति नै होलान् र? समालोचना ´प्राज्ञिक मान्छेले लेख्ने र प्राज्ञिक मान्छेले पढ्ने` कुरो हो भन्ने सङ्कीर्ण बुझाइ हामीकहाँ रहेकै छ। सर्जकहरू पनि धेरै त आफ्नो कृतिको निष्पक्ष मूल्याङ्कन भन्दा पनि प्रशंसा लेखियोस् भन्ने चाहन्छन् भने समालोचकहरू पनि कहिलेकाहीँ कृति नै नपढी समालोचना गर्न प्रवृत्त हुन्छन्। यसैबाट नै नेपाली समालोचना धरापमा पर्दै गएको अनुभव हुन्छ। यसका बावजुद पनि नेपाली समालोचनाका आफ्नै पहिचान र अभीष्ट प्राप्तिहरू पनि छन्। तिनै प्राप्तिको संरक्षण गर्दै अगाडि बढ्नु यस मध्यपश्चिमका समालोचना कृतिको उद्देश्य रहेको छ। [१] खास गरी उमेरलाई आधार बनाई अग्रजदेखि अनुजसम्मका मध्यपश्चिम क्षेत्रमा रहेका जम्मा २८ समालोचकहरूले यस कृतिमा विभिन्न विषयमा समालोचना गर्दै आफ्ना समालोचनात्मक लेखहरू लेखेका छन्। यस सङ्ग्रहका समालोचकहरू मध्यपश्चिमका भए पनि उहाँहरूले गरेका समालोचना मध्यपश्चिम बाहिरका सिर्जनामा पनि आधारित छन्। ऐतिहासिक, कृतिपरक, प्रवृत्तिमूलक, सिर्जनशील तथा सैद्धान्तिक समालोचना यस सङ्ग्रहमा सङ्ग्रहित छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. [महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज]