सामग्रीमा जानुहोस्

महिला अधिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(महिलाको अधिकारबाट अनुप्रेषित)

महिला अधिकार भन्नाले महिलाहरूको निम्ति हक, हित, सुरक्षा, सुविधा तथा संरक्षणका विषयहरू हुन्। यी अधिकारहरू लाई १९औँ शताब्दीमा महिला अधिकार आन्दोलन, २०औँ र २१औँ शताब्दीमा नारीवादी आन्दोलनहरूको मार्गनिर्देशन गरेका थिए। केही देशहरूमा यी अधिकारहरू कानुन, स्थानीय परम्परा र व्यवहारद्वारा संस्थागत वा समर्थन गरिएका छन्, भने अन्य देशहरूमा यी अधिकारहरू बेवास्ता गरिएका र दमन पनि गरिएका छन्। यी अधिकारहरू मानव अधिकारको व्यापक अवधारणा भन्दा फरक रुपमा अध्ययन गरिएका छन् किनभने यस अधिकारहरू महिलाहरूले भोग्दै आएका ऐतिहासिक र परम्परागत विभेदसँग सम्बन्धित छन्।[]

महिला अधिकारसँग सामान्यतया सम्बन्धित मुद्दाहरूमाः शारीरिक स्वतन्त्रता वा आफ्नो शरीरमा आफ्नै हक र आत्मनिर्णयको अधिकार, यौन हिंसा बाट स्वतन्त्र हुनु, मतदान गर्ने अधिकार, सार्वजनिक पद धारण गर्ने अधिकार, कानुनी सम्झौतामा प्रवेश गर्ने अधिकार, पारिवारिक कानुनमा समान अधिकार पाउनु, काम गर्ने अधिकार, न्यायसंगत तलब वा समान पारिश्रमिक पाउनु, प्रजनन अधिकार, सम्पत्ति मालिक बन्ने अधिकार, र शिक्षामा पहुँच पाउनु समावेश छन्।

महिला अधिकार मुद्दाहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. van Leeuwen, Fleur (२०१३), "‘Women’s rights are human rights!’:: The practice of the United Nations Human Rights Committee and the Committee on Economic, Social and Cultural Rights", in Hellum, Anne; Aasen, Henriette Sinding, Women's Human Rights: CEDAW in International, Regional and National Law, Studies on Human Rights Conventions (Cambridge: Cambridge University Press): 242–267, आइएसबिएन 978-1-107-03462-4, डिओआई:10.1017/cbo9781139540841.012, अन्तिम पहुँच २०२५-०८-१५