मनपरेका केही कविता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनपरेका केही कविता
लेखकसुमन पोखरेल
देशनेपाल
भाषानेपाली
प्रकारअनुवाद
प्रकाशकशिखा बुक्स
प्रकाशित मिति
२०७४
Published in English
2018
पृष्ठ१७४
आइएसबिएन978-9937-9244-5-0

मनपरेका केही कविता (अङ्ग्रेजी: Manpareka Kehi Kavita) कवि, गीतकार तथा अनुवादक सुमन पोखरेलद्वारा अनुवाद गरिएको एउटा कविता सङ्ग्रह हो ।[१][२]

यस कृतिभित्र १५ जना विभिन्न देशका कविहरु अन्ना आख्मातोभा, अन्ना स्विर, एलेन गिन्सबर्ग, ओक्टाभियो पाज, गाब्रिएला मिस्ट्रल, ज्याक प्रेभर, डेलमिरा अगस्टिनी, नाजिक अल मलाइका, नाजिम हिकमत, निजार कब्बानी, पाब्लो नेरुदा, फरोग फारूखजाद, मोहमुद दरविस, यहुदा अमिसाई तथा सिल्भिया प्लाथका जम्मा ६४ ओटा कविताहरु अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद गरी प्रस्तुत गरिएका छन् ।[३][४][५][६][७][८][९][१०]


एउटा भाषाका शब्दलाई कविताबाट झिकेर अर्कोमा चोब्दै राख्दै गरेर मात्र अनुवाद हुँदैन । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नुपर्छ ।[१]
-सुमन पोखरेल

मनपरेका केही कविता पुस्तकबारे अभि सुवेदी भन्छन्, "...आफैँ कवि भएको कारणले गर्दा यिनका (सुमनका) यस सङ्कलनका कविता मौलिक कविता जस्तै बग्छन्।... सुमनले कठिनाइका पनि समाधान निकालेर अनुवाद गरेका छन्।...मैले पढेका प्रत्येक कविताको यिनले गरेको अनुवाद जति सलल्ल बगेको नेपालीमा हिजोआज पढ्न पाइएको थिएन।... साथै सुमनले कविहरूको परिचय दिएको शैली राम्रो छ । यिनको परिचयबाट पाठकले यी कवि, यिनले प्रतिनिधित्व गरेको समय र यिनले गरेका सङ्घर्षको चरित्र कसरी त्यो काव्यमा उतारिएको छ भन्ने कुरा थाहा पाउन सक्छन् ।[११]

कवि सुमन पोखरेल पुस्तकमा भन्छन्, 'अन्य भाषाका कविताबाट झिकेर नेपालीमा चोब्दै गरेर मात्र नहुँदो रहेछ । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नु पर्दोरहेछ । सिर्जनाको अनुवाद गर्नु भनेको प्रतिसिर्जना वा अधिसिर्जना गर्नु रहेछ । त्यसैले मैले यहाँ शब्दको अनुवाद गरेको छैन । अर्थ वा भावको वा अझ त्यसभन्दाभित्र बरु ती शब्दहरूले छेकेर बसेका दृष्य र सङ्गीतहरूको अनुवाद गर्ने प्रयास गरेको छु ।[१]

कवि मोमिलाले शब्दभन्दा पनि मूल कविताको भाव र आत्मामा बढी केन्द्रित भएर अनुवाद गरिएको हुनाले संग्रहका कविता नेपाली कविता नै भएर आएको बताएकी छन् भने कवि तुलसी दिवसका अनुसार अनुवाद जस्तो नलागेर मौलिक नेपाली कविता लाग्नुले अनुवादकको सामर्थ्य देखाएको धारणा राखेका छन् । [८][९] कवि विप्लव प्रतीकले मूल कृतिको आत्मा नमारी मौलिक नेपालीजसरी अनुवाद भएको यस संग्रहले नेपाली अनुवादसाहित्यमा स्पस्ट उपस्थिति जनाएको धारणा व्यक्त गरेका छन् भने कवि तथा समालोचक गीता त्रिपाठीले मनपरेका केही कविताले नेपाली अनुवाद साहित्यमा नयाँ दैलो खोलेको विचार व्यक्त गरेकी छन् ।[९]

यस पुस्तकमा निम्नानुसारका कविहरूका कविता रहेका छन् ।

तसवीर कवि राष्ट्रीयता भाषा कविता सङ्ख्या
अन्ना आख्मातोभा सोभियत, युक्रेनी रसियन
अन्ना स्विर पोल्याण्डेली पोलिस पाँच
एलेन गिन्सबर्ग अमेरिकी अङ्ग्रेजी दुई
ओक्टाभियो पाज मेक्सिकन स्पेनिस तीन
गाब्रिएला मिस्ट्रल चिलियाली स्पेनिस सात
ज्याक प्रेभर फ्रान्सेली फ्रान्सेली
डेलमिरा अगस्टिनी उरुग्वेली स्पेनिस चार
नाजिक अल मलाइका इराकी अरबी पाँच
नाजिम हिकमत तुर्केली तुर्क दुई
निजार कब्बानी सिरियाली अरबी तीन
पाब्लो नेरुदा चिलियाली स्पेनिस चार
फरोग फारूखजाद इरानी फारसी तीन
मोहमुद दरविस प्यालेस्टाइनी अरबी चार
यहुदा अमिसाई इजराइली हिब्रु सात
सिल्भिया प्लाथ अमेरिकी / बेलायती अङ्ग्रेजी तीन

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ पोखरेल, सुमन (२०७४), "भन्नैपर्ने - सुमन पोखरेल", मनपरेका केही कविता, काठमाडौँ: शिखा बुक्स, ISBN ९७८९९३७९२४४५०। 
  2. प्यासी, नवीन (जेठ ०१, २०७५), "कविता राम्रो–नराम्रो होइन मनपर्ने र नपर्ने हुन्छ - सुमन पोखरेल", enayapatrika.com, नयाँ पत्रिका, अन्तिम पहुँच २०१८-०६-०६ 
  3. त्रिपाठी, गीता (२०७५), "अनुवादमा 'मनपरेका केही कविता'" (अङ्क ७), कलाश्री, नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, पृ: 358–359। 
  4. "अनूदित कवितासङ्ग्रह ‘मनपरेका केही कविता’ सार्वजनिक", ammarwani.com, ८ बैशाख २०७५ , शनिबार, अन्तिम पहुँच २०१८-०६-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-०६ मिति
  5. नेरुदा, पाव्लो (बैशाख ६, २०७५), "विश्वसाहित्य : तिम्रा गोडा (कविता)", nepallive.com, अन्तिम पहुँच २०१८-०६-०५ 
  6. "‘मनपरेका केही कविता’ मा १५ विदेशी कविका सिर्जना", nepallive.com, बैशाख ८, २०७५, अन्तिम पहुँच २०१८-०६-०६ 
  7. बसन्त, मीनराज (८ बैशाख २०७५, शनिबार), "कविता लेखकसँग होइन, पाठकसँग सम्बन्धित छ: सुमन पोखरेल", farakdhar.com, अन्तिम पहुँच २०१८-०६-०६ [dead link]
  8. ८.० ८.१ "‘मनपरेका केही कविता’ बजारमा", samachardainik.com, सौर्य दैनिक, ०९ बैशाख २०७५, अन्तिम पहुँच २०१८-०६-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२५ मिति
  9. ९.० ९.१ ९.२ तारकिणी, राजेन्द्र (२१ अप्रिल, २०१८), "‘मनपरेका केही कविता’ उत्कृष्ट अनुदित सङ्ग्रह भएको दाबी", news24nepal.tv, अन्तिम पहुँच २०१८-०६-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-०६ मिति
  10. "‘मनपरेका केही कविता’ बजारमा", thahakhabar.com, बैशाख ८, २०७५, अन्तिम पहुँच २०१८-०६-०६ 
  11. पोखरेल, सुमन (२०७४), "मनपरेका कविताको वृत्त - अभि सुवेदी", मनपरेका केही कविता, काठमाडौँ: शिखा बुक्स, ISBN ९७८९९३७९२४४५०।  |chapter type= प्यारामिटर ग्रहण गरेन (सहायता)