महिला विरुद्धको भेदभाव उन्मूलन सम्बन्धी घोषणापत्र
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
महिला विरुद्धको भेदभाव उन्मूलन सम्बन्धी घोषणापत्र संयुक्त राष्ट्र सङ्घको महासभाद्वारा जारी गरिएको मानव अधिकार घोषणापत्र हो, जसले महिला अधिकार सम्बन्धी उक्त निकायको विचारलाई रूपरेखा दिन्छ।[१] यसलाई ७ नोभेम्बर १९६७ मा महासभाले स्वीकृति दिएको थियो। यो घोषणापत्र कानुनी रूपमा बाध्यकारी १९७९ को महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९को एक महत्त्वपूर्ण अग्रदूत थियो।[२] यसको उद्देश्य विशेष गरी महिलाको अधिकारको संरक्षणको लागि लैङ्गिक समानतालाई प्रवर्द्धन गर्नु थियो। यो सन् १९६७ मा महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय आयोगद्वारा मस्यौदा गरिएको थियो।[३] घोषणापत्रका सिद्धान्तहरू कार्यान्वयन गर्न, ३ डिसेम्बर १९८१ मा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९ गठन र लागू गरिएको थियो।
सारांश
[सम्पादन गर्नुहोस्]यो घोषणापत्रले मानव अधिकारको विश्वव्यापी घोषणापत्रको संरचनालाई पछ्याउँछ, जसमा प्रस्तावनापछि एघार धाराहरू छन्।
धारा १ले महिला विरुद्धको भेदभाव "मौलिक रूपमा अन्यायपूर्ण र मानव मर्यादा विरुद्धको अपराध हो" भनेर घोषणा गर्दछ।[४] "भेदभाव"लाई परिभाषित गरिएको छैन।
धारा २ले महिला विरुद्ध भेदभाव गर्ने कानून र प्रथाहरूको उन्मूलन गर्न, कानून अन्तर्गत समानतालाई मान्यता दिन र राज्यहरूले भेदभाव विरुद्धको विद्यमान संयुक्त राष्ट्र मानव अधिकार दस्तावेजहरूलाई अनुमोदन र कार्यान्वयन गर्न आह्वान गर्दछ।
धारा ३ले महिला विरुद्धको पूर्वाग्रह हटाउन सार्वजनिक शिक्षाको लागि आह्वान गर्दछ।
धारा ४ले महिलाहरूलाई मतदान गर्ने अधिकार र सार्वजनिक पद खोज्ने र धारण गर्ने अधिकार सहित पूर्ण निर्वाचन अधिकारको उपभोग गर्न आह्वान गर्दछ।
धारा ५ले महिलाहरूलाई आफ्नो राष्ट्रियता परिवर्तन गर्ने पुरुष सरह समान अधिकारको माग गर्दछ।
धारा ६ले महिलाहरूलाई नागरिक कानूनमा पूर्ण समानताको उपयोग गर्न आह्वान गर्दछ भने यसले विशेष गरी विवाह र सम्बन्ध विच्छेदको वरिपरि, र बालविवाहलाई गैरकानूनी बनाउन आह्वान गर्दछ।
धारा ७ले फौजदारी सजायमा लैङ्गिक भेदभाव उन्मूलन गर्न आह्वान गर्दछ।
धारा ८ले राज्यहरूलाई महिला बेचबिखन र महिलाको वेश्यावृत्तिको शोषणको विरुद्धमा लड्न आह्वान गर्दछ।
धारा ९ले लिङ्गको आधारमा शिक्षा प्राप्त गर्ने समान अधिकारको पुष्टि गर्दछ।
धारा १०ले कार्यस्थलमा समान अधिकारको लागि आह्वान गर्दछ, जसमा रोजगारीमा भेदभाव नगर्ने, समान कामको लागि समान ज्याला, र तलबी प्रसूति बिदा समावेश छ।
धारा ११ले राज्यहरूलाई घोषणापत्रका सिद्धान्तहरू कार्यान्वयन गर्न आह्वान गर्दछ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Freeman, Marsha A. (२०१२), The UN Convention on the Elimination of All Forms of Discrimination Against Women: A Commentary, Oxford: Oxford University Press, पृ: ३८, आइएसबिएन 9780199565061, अन्तिम पहुँच १४ मार्च २०२०।
- ↑ United Nations General Assembly Resolution 2263, 7 November 1967.
- ↑ Evatt, Elizabeth (२००२), "Finding a voice for women's rights: The early days of CEDAW", George Washington International Law Review 34: 515–553, ढाँचा:ProQuest।
- ↑ Declaration on the Elimination of Discrimination against Women, Article 1.