महालक्ष्मी श्रेष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माओवादीको तर्फबाट सभासद्मा विजयी महालक्ष्मी श्रेष्ठ माओवादी केन्द्रीय सल्लाहकार समिति अध्यक्ष कृष्णदास श्रेष्ठपत्नी पनि हुनुहुन्छ। राजनीतिक पारिवारिक वातावरणमा हुर्कनुभएकी श्रेष्ठले राजनीति र समाजसेवाका कामलाई सँगसँगै लानुभयो। गान्धीवादी राजनीतिबाट निर्देशित उहाँको माइती परिवारकी श्रेष्ठ बिहेपछि मात्र वाम विचारतर्फ आकर्षित हुनुभयो।

श्रेष्ठका दाजुहरू ००७ का योद्धा हुनुहुन्थ्यो। राजनीतिक काममा खुलेर भने उहाँ ०४७ पछि मात्र लाग्नुभयो। त्यसबेलाको नेकपा मालेमा निकट महिला सङ्घको केन्द्रीय सदस्य हुनुभयो। १४ वर्षको उमेरमा एसलएलसी पास गरेर बिहे गर्नुभएकी ७० वर्षीया श्रेष्ठ कलाशास्त्र र पुस्तकालयशास्त्रमा स्नातक हुनुहुन्छ। २७ वर्षसम्म त्रिचन्द्र क्याम्पसमालाई ब्रेरियन हुनुभएकी श्रेष्ठ नेपालमा पुस्तकालयलाई व्यवस्थित गर्दै अध्ययन संस्कृतिलाई प्रबर्द्धन गर्ने कुरा संविधानमै सुनिश्चित गराउने उहाँको पहिलो एजेण्डा रहेको छ।

संविधानसभाको चुनाव हुनु केही समय अघि मात्र नेकपा मालेमा माओवादीसँग पार्टी एकता गर्दा माओवादीमा प्रवेश गर्नुभएका श्रेष्ठले माओवादीको अग्रगामी कार्यदिशा र सविधानसभा नै माओवादीको एजेण्डा भएकाले आफू विजयी भएको बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]