सामग्रीमा जानुहोस्

महिला फुटबल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महिला फुटबल
फ्रान्सको लियोँमा भएको २०१९ फिफा महिला विश्वकपको फाइनलमा बलका लागि प्रतिस्पर्धा गर्दै एलेक्स मोर्गनस्टेफानी भान डेर ग्राग्ट
उच्चतम अन्तराष्ट्रिय  संस्थाफिफा
उपनामहरूद वुमेन्स गेम,[][]
पहिलो खेलसन् १८८० को दशक, बेलायत[][]
अभिलक्षण
सम्पर्क
टिम सदस्यप्रति टोली ११ जना (गोलरक्षक सहित)
लैङ्गिक विभाजनहोइन, छुट्टाछुट्टै प्रतियोगिताहरू
श्रेणीकरणसामूहिक खेल, बल खेल
खेल सामाग्रीभकुण्डो, फुटबल जुत्ता, सिन गार्ड, खेल पोसाक (किट), र पञ्जा (गोलरक्षकका लागि)
आयोजना स्थानफुटबल मैदान
उपस्थिति
राष्ट्र वा क्षेत्रविश्वभर
ओलम्पिक१९९६ देखि
प्यारालम्पिकहोइन

महिला फुटबल महिलाहरूद्वारा खेलिने एक सामूहिक खेल हो। यो विभिन्न देशहरूमा व्यावसायिक स्तरमा खेलिन्छ र करिब २०० राष्ट्रिय टोलीहरूले अन्तर्राष्ट्रिय रूपमा सहभागिता जनाउँछन्।[] पुरुष र महिला दुवैको फुटबलका लागि फुटबलका उही नियमहरू प्रयोग गरिन्छ।[] अमेरिका महिला फुटबलमा सबैभन्दा सफल राष्ट्र हो, जसले ४ पटक फिफा महिला विश्वकप र ५ पटक ओलम्पिक स्वर्ण पदक जितेको छ। दोस्रो सबैभन्दा सफल राष्ट्र जर्मनी हो, जसले २ पटक महिला विश्वकप र १ पटक ओलम्पिक स्वर्ण पदक जितेको छ।

१९२० को दशकमा संयुक्त अधिराज्यमा महिला फुटबलको "पहिलो स्वर्ण युग" चलिरहेको बेला एकै खेल हेर्न ५०,००० भन्दा बढी दर्शकहरू उपस्थित भएका थिए।[] त्यसपछि द फुटबल एसोसिएसनले इङ्गल्यान्डमा सन् १९२१ देखि १९७० सम्म आफ्ना सदस्य क्लबहरूका मैदानमा महिला फुटबल खेल्न प्रतिबन्ध लगाएको थियो।[] अन्य धेरै राष्ट्रहरूमा पनि महिला फुटबल खेलाडीहरूले पुरुष-प्रधान संस्थाहरूबाट यस्तै प्रकारको दुर्व्यवहार र प्रतिबन्धको सामना गर्नुपरेको थियो।[]

सन् १९७० को दशकमा, अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरू अत्यधिक लोकप्रिय बनेका थिए,[१०][११] र एसियाको सबैभन्दा पुरानो महाद्विपीय प्रतियोगिता एफसी महिला एसिया कप स्थापना भएको थियो। तथापि, सन् १९८६ भन्दा अघि फिफा काङ्ग्रेसमा कुनै पनि महिलाले सम्बोधन वा मन्तव्य राख्न पाएका थिएनन्।[१२] फिफा महिला विश्वकप पहिलो पटक सन् १९९१ मा चीनमा आयोजना गरिएको थियो र त्यसयता यो धेरै देशहरूमा टेलिभिजनमा व्यापक रूपमा हेरिने प्रमुख खेलकुद कार्यक्रम बनेको छ।[१३][१४]


सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. Keogh, Emily (२९ अक्टोबर २०२४), "The Ballon d'Or should be a celebration, for the women's game it's a disgrace", ESPN (अङ्ग्रेजीमा), मूलबाट २४ फेब्रुअरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२५
  2. Halloran, John D. (२०१८-१२-३१), "XI Moments of 2018: Courage cap best WoSo season ever", The Equalizer, मूलबाट १५ फेब्रुअरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-०१-०२
  3. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "Pink2018" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "Donmouth1881" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. "The FIFA Women's World Ranking", फिफा, मूलबाट ८ अक्टोबर २०११-मा सङ्ग्रहित।
  6. "Laws of the Game 2015/16", Documents | IFAB (अङ्ग्रेजीमा), पृ: 3, 22, मूलबाट १४ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २०२५
  7. "Trail-blazers who pioneered women's football", बीबीसी न्युज, ३ जुन २००५, मूलबाट १४ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०२-१९
  8. "Women's FA Cup final: The evolution of women's football", BBC Sport, ४ डिसेम्बर २०२१, मूलबाट ६ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०२२
  9. "The Offside Museum highlights when women were banned from playing soccer", The Drum, मूलबाट ९ जुन २०१९-मा सङ्ग्रहित।
  10. Bill Wilson (७ डिसेम्बर २०१८), "Mexico 1971: When women's football hit the big time", BBC News, मूलबाट ८ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०२२
  11. "Martini and Rosso's sponsorship of the Women's World Cups in 1970 and 1971 Celebrating 50 years since an innovative sports partnership began", JJ Heritage, ६ जुन २०२०, मूलबाट ६ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०२२ अभिलेखिकरण ६ जुलाई २०२२ वेब्याक मेसिन
  12. Gorman, Sophie (२६ जुन २०१९), "Ellen Wille, the mother of women's football", France 24, मूलबाट ६ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०२२
  13. Sandomir, Richard (२०१५-०७-०७), "Women's World Cup final was most-watched soccer game in US history", CNBC (अङ्ग्रेजीमा), मूलबाट १८ अक्टोबर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-१६
  14. FIFA.com, "FIFA Women's World Cup 2019 - News - FIFA Women's World Cup 2019 watched by more than 1 billion", www.fifa.com (en-GBमा), मूलबाट १८ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-१६