महादेवी
| महादेवी | |
|---|---|
| |
१८औँ शताब्दीको महादेवीको चित्र, बिकानेर, राजस्थान | |
| देवनागरी | महादेवी |
| आबद्ध | |
| वासस्थान | मणिद्वीप |
| मन्त्र | ॐ ऐं ह्रीं श्रीं क्लीं[१] |
| अस्त्र | देवी चक्र, पाश, अङ्कुश, त्रिशूल |
| प्रतीक | ह्रीं, ॐ, श्री यन्त्र |
| वाहन | सिंह |
| धर्मग्रन्थहरू | देवी माहात्म्य, देवीभागवत पुराण, मार्कण्डेय पुराण, ब्रह्माण्ड पुराण, कालिका पुराण, लक्ष्मीतन्त्र, ललितासहस्रनाम, सौन्दर्यलहरी, शिव पुराण, शाक्त उपनिषद् जस्ता देवी उपनिषद्[२] |
| चाडपर्वहरू | नौरथा, दुर्गा पूजा, वसन्त पञ्चमी, लक्ष्मी पूजा, काली पूजा, दुर्गा अष्टमी, ललिता जयन्ती, आदि-पुरम् |
महादेवी (जसलाई देवी, महामाया र आदि पराशक्ति[३] पनि भनिन्छ) हिन्दु धर्मकी सर्वोच्च देवी हुन्।[४][५] महादेवी केन्द्रित सम्प्रदाय शाक्त अनुसार, सबै हिन्दु देवी-देवताहरूलाई यिनै महान् देवीका रूप मानिन्छ, जसलाई परब्रह्म वा परम सत्यको रूपमा स्वीकार गरिएको छ।[६]
शाक्त सम्प्रदायका मानिसहरूले उनलाई प्रायः दुर्गाको रूपमा पूजा गरी उनका अन्य थुप्रै रूपहरू रहेको कुरामा विश्वास गर्छन्।[७][८] शाक्त ग्रन्थहरूमा महादेवीलाई 'मूलप्रकृति'को (आदि देवी) रूपमा उल्लेख गरिएको छ जसका; पार्वती, लक्ष्मी, सरस्वती, गायत्री र राधा गरी पाँच प्राथमिक रूपहरू र यसलाई सामूहिक रूपमा 'पञ्चप्रकृति' भनिन्छ। यी रूपहरू बाहेक महादेवीको त्रिपुरसुन्दरी रूपलाई शाक्त धर्मको सर्वोच्च देवीको रूपमा पहिचान गरिएको छ।[९] लेखक हेलेन टि बोर्सियरले उल्लेख गरेअनुसार, "हिन्दु दर्शनमा वैष्णव धर्मकी मुख्य देवी लक्ष्मी र शैव धर्मकी मुख्य देवी पार्वतीलाई महादेवीको शक्ति वा दैवी शक्तिको अभिव्यक्तिको रूपमा चिनिन्छ।"[१०]
विशेषणहरू
[सम्पादन गर्नुहोस्]महादेवीलाई अन्य धेरै नामहरूले चिन्न सकिन्छ। उनलाई सामान्यतया मूलप्रकृति ('जो आदिम तत्व हुन्') र महामायाको ('जो माया भन्दा पर छिन्') रूपमा चिनिन्छ।[११] देवीभागवत पुराण र ललितासहस्रनामले महादेवीका असङ्ख्य विशेषणहरूको वर्णन गरेका छन्। यी नामहरूमा उनका दैवी र संहारकर्ता जस्ता दुवै विशेषताहरू समावेश छन्।[११] देवी भागवत पुराणमा उनलाई 'सबैकी माता', 'सबै प्राणीहरूमा रहेको प्राणशक्ति' र 'सर्वोच्च ज्ञान स्वरूपिणी' भनी वर्णन गरिएको छ। ललितासहस्रनामले उनलाई विश्वाधिका ('ब्रह्माण्डभन्दा पर रहेकी'), सर्वगा ('सर्वव्यापी'), विश्वधारिणी ('ब्रह्माण्डलाई धारण गर्ने'), राक्षसघ्नी ('दानवहरूको वध गर्ने'), भैरवी ('भयानक') र संहारिणीका ('विनाश गर्ने') रूपमा पनि वर्णन गरेको छ।[११] महादेवीका संहारकारी विशेषताहरूलाई 'आर्यास्तव' नामक स्तोत्रमा थप व्याख्या गरिएको छ, जहाँ उनलाई कालरात्रि ('मृत्युको रात') र निष्ठा ('मृत्युको स्वरूप') भनिएको छ।[११]
रूपहरू
[सम्पादन गर्नुहोस्]महविद्या
[सम्पादन गर्नुहोस्]महाविद्या महादेवीका १० तान्त्रिक देवीहरू वा पक्षहरू हुन् जसले उनको प्रकृति र विभिन्न उद्देश्यका लागि विभिन्न रूपहरूमा प्रकट हुने क्षमतालाई प्रदर्शन गर्छन्। महविद्या शब्दको अर्थ 'महान ज्ञान' हो भने यसलाई थप स्पष्टसँग बुझ्न दशमहविद्या विशेषणको पनि प्रयोग गरिन्छ।[१२] महविद्याहरूलाई १०औँ शताब्दीदेखि एउटा समूहको रूपमा चिनिँदै आएको छ[१२] र यसमा सामान्यतया क्रमअनुसार काली, तारा, त्रिपुरसुन्दरी, भुवनेश्वरी, छिन्नमस्ता, भैरवी, धूमावती, बगलामुखी, मातङ्गी र कमला पर्दछन्।[१३] गुह्यातिगुह्य-तन्त्र, तोडल-तन्त्र र मुण्डमाला-तन्त्र जस्ता ग्रन्थहरूले १० महविद्याहरूलाई विष्णुका दशावतारसँग तुलना गरेका छन्। किन्स्लीका अनुसार, महविद्याहरूले विष्णुका अवतारहरूको तुलनामा कम ब्रह्माण्डीय भूमिकाहरू निर्वाह गरेतापनि उनीहरूको उद्देश्य महादेवी आफ्ना विभिन्न रूपहरू मार्फत वास्तविकताका सबै पक्षहरूमा व्याप्त छिन् भन्ने देखाउनु हो।[१३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Narayanananda 1960, पृष्ठ 50.
- ↑ Jones, Constance; Ryan, James (२०१४), Encyclopedia of Hinduism, Infobase Publishing, पृ: ३९९, आइएसबिएन 978-0816054589।
- ↑ Mani, Vettam (१९७५), Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, पृ: 217–219, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ Vanamali (२००८-०७-२१), "3. Mahadevi", Shakti: Realm of the Divine Mother (अङ्ग्रेजीमा), Simon and Schuster, आइएसबिएन 978-1-59477-785-1।
- ↑ Dalal, Roshen (२०१९-०१-०६), The 108 Upanishads: An Introduction (अङ्ग्रेजीमा), Penguin Random House India Private Limited, आइएसबिएन 978-93-5305-377-2।
- ↑ Hay, Jeff (२००९-०३-०६), World Religions (अङ्ग्रेजीमा), Greenhaven Publishing LLC, पृ: 284, आइएसबिएन 978-0-7377-4627-3।
- ↑ Pintchman, Tracy (२००१-०६-२१), Seeking Mahadevi: Constructing the Identities of the Hindu Great Goddess (अङ्ग्रेजीमा), SUNY Press, पृ: 9, आइएसबिएन 978-0-7914-5007-9।
- ↑ Bonnefoy 1993, पृष्ठ 95.
- ↑ Dalal, Roshen (२०१०), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin Books India, पृ: 221, आइएसबिएन 978-0-14-341421-6।
- ↑ Boursier 2021, पृष्ठ 30.
- 1 2 3 4 Kinsley 1998, पृष्ठ ढाँचा:Pn.
- 1 2 Foulston, Lynn; Abbott, Stuart (२००९), Hindu goddesses: beliefs and practices, Brighton: Sussex Academic, पृ: 116–117, आइएसबिएन 978-1-902210-43-8।
- 1 2 Kinsley, David (१९९७), Tantric Visions of the Divine Feminine, University of California Press, पृ: 9, 21, 22, आइएसबिएन 978-0-520-91772-9, डिओआई:10.1525/9780520917729।