महिला ढाल
महिला कण्डम महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक परिवार नियोजनको अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो । यसलाई फेमिडोम को नामले पनि चिनिन्छ । यसको प्रयोग एकदमै सरल र सजिलो छ यौन सम्पर्कको समयमा महिलाले यो योनि भित्र लगाउनु पर्ने हुन्छ । महिला कण्डम गुदा यौन सम्पर्कको समयमा ग्रहणकर्ता साझेदार द्वारा प्रयोग गर्न सकिन्छ।[१][२] यस फेमिडममा दुई वटा रिङ्गहरु हुन्छन् जसमा खुम्चिने पट्टिको रिङ्गलाई यौनी भित्र राख्नु पर्दछ।[३] यसको प्रयोग महिलाले गरेमा पुरुषले कुनैपनि साधन प्रयोग गर्नुपर्ने आवश्यकता पर्दैन। सामान्य पुरुष कण्डमको तुलनामा यसको मुल्य धेरै पर्ने भएकाले यो विकसित देशहरूमा मात्र बढि प्रयोगमा आएको छ ।
महिला कन्डमले पनि पुरुष कन्डमले जस्तै गर्भवती हुन रोक्नका साथै यौनजन्य रोगहरूबाट र एच.आई.भी. सङ्क्रमण हुनबाट बचाउदछ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । यस कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । नेपालमा महिला कन्डम निजी औषधी पसलहरूमा मात्र उपलब्ध छ । बजारमा महिला कन्डम फेमिडोम, भी—अमोर ब्रान्डमा उपलब्ध छ ।
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ Female condoms for anal sex archive 20090430
- ↑ "How to Put on a Female Condom (For Anal Sex)" (PDF), मूलबाट २०१२-०९-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०१-०४।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-०५ मिति - ↑ "महिला कन्डम, सेक्स अघी कसरी प्रयोग गर्ने ?", अन्तिम पहुँच २०१९-०३-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१३ मिति