मनाल अल सरिफ
मनल अल सरिफ | |
|---|---|
منال الشريف | |
सन् २०११ मा अल-सरिफ | |
| जन्म | २५ अप्रिल १९७९[१] मक्का, साउदी अरब |
| पेशा |
|
| चिनारीको कारण | साउदी अरबमा महिला सवारी चालक प्रतिबन्धको अवज्ञा[४] |
| जीवनसाथी | पहिलो पति ( सम्बन्धविच्छेद)राफेल ( वि २०१२) |
| सन्तान | २ |
मनाल अल-सरिफ (अरबी: منال الشريف, जन्म २५ अप्रिल १९७९) एक साउदी महिला अधिकारकर्मी कार्यकर्ता हुन्, जसले सन् २०११ मा महिलाहरूलाई गाडी चलाउन पाउने अधिकारको लागि अभियान सुरु गर्न मद्दत गरेकी थिइन्। वाजेह अल हुवाइदर ले अल-सरिफले गाडी चलाउँदै गरेको भिडियो खिचेकी थिइन्, जुन यस अभियानको एक भाग थियो।[५] उक्त भिडियो युट्युब र फेसबुकमा साझा गरिएको थियो।[४]
अल-सरिफ लाई २१ मे २०११ मा हिरासतमा लिइएको थियो र पछि रिहा गरिएको थियो र त्यसको भोलिपल्टै उनलाई पुन: पक्राउ गरिएको थियो।[२]३० मे मा, अल-शरीफलाई जमानतमा रिहा गरियो, तर उनलाई आवश्यक परेको खण्डमा सोधपुछका लागि फर्किनुपर्ने, गाडी चलाउन नपाउने र सञ्चार माध्यमसँग कुरा गर्न नपाउने सर्तहरू राखिएको थियो।
आफ्नो ड्राइभिङ अभियानपछि पनि अल-शरीफ साउदी सरकारको सक्रिय आलोचकको रूपमा रहेकी थिइन्। उनले ट्विटर मार्फत कारागारमा रहेका विदेशी महिला कामदारहरू, साउदी अरबयाको परामर्शदाता सभाका लागि निर्वाचनको अभाव र लामा अल-गामदीको हत्या जस्ता मुद्दाहरूमा आवाज उठाउँदै आएकी छिन्। उनको कार्यलाई विभिन्न सङ्घ-संस्थाहरूले मान्यता दिएका छन्।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]मनाल अल-शरीफले राजा अब्दुलअजीज विश्वविद्यालयबाट कम्प्युटिङमा विज्ञानमा स्नातक उतिर्ण गरेकी थिइन्।[३] मे २०१२ सम्म, उनले साउदी राष्ट्रिय तेल कम्पनी साउदी अरामकोमा सूचना सुरक्षा सल्लाहकारको रूपमा काम गरेकी थिइन्। उनले साउदी दैनिक पत्रिका अल-हयात का लागि पनि लेखहरू लेख्ने गर्थिन्।[६]
अल सरिफको पहिलो पुस्तक, डेयरिङ टु ड्राइभ, जुन २०१७ मा साइमन एन्ड सुस्टरद्वारा प्रकाशित गरिएको थियो।[७] यो पुस्तक जर्मनेली, अरबी, तुर्केली र डेनिस भाषाहरूमा पनि उपलब्ध छ।
महिला अधिकार अभियानहरू
[सम्पादन गर्नुहोस्]उनले धेरै वर्षदेखि साउदी अरबमा महिला अधिकारका लागि अभियान चलाउँदै आएकी थिइन्।[२] सन् २०११ को महिला ड्राइभिङ अभियानको सन्दर्भमा, एम्नेस्टी इन्टरनेसनलका अनुसार उनले विश्वभरका ती महिला कार्यकर्ताहरूको लामो परम्परालाई पछ्याउँदै भेदभावपूर्ण कानून र नीतिहरूलाई चुनौती दिन आफूलाई जोखिममा राखेको जनाएको थियो।
साउदी अरबमा महिलाको सवारी चालक अधिकार
[सम्पादन गर्नुहोस्]साउदी अरबमा महिलाहरूको हिँडडुल गर्ने स्वतन्त्रता सीमित थियो र व्यवहारमा उनीहरूलाई सार्वजनिक सडकमा सवारी साधन चलाउन अनुमति थिएन।[८] सन् १९९० मा, रियादका दर्जनौँ महिलाहरूले विरोधस्वरूप आफ्ना कारहरू चलाएका थिए, जसका कारण उनीहरूलाई एक दिनका लागि जेल हालिएको थियो, उनीहरूको राहदानी जफत गरिएको थियो र केहीले जागिर समेत गुमाएका थिए।[९] सेप्टेम्बर २००७ मा, साउदी अरबयामा महिला अधिकारको संरक्षण र रक्षाको लागि सङ्घ, जसको सह-संस्थापक वाजेह अल हुवाइदर र फोजिया अल-उयोनी लगायतले राजा अब्दुल्लाहलाई महिलाहरूलाई गाडी चलाउन अनुमति दिन माग गर्दै १,१०० जनाको हस्ताक्षर सहितको निवेदन बुझाएका थिए।[१०] सन् २००८ को अन्तर्राष्ट्रिय महिला दिवसमा, हुवैदरले आफैँले गाडी चलाएको भिडियो खिचेकी थिइन् र युट्युबमा साझा गरेपछि यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान खिचेको थियो।[९]
२०११ महिला ड्राइभिङ अभियान
[सम्पादन गर्नुहोस्]
सन् २०११ मा, मनाल अल सरिफ सहितका महिलाहरूको समूहले फेसबुकमा "मलाई गाडी चलाउन सिकाउनुहोस् ताकि म आफ्नो रक्षा गर्न सकूँ"[४] वा "विमिन टु ड्राइभ"[२] नामक अभियान सुरु गरेका थिए। यस अभियानले १७ जुन २०११ देखि महिलाहरूलाई गाडी चलाउन आह्वान गरेको थियो। मे को अन्त्यतिर, उनले अल-अक्रबिया, खोबारमा गाडी चलाएकी थिइन्। तत् पश्चात् उनलाई २१ मे मा धार्मिक प्रहरीले हिरासतमा लिएको थियो र छ घण्टापछि रिहा गरेको थियो।[४][११] २२ मे मा, अल-शरीफलाई फेरि हिरासतमा लिइएको थियो।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]अल सरिफका दुई छोरा छन्।[१२] उनको पहिलो छोरा हजुरआमासँग साउदी अरबमा बस्छन्, र उनको दोस्रो छोरा अल-शरीफसँग अस्ट्रेलियामा बस्दछन्। अल सरिफको दोस्रो विवाहबाट सन् २०१४ मा अर्को छोरालाई जन्म दिएकी थिइन्।[१३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Manal al-Sharif, "Manal Alsharif منال الشريف | Facebook", Facebook, अन्तिम पहुँच १९ अगस्ट २०११।
- ↑ २.० २.१ २.२ २.३ "Histoire du monde : le droit de conduire" (फ्रान्सेलीमा), RTBF, २३ मे २०११, मूलबाट २५ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०११। वेब्याक मेसिन अभिलेखिकरण २५ मे २०११ मिति
- ↑ ३.० ३.१ "Manal Al-Sharif - Computer Security Consultant II", LinkedIn, २०११, मूलबाट ३० नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०११।
- ↑ ४.० ४.१ ४.२ ४.३ Al-Shihri, Abdullah (२१ मे २०११), "Manal al-Sherif, Saudi Woman, Detained For Defying Driving Ban", Huffington Post, Associated Press, मूलबाट २३ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०११।
- ↑ al-Huwaider, Wajeha (२३ मे २०११), "The Saudi woman who took to the driver's seat", France 24, मूलबाट २६ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०११।
- ↑ "الحياة - Details", मूलबाट १९ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०१६। वेब्याक मेसिन अभिलेखिकरण १९ अक्टोबर २०१७ मिति
- ↑ Al-Sharif, Manal (१३ जुन २०१७), Daring to Drive, Simon & Schuster, आइएसबिएन 9781476793030, अन्तिम पहुँच २५ जुन २०१८।
- ↑ Vivian Salama (११ मे २०१३), "Baby Steps Toward Women's Rights in Saudi Arabia", The Daily Beast, मूलबाट २२ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुलाई २०१३।
- ↑ ९.० ९.१ Saudi women make video protest बीबीसी. Tuesday 11 March 2008. Retrieved on 23 May 2010.
- ↑ "2008 Human Rights Report: Saudi Arabia", United States State Department, २५ फेब्रुअरी २००९, मूलबाट २८ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०११।
- ↑ Stewart, Catrina (२३ मे २०११), "Saudi woman arrested after defying driving ban", The Independent (London), मूलबाट २३ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०११।
- ↑ Rose, Hilary (१२ अगस्ट २०१७), "How Manal al-Sharif became an accidental activist for Saudi Arabian women", The Sydney Morning Herald।
- ↑ Al-Sharif, Manal (९ जुन २०१७), "I Left My Son in a Kingdom of Men", The New York Times।