सामग्रीमा जानुहोस्

नेपालको मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मन्त्रिमण्डलबाट अनुप्रेषित)

मन्त्रिपरिषद् वा सङ्घीय कार्यपालिका नेपालको सङ्घीय सरकारको कार्यकारी निकाय हो र प्रधानमन्त्री मन्त्रिपरिषद् प्रमुख हुन्। वर्तमान प्रधानमन्त्री बालेन शाह हुन्।[]

नेपालको संविधान २०७२ अनुसार नेपालको प्रधानमन्त्री नेपालको राष्ट्रपतिबाट नियुक्त हुने गर्दछ। नेपालको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले समावेशीकरणको सिद्धान्तका आधारमा सङ्घीय संसद्का सदस्य मध्येबाट पच्चीस जनाभन्दा बढी सदस्य नरहने गरी मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था रहेको छ।[]

पदमुक्त हुने आधार

[सम्पादन गर्नुहोस्]

नेपालको संविधान अनुसार मन्त्रीद्वारा पद छाड्ने वा हटाइने आधारहरू निम्न रहेका छन्:[]

  • लिखित राजिनामा दिएमा,
  • प्रधानमन्त्रीले पदमुक्त गरिदिएमा,
  • प्रधानमन्त्रीको कार्यालय खाली भएमा,
  • मन्त्रिको निधन भएमा।

वर्तमान मन्त्रिपरिषद्

[सम्पादन गर्नुहोस्]

वर्तमान मन्त्रिपरिषद्: बालेन शाह मन्त्रिपरिषद्
गठन भएको मिति
: वि.सं. २०८२ चैत १३

मन्त्रिपरिषद्का सदस्यहरू

[सम्पादन गर्नुहोस्]
क्र.सं. मन्त्रालय मन्त्री राजनीतिक दल पदभार ग्रहण पदमुक्त
मन्त्रिपरिषद्का सदस्यहरू
प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी २०८२ चैत १३[] बहालवाला
अर्थ मन्त्री स्वर्णिम वाग्ले २०८२ चैत १३[] बहालवाला
गृह मन्त्री सुधन गुरुङ २०८२ चैत १३ बहालवाला
परराष्ट्र मन्त्री शिशिर खनाल २०८२ चैत १३ बहालवाला
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल २०८२ चैत १३ बहालवाला
सहरी विकास मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल २०८२ चैत १३ बहालवाला
युवा तथा खेलकुद मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल २०८२ चैत १३ बहालवाला
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता २०८२ चैत १३ बहालवाला
खानेपानी मन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ २०८२ चैत १३ बहालवाला
१० सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिना २०८२ चैत १३ बहालवाला
११ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल २०८२ चैत १३ बहालवाला
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
१२ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह २०८२ चैत १३ बहालवाला
१३ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम २०८२ चैत १३ बहालवाला
१४ कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी २०८२ चैत १३ बहालवाला
वन तथा वातावरण मन्त्री
१५ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी २०८२ चैत १३ बहालवाला

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "बालेनले लिए प्रधानमन्त्री पदको शपथ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०८२ चैत १३
  2. "नेपालको संविधान", कानुन आयोग, अन्तिम पहुँच ७ जुन २०१७
  3. "नेपालको संविधान २०७२", नेपाल कानुन आयोग (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० अभिलेखिकरण २०२३-०४-२० वेब्याक मेसिन
  4. "बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, नयाँ सरकारका तीन प्रमुख चुनौती", बीबीसी नेपाली (नेपालीमा), १३ चैत २०८२।
  5. "यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्", कान्तिपुर (नेपालीमा), १३ चैत २०८२।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]