सामग्रीमा जानुहोस्

मरून फाइभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मरून फाइभ
मरून फाइभ सन् २०१९ मा प्रस्तुति दिँदै
व्यक्तिगत विवरण
उपनाम
  • काराज फ्लावर्स (सन् १९९४–२००१)
  • मरून (सन् २००१)[][]
उत्पत्तिलस एन्जलस, क्यालिफोर्निया, अमेरिका
विधा
सक्रिय वर्षसन् १९९४–हाल
लेबल
वेबसाइटmaroon5.com Edit this at Wikidata
सदस्यहरू
पूर्व सदस्य(हरू)

मरून फाइभ क्यालिफोर्निया राज्यको लस एन्जलसस्थित एक अमेरिकी पप रक साङ्गीतिक समूह हो।[][] यसमा प्रमुख गायक र लय गितारवादक एडम लेभिन, रिदम गितारवादक र किबोर्डवादक जेसी कारमाइकल, प्रमुख गितारवादक जेम्स भ्यालेन्टाइन, ड्रमर म्याट फ्लिन, किबोर्डवादक पिजे मोर्टन र बासिस्ट साम फरार रहेका छन्। मूल सदस्यहरू लेभिन, कारमाइकल, बासिस्ट मिकी म्याडेन, र ड्रमर रायन डुसिक पहिलो पटक सन् १९९४ मा काराज फ्लावरको रूपमा एकसाथ आएका थिए र यसको गठन भएको थियो।

आफ्नो स्वतन्त्र एल्बम वि लाइक डिगिङको जारी पछि, ब्यान्डले रिप्राइज रेकर्ड्समा हस्ताक्षर गरेको थियो र सन् १९९७ मा एल्बम जारी गरेको थियो। एल्बमले सुस्त प्रतिक्रिया प्राप्त गरेसँगै, रेकर्ड लेबलले ब्यान्ड छोडेको थियो र सदस्यहरूले कलेजमा केन्द्रित भएका थिए। सन् २००१ मा, एक फरक दिशा पछ्याउँदै र गितारवादक भ्यालेन्टाइनलाई थप्दै ब्यान्ड फेरि मरुन फाइभको रूपमा उदाएको थियो।[] ब्यान्डले जे रेकर्ड्ससँग छुट्टै संयुक्त उद्यम सम्बन्ध भएको एक स्वतन्त्र रेकर्ड लेबल अक्टोन रेकर्ड्ससँग हस्ताक्षर गरेको थियो र जुन २००२ मा उनीहरूको पहिलो एल्बम सङ्ग्स अबाउट जेन जारी गरेको थियो। सफल एकल "हार्डर टु ब्रिथ", "दिस लभ" र "सि विल बि लभ्ड" द्वारा समर्थित, एल्बम बिलबोर्ड २०० चार्टमा छैटौँ नम्बरमा पुगेको थियो।[] सोही वर्ष, ब्यान्डले सर्वश्रेष्ठ नयाँ कलाकारको लागि ग्रामी पुरस्कार जितेको थियो। सन् २००६ मा, डुसिकले हात र काँधमा गम्भीर चोट लागेपछि ब्यान्ड छोडेका थिए र उनको स्थानमा म्याट फ्लिनलाई नियुक्त गरिएको थियो।[]

ब्यान्डको दोस्रो एल्बम इट्स नट बि सुन बिफोर लङ मे २००७ मा सार्वजनिक भएको थियो। यो अमेरिकी बिलबोर्ड २०० चार्टमा शीर्ष स्थानमा पुगेको थियो र प्रमुख गीत "मेक्स मि वन्डर", बिलबोर्ड हट १००मा समूहको पहिलो शीर्ष स्थानमा पुग्ने गीत बन्न सफल भएको थियो।[] सन् २०१० मा, ब्याण्डले आफ्नो तेस्रो एल्बम ह्यान्ड्स अल ओभर जारी गरेको थियो, अनुकूल समीक्षाको र एक वर्ष पछि एकल गीत "मुभ्स लाइक ज्यागर" समावेश गर्न पुन: जारी गरिएको थियो, जुन बिलबोर्ड हट १०० मा शीर्ष स्थानमा थियो। सन् २०१२ मा, कारमाइकलले समूह छोड्दै सङ्गीतकार पिजे मोर्टनद्वारा प्रतिस्थापित भएका थिए। त्यसपछि ब्यान्डले चौथो एल्बम ओभरएक्सपोज्ड जारी गरेको थियो, जुन "वान मोर नाइट" गीतको साथ, लगातार नौ हप्तासम्म बिलबोर्ड हट १०० चार्टमा शीर्ष स्थानमा रहेको थियो।

सन् २०१४ मा, कारमाइकलले मोर्टनसँग पाँचौँ एल्बम फाइभ रेकर्ड गर्न ब्यान्डमा पुन: सामेल भएका थिए, ब्यान्डले इन्टरस्कोप रेकर्ड्स र लेभिनको आफ्नै लेबल २२२ रेकर्ड्समा हस्ताक्षर गरेको थियो। फाइभको जारी पछि, यो बिलबोर्ड २०० मा नम्बर एक मा पुगेको थियो। सन् २०१६ मा, मरून फाइभले आफ्नो लामो समयको सहयोगी साम फरारलाई भर्ती गरेको थियो र सँगसँगै ब्यान्डले छैटौँ स्टुडियो एल्बम रेड पिल ब्लुज नोभेम्बर २०१७ मा जारी गरिएको थियो। मोर्टन र फरारको थपसँगै ब्यान्डको लाइनअप सात सदस्यमा वृद्धि भएको थियो। दुवै एल्बम "सुगर" र "गर्ल्स लाइक यु" को सफल एकल गीत क्रमशः हट १०० चार्टमा दोस्रो र एक नम्बरमा पुगेको थियो। म्याडेनले सन् २०२० मा घरेलु हिंसाको आरोपमा पक्राउ परेपछि ब्यान्डबाट बाहिरिने घोषणा गरेका थिए। ब्यान्डको सातौँ एल्बम, जोर्डी, जून २०२१ मा जारी गरिएको थियो। मरून फाइभले १२ करोड भन्दा बढी रेकर्डहरू बेचेको छ, जसले उनीहरूलाई विश्वको सबैभन्दा धेरै बिक्री हुने सङ्गीत कलाकारहरू मध्ये एक बनाएको छ।[] जनवरी २०२३ मा, "मुभ्स लाइक ज्यागर" सबै समयको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको गीत भएको घोषणा गरिएको थियो।[१०][११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Maroon. Formerly known as Kara's Flowers", MaroonMusic.com, मूलबाट जुलाई २०, २००१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२२  वेब्याक मेसिन अभिलेखिकरण २० जुलाई २००१ मिति
  2. Carmichael, Jesse, "news", MaroonMusic.com, मूलबाट २००१-०८-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२२  वेब्याक मेसिन अभिलेखिकरण २००२-०२-१२ मिति
  3. "Up close with Maroon 5- Facebook and Twitter competition to give patron meeting with Rock band", The Gleaner, जनवरी २, २०११, मूलबाट नोभेम्बर २१, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १७, २०११ 
  4. "Maroon 5", बिलबोर्ड, मूलबाट अप्रिल ४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १७, २०११ 
  5. Leahey, Andrew, "Kara's Flowers", AllMusic. Rovi Corporation, मूलबाट जुलाई २०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ३१, २०१२ 
  6. "Maroon5 Breaks Out Slowly But Surely", Billboard, अगस्ट १३, २००३, मूलबाट फेब्रुअरी ७, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १८, २०१४ 
  7. "Maroon 5", GRAMMY.com, मार्च १७, २०१४, मूलबाट मार्च ३०, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ४, २०१९ 
  8. Moss, Corey (मार्च ६, २००७), "Maroon 5 Back With 'Harder' Album After Adam Levine Gets Sick Of Partying", MTV News, मूलबाट नोभेम्बर २१, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २००७  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर २१, २००९ मिति
  9. Griwkowsky, Fish (डिसेम्बर ४, २०१९), "CONCERT ANNOUNCEMENT: Maroon 5 at Rogers Place Aug. 12 on 2020 Tour", Edmonton Journal, मूलबाट डिसेम्बर ५, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ४, २०१९ 
  10. "Bio", Maroon5sin, अन्तिम पहुँच २५ जुलाई २०२३ 
  11. "MAROON 5 CELEBRATES GRAND OPENING OF EXCLUSIVE LAS VEGAS ENGAGEMENT AT PARK MGM WITH SERIES OF SOLD-OUT SHOWS", Newsroom.MGMresorts, अन्तिम पहुँच २७ जुलाई २०२३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]