मन्डले क्षेत्र
मन्डले क्षेत्र म्यानमारको केन्द्र भागमा अवस्थित एक प्रमुख प्रशासनिक क्षेत्र हो। यसको राजधानी मन्डले सहर हो। यो क्षेत्रको कुल जनसंख्या करिब ६.१६ मिलियन छ। यो क्षेत्रको पश्चिममा सागाइङ र मागवे क्षेत्र , पूर्वमा सान राज्य , बागो क्षेत्र र दक्षिणमा कयिन राज्य पर्दछ। म्यानमारको अर्थतन्त्रमा मन्डले क्षेत्रको योगदान करिब १५ प्रतिशत रहेको छ।[१]

मन्डले क्षेत्र ऐतिहासिक, सांस्कृतिक र प्रशासनिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो। यो क्षेत्रमा ११ जिल्ला र २८ नगरपालिका र २,३२० वटा वार्ड र गाउँ संरचना रहेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]प्राचीन कालदेखि मन्डले क्षेत्र म्यानमारको राजनीतिक केन्द्रको रूपमा रहेको छ। तिब्बत-बर्मेली भाषा बोल्ने प्यू समुदाय यो क्षेत्रको पहिलो ऐतिहासिक बासिन्दा थिए। तिनीहरूले पहिलो शताब्दीमा तिर म्यानमारको मन्डले क्षेत्र नियन्त्रण गरेको थियो। तर नवौं शताब्दीको सुरुमा चिनको युनानबाट आएको नानझाओ साम्राज्यसँग युद्धका कारण प्यू समुदायको ठूलो नाश भएको थियो।[२]
नवौं शताब्दीमा बर्मेलीहरू यहाँ बसाइँ सरेर बगान सहर स्थापना गरेका थिए। बगान वंशले दुई शताब्दीमा केन्द्रिय म्यानमारमा प्रभुत्व जमायो। १२८७ मा मंगोलहरूले बगान साम्राज्यको अन्त्य गरेपछि मन्डले क्षेत्र विभिन्न सत्ताधारीहरूको अधीनमा पर्न गयो। १३६४ मा आभा राज्यले केन्द्रिय म्यानमारलाई पुनः एकीकृत गर्यो। १५५५ देखि १७५२ सम्म यो क्षेत्र टाउङ्गु राज्यको हिस्सा बन्यो। १८८५ को तेस्रो अङ्रेज-बर्मेली युद्धपछि कोन्बाउङ वंशको शासन समाप्त भयो।
ब्रिटिश प्रशासनले यो क्षेत्रमा सात विभागहरू गठन गर्यो, जसमा मन्डले, मेइक्तिला, मिन्बु, सागाइङ र सान राज्यहरू समावेश थिए।
दोस्रो विश्वयुद्धमा जापानी शासनको समय मन्डले क्षेत्र पनि प्रभावित भएको थियो।
प्रशासनिक संरचना
[सम्पादन गर्नुहोस्]मन्डले क्षेत्र ११ जिल्लामा विभाजित छ: आउङ्मेथाझान, महा आउङ्मे, अमरापुर, पिनूलविन, थाबेइक्किन, क्याउक्शे, टाडा-उ, म्यिङ्यान, न्याङ-उ, मेइक्तिला र यमेथिन। प्रत्येक जिल्लामा विभिन्न नगरपालिकाहरू र सहरहरू छन्। मन्डले क्षेत्रमा कुल २८ नगरपालिका र २,३२० वार्ड तथा गाउँ संरचना छन्।
प्रमुख नगरपालिकाहरूमा मन्डले, अमरापुर, पियुलिन, थाबेइक्किन र बगान पर्दछन्।
शासन व्यवस्था
[सम्पादन गर्नुहोस्]मन्डले क्षेत्रको सरकार मुख्य मन्त्रीको नेतृत्वमा कार्यान्वित हुन्छ। क्षेत्रीय विधान सभा मन्डले ह्लुत्तावले प्रशासनिक नीतिहरू निर्माण गर्छ। यहाँ ५७ जना निर्वाचित सदस्य र १९ जना सैनिक प्रतिनिधिहरू छन्।
न्यायिक प्रणाली अन्तर्गत मन्डले उच्च अदालत मुख्य न्यायिक निकाय हो। आठ जिल्ला अदालत र ३५ नगरपालिका अदालत यसअन्तर्गत सञ्चालनमा छन्। यसका साथै ५ विशेष अदालत पनि सञ्चालनमा छन्।[३]
जनसांख्यिकी
[सम्पादन गर्नुहोस्]२०१४ मा मन्डले क्षेत्रको जनसंख्या करिब ६.१६ मिलियन थियो। प्रमुख जाति बर्मेली हुन्, जसले जनसंख्याको ९५.८ प्रतिशत ओगट्च। अन्य जातिहरूमा सान, काचिन र चिनियाँ समुदायहरू पर्दछन्। मन्डले महानगर क्षेत्रमा युनानबाट आएको ठूलो चीनियाँ समुदाय पनि बसोबास गर्दछ। केही भारतीय समुदाय पनि यहाँ बसोबास गर्दै आएको छ।[४]
धर्म
[सम्पादन गर्नुहोस्]मन्डले क्षेत्रमा बौद्ध धर्मावलम्बीहरूको संख्या सबैभन्दा बढी छ, ९५.७ प्रतिशत। अन्य धर्मावलम्बीहरूमा मुस्लिम ३ प्रतिशत, क्रिश्चियन १.१ प्रतिशत र हिन्दू ०.२ प्रतिशत रहेका छन्। २०१६ को तथ्यांक अनुसार मन्डले क्षेत्रमा ९९,९६४ बौद्ध भिक्षु दर्ता छन्। [५]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]मन्डले क्षेत्रको अर्थतन्त्र मुख्यतः कृषिमा आधारित छ। यहाँ धान, गहुँ, मकै, तिल, मूँगफली, कपास, दलहन, तम्बाकू, खुर्सानी र तरकारी उत्पादन गरिन्छ। काठ, जस्तै टिक र चन्दन, पनि यहाँ उत्पादन गरिन्छ।
उद्योग क्षेत्रमा मदिरा, कपडा, चिनी कारखाना र रत्न खानीहरू छन्।
पर्यटन पनि अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ। मन्डले, अमरापुर, बगान, पिनूलविन, पोपा पर्वत र अवा क्षेत्र ऐतिहासिक स्थलहरूका रूपमा परिचित छन्।
शिक्षा
[सम्पादन गर्नुहोस्]२००५ मा मन्डले क्षेत्रको ४,४६७ विद्यालयमा करिब १ मिलियन विद्यार्थी अध्ययनरत थिए। यो क्षेत्रमा म्यानमार मेडिकल विश्वविद्यालय, म्यानमार डेन्टल मेडिकल विश्वविद्यालय, मन्डले प्राविधिक विश्वविद्यालय र म्यानमार कम्प्युटर अध्ययन विश्वविद्यालय जस्ता प्रमुख विश्वविद्यालय रहेका छन्। पियुलिनमा रक्षा सेवा विद्यालय र प्राविधिक विद्यालय पनि छन्।[६]
स्वास्थ्य सेवा
[सम्पादन गर्नुहोस्]म्यानमारमाको स्वास्थ्य सेवा कमजोर छ। सैनिक सरकारले घरेलु उत्पादनको ०.५–३ प्रतिशत मात्र स्वास्थ्य क्षेत्रमा खर्च गर्छ। सार्वजनिक अस्पतालमा औषधि र उपचार निःशुल्क भए पनि वास्तवमा बिरामीले तिर्नुपर्छ। मन्डले क्षेत्रमा २००२–२००३ मा ४४ अस्पताल र ४४ स्वास्थ्य क्लिनिक सञ्चालनमा थिए।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sub-national HDI – Area Database – Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१३।
- ↑ "Myanmar Divisions", Statoids, अन्तिम पहुँच २००९-०४-१०।
- ↑ "မန္တလေးတိုင်းတရားလွှတ်တော်အကြောင်း", Mandalay Region Government, मूलबाट २०२०-०९-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०९-२२। अभिलेखिकरण २०२०-०९-२४ वेब्याक मेसिन
- ↑ Stephen Mansfield (१९९९-०५-१३), "Myanmar's Chinese connection", The Japan Times।
- ↑ Department of Population Ministry of Labour, Immigration and Population MYANMAR (जुलाई २०१६), The 2014 Myanmar Population and Housing Census Census Report Volume 2-C, Department of Population Ministry of Labour, Immigration and Population MYANMAR, पृ: 12–15।
- ↑ Thiha Aung (२००५-०२-१३), "Mandalay Division marching to new golden land of unity and amity", The New Light of Myanmar।
- ↑ "PPI: Almost Half of All World Health Spending is in the United States", २००७-०१-१७, मूलबाट २००८-०२-०५-मा सङ्ग्रहित। अभिलेखिकरण २००८-०२-०५ वेब्याक मेसिन