सामग्रीमा जानुहोस्

ड्र्यागन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मलःबाट अनुप्रेषित)
मलः
स्वयम्भू स्तूपको शिल्पमा भएको मलःको चित्र

मलः (ड्र्यागन) संसारभरका विभिन्न संस्कृतिहरूका लोककथाहरूमा पाइने एउटा पौराणिक प्राणी हो। यसको आकार सर्पजस्तो हुन्छ, र विभिन्न अरू जनावरहरूका विशेषताहरू पनि हुन्छन्, जस्तै पखेटा र नङ्ग्राहरू। लगभग सबै संस्कृतिहरूमा यसलाई एउटा बलियो र विस्मयकारी प्राणीका रूपमा कल्पना गरिन्छ।

धार्मिक मूर्ति, काठको झ्यालढोका, धातुको काम, र मन्दिरका सजावटहरूमा मलः को रूप प्रयोग गरिएको देखिन्छ। यसलाई प्रायः शक्ति, सुरक्षा र बलको प्रतीक मानिन्छ। विशेष गरी, बौद्ध धर्मका कारण पनि मलः जस्ता पौराणिक प्राणीहरूको कल्पना, कला, र कथाहरूमा समावेश भएको भेटिन्छ।[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Smaran Nakarmi - MaLa - The Mythical Creature", www.nakarmismaran.com.np (नेपालीमा), अन्तिम पहुँच २०२६-०३-०५।