मसला डोसा
| वैकल्पिक नामहरू | मसले डोसे |
|---|---|
| प्रकार | डोसा |
| परिकार | चटनी, साम्भर, आलुको तरकारी |
| क्षेत्र वा राज्य | दक्षिण भारत |
| खान उपयुक्त | तातो |
| मुख्य सामग्रीहरू | चामल र विभिन्न दलहन (कालो मास, रहर, चना) को किण्वित घोल, विभिन्न मसलाहरू (मेथी, रातो खुर्सानी) |
| विभिन्नता | रवा मसला डोसा, प्याज मसला डोसा, पेपर मसला डोसा |
मसला डोसा (तमिल: மசாலா தோசை, masala dhōsai, कन्नड: ಮಸಾಲೆ ದೋಸೆ, masāle dōse) दक्षिण भारतको एक परिकार हो, जसमा मसलेदार आलुको भुटाइ भरिएको स्वादिलो डोसा हुन्छ। यो दक्षिण भारतमा लोकप्रिय नास्ताको परिकार हो, तर दिनको जुनसुकै समयमा पनि खान सकिन्छ र भारतका अन्य धेरै भागहरू[१][२] तथा विदेशमा पनि पाइन्छ।[३][४]
इतिहास
[सम्पादन]सन् १९३० को दशकमा मद्रास (हालको चेन्नई) मा लोकप्रिय उडुपी शैलीको होटल श्री कृष्ण विलास होटल (माउन्ट रोड)[५] तथा पछि न्यु वुडल्यान्ड्स होटल सञ्चालन गर्ने रेस्टुराँ व्यवसायी के. कृष्ण रावले यस परिकारको सिर्जना तथा लोकप्रियकरण गरेका थिए। यी दुवै होटल उडुपी खानाको अग्रणी मानिन्थे। रावलाई मसला डोसाका सर्जकका रूपमा पनि मानिन्छ।[६][७][८]
एउटा कथाअनुसार यसको उत्पत्ति मैसुरका राजा सोमेश्वर तृतीय (सन् ११२६–११३८) का भान्सेहरूले बाँकी रहेको तरकारीलाई डोसासँग मिसाएर बनाएका कारण भएको मानिन्छ।[९] यद्यपि, उनको शासनकालमा सङ्कलित मानसोल्लास मा दोसक (Dosaka) नामक डोसासँग मिल्दोजुल्दो परिकारको उल्लेख पाइन्छ, आलु भने नयाँ विश्वको बोट भएकाले १६औँ शताब्दीमा पोर्तुगालीहरूको आगमनपछि मात्र भारतमा भित्रिएको थियो।[१०]
तयारी
[सम्पादन]सहरअनुसार यसको विधिमा केही भिन्नता पाइए पनि,[१] यसको आधारभूत विधि सामान्यतया उसिनेको चामल, चिउरा र विभिन्न दलहन (मास, रहर र चना) को घोलबाट सुरु हुन्छ। स्वादका लागि मेथी र सुक्खा रातो खुर्सानीजस्ता विभिन्न मसलाहरू पनि मिसाइन्छन्। चामल र दलहनलाई रातभरि पानीमा भिजाएर किण्वन गरिन्छ, त्यसपछि पिसेर घोल तयार गरिन्छ। डोसा बनाउन तयार गरिएको घोललाई डाडु वा सानो कचौराको सहायताले तातो तवामा पातलो गरी फैलाइन्छ। यसलाई तवामा कुरकुरे हुने गरी सेकिएपछि आलुको तरकारीले भरिन्छ र चटनी तथा साम्भरसँग परोसिन्छ।[११] यसको एउटा सामान्य प्रकार पेपर मसला डोसा हो, जुन अझ पातलो घोलबाट बनाइन्छ। यसले गर्दा तयार डोसा अत्यन्तै कुरकुरे र कागजजत्तिकै पातलो हुन्छ।
भिन्नताहरू
[सम्पादन]- आलुको तरकारीको भराइ देखिने गरी मोड्नुअघि तयार गरिएको मसला डोसा
- पेपर मसला डोसा
- मद्रास विशेष मसला डोसा
- कर्नाटक शैलीको मसला डोसा
- एमटीआर मसला डोसा
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- 1 2 Ramnath, N.S., "American Dosa", Forbes।
- ↑ "What A Masala dosa Costs Around The World", Huffingtonpost.in, Huffingtonpost India, १६ मार्च २०१५।
- ↑ Romig, Rollo (७ मे २०१४), "Masala dosa to Die For", The New York Times।
- ↑ "Dosa's complex spices hit the spot", Sfchronicle.com/, San Francisco chronicle, २५ मार्च २०१५।
- ↑ "Krishna Rao of Woodlands — Man who took iconic Udupi cuisine to global palate", www.dtnext.in, ३ जनवरी २०२१।
- ↑ Socians, The (२०१९-११-१५), "Origin of Masala Dosa: Know How From a Sin Accompanied by a Bad Habit to Delicious South Indian Food", Socians (अङ्ग्रेजीमा), मूलबाट १७ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-१७, "K. Krishna Rao who is also regarded as the originator of the masala dosa in its modern form, ran Old Woodlands in Chennai during the early 1940s." अभिलेखिकरण २०२२-११-१७ वेब्याक मेसिन
- ↑ "India's new offering to curry Western flavor", Asia Times Online, २००४-०२-०२, मूलबाट २ फेब्रुअरी २००४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-२२। अभिलेखिकरण २००४-०२-०२ वेब्याक मेसिन
- ↑ Nair, P. Thankappan (२००४), South Indians in Kolkata: History of Kannadigas, Konkanis, Malayalees, Tamilians, Telugus, South Indian Dishes, and Tippoo Sultan's Heirs in Calcutta (अङ्ग्रेजीमा), Punthi Pustak, आइएसबिएन 978-81-86791-50-9।
- ↑ Crispy masala dosa: An Indian breakfast dish with mysterious origins
- ↑ "The Journey of Masala Dosa: From Batter to Bliss", १५ अप्रिल २०२५।
- ↑ Praveen, M. P.; Krishnakumar, G. (१३ जुन २०१४), "Masala dosa slips out of reach", The Hindu (Chennai, India)।