सामग्रीमा जानुहोस्

महिनावारी प्याड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महिनावारी प्याड
विभिन्न प्रकारका महिनावारी प्याडहरू
विभिन्न ब्रान्डहरूको साथ प्याडहरू

महिनावारीको प्याड (अन्य नामः स्यानिटरी प्याड, मासिक धर्म प्याड) भनेको एक अवशोषक वस्तु हो जसलाई मुख्यतया महिनावारी हुँदा महिलाहरूले प्रयोग गर्दछन्।यसलाई बच्चा जन्माए पछि रजस्वला हुँदा, स्त्री रोग शल्यक्रिया पछि पुनःप्राप्ति हुने अवस्थामा, गर्भपतन गर्दा, वा कुनै अन्य अवस्थामा पनि उपयोग गरिन्छ र यसले योनीबाट रगतको बहावलाई सोस्ने काम गर्दछ। महिनावारीको प्याड एक प्रकारको महिनावारी स्वच्छता उत्पादन हो जसलाई बाह्य रूपमा लगाइन्छ जहाँ यसको विपरित तम्पन र महिनावारी कपलाई भने योनी भित्र लगाइन्छ। प्याडहरू सामान्य रूपमा पाइन्ट्स र पेन्टी हटाएर परिवर्तन गरिन्छ, पुरानो प्याडलाई बाहिर ल्याई नयाँ प्याडलाई पेन्टीको भित्र टाँसिन्छ र पछि तानिन्छ। रगतमा फस्टाउने केही ब्याक्टेरियाहरू बच्न नसकुन् भन्ने उद्देश्यले प्याडहरूलाई ३-४ घण्टामा परिवर्तन गर्न सल्लाह दिइन्छ।[] यो समयमा लगाउने प्रकार, बहाव र यो कहिलेसम्म लगाइन्छ भन्ने कुरामा पनि भिन्नता हुन सक्छ। महिनावारीको समयमा प्याडको प्रयोग गर्दा सूती फाइबरबाट बनेको स्यानिटरी प्याड प्रयोग गर्नुपर्छ। सूती फाइबरबाट बनेका प्याडहरूले कृत्रिम सामग्रीको तुलनामा धेरै रगत सोस्छन् र यो आरामदायक पनि हुन्छ।

महवारीका प्याड विभिन्न सामाग्रीबाट बनेका हुन्छन्। शैली, उत्पादन गर्ने देश, र ब्रान्ड अनुसार भिन्नता यसमा हुने गर्दछ।[] यी प्याडहरू पिशाबको समस्या हुने व्यक्तिहरूले लगाउने प्याड जस्तै होइनन्, जसमा सामान्यतः उच्च सोसाई हुन्छ। यद्यपि महवारीका प्याडहरू यस प्रयोगका लागि बनेका छैनन्, केहीले यस उद्देश्यका लागि तिनीहरूलाई प्रयोग गर्छन्।

एकपटक प्रयोग हुने वा डिस्पोजेबल

उत्पादकहरूले प्रायः आफ्ना उत्पादनहरूको पूर्ण संरचना सार्वजनिक गर्न नचाहे पनि, एकपटक प्रयोग हुनेः प्याडका मुख्य सामग्रीहरू प्रायः ब्लीच गरिएको रयोन (कृत्रिम फाइबर), कपास र प्लास्टिक हुन्छन्। यसका अतिरिक्त, सुगन्धित र एन्टिब्याक्टेरियल पदार्थहरू पनि समावेश हुन सक्छन्। प्लास्टिकका भागहरू बाहिर हुन्छन् र अतिरिक्त शक्तिशाली अवशोषकको रूपमा पोलिमर पाउडर (सुपरअवशोषक पोलिमर) समावेश हुन्छन्, जुन भिज्दा जेलमा परिणत हुन्छ। प्रोक्तर एन्ड ग्याम्बलले आफ्ना प्याडहरूको मुख्य सामग्रीको रूपमा "Infinicel" नामक आफ्नै विशिष्ट पदार्थको प्रचार गर्छन्।

सामान्यतया, प्याडको परतबद्ध संरचना यस प्रकार हुन्छ:

  • एक अवशोषक मुख्य सामग्री जसलाई तरल पदार्थ प्रवेश गर्न सक्ने फ्लेक्सिबल टपशीट (liquid-pervious topsheet) र
  • तरल पदार्थ रोक्ने प्लास्टिक बाहिरी तह बीच राखिएको हुन्छ। बाहिरी तहको, बाहिरी भागमा अन्तर्वस्त्र टाँस्न सकिने हुन्छ।

डिस्पोजेबल ट्याम्पोन र डायपरहरू जस्तै, यसलाई पुनःप्रक्रिया गर्नु कठिन हुन्छ र प्रायः लागतका कारणले कम मात्रामा गरिन्छ। सामान्य रूपमा प्रयोग हुने कुहिने सामग्रीको लागत अझै पनि सिंथेटिक वा कृत्रिम सामग्रीभन्दा बढी हुन्छ।[] यदि यी उत्पादनहरू ल्यान्डफिलमा फ्याँकिए नकुहिने भागहरू हजारौँ वर्षसम्म रहिरहन्छन्, ती वस्तु थर्मल रीसाइकलिङ (ज्वलन) मार्फत मात्रै प्रयोगमा आउँछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "14 Important Questions about Hygiene During Your Period", flo.health (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०२-२६
  2. Hogue, Cheryl (अक्टोबर १७, २०२२), "What is in period products?", Chemical & Engineering News (American Chemical Society) 100 (37): 38–42, आइएसएसएन 0009-2347, अन्तिम पहुँच २९ अक्टोबर २०२२
  3. Luchese, Cláudia Leites; Engel, Juliana Both; Tessaro, Isabel Cristina (२०२१-०१-०१), "14 - Disposable, reusable and biodegradable hygiene products", in Mondal, Md. Ibrahim H., Antimicrobial Textiles from Natural Resources, The Textile Institute Book Series (Woodhead Publishing): 421–454, आइएसबिएन 978-0-12-821485-5, डिओआई:10.1016/b978-0-12-821485-5.00003-2, अन्तिम पहुँच २०२५-०८-१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]