महिला स्वच्छता


महिला स्वच्छताका उत्पादनहरू भन्नाले महिनावारी, योनीबाट हुने श्राव, वा योनी र योनीमार्गसँग सम्बन्धित अन्य शारीरिक कार्यहरूका क्रममा महिलाहरूको स्वच्छताका लागि प्रयोग गरिने व्यक्तिगत हेरचाहका उत्पादनहरूलाई बुझाउँछ। महिनावारीका बेला प्रयोग गरिने उत्पादनहरूलाई महिनावारी स्वच्छता उत्पादन पनि भनिन्छ, जसमा स्यानिटरी प्याड, ट्याम्पोन, पेन्टीलाइनर , महिनावारी कप, महिनावारी स्पन्ज र महिनावारी पेन्टीहरू पर्दछन्।
महिला स्वच्छता उत्पादनहरू कि त एक पटक मात्र प्रयोग गर्न मिल्ने वा पुनः प्रयोग गर्न मिल्ने खालका हुन्छन्। स्यानिटरी प्याड, ट्याम्पोन र पेन्टीलाइनरहरू एक पटक मात्र प्रयोग गरेर फ्याँकिने महिला स्वच्छता उत्पादन हुन्। त्यसैगरी, महिनावारी कप, कपडाको महिनावारी प्याड, महिनावारी पेन्टी र स्पन्जहरू पुनः प्रयोग गर्न मिल्ने महिला स्वच्छता उत्पादन हुन्।[१]
यसका साथै, योनीमार्ग वा योनी सफा गर्न प्रयोग गरिने डुस, महिला वाइप्स र साबुन जस्ता उत्पादनहरू पनि महिला स्वच्छता उत्पादन अन्तर्गत पर्दछन्।
प्रकारहरू
[सम्पादन]महिनावारी स्वच्छता उत्पादनहरू
[सम्पादन]




डिस्पोजेबल (एक पटक मात्र प्रयोग गर्न मिल्ने):
- स्यानिटरी प्याड: यो बढी मात्रामा हुने महिनावारीको रगत सोस्नका लागि भित्री वस्त्रको भित्री भागमा लगाइने सोस्ने पदार्थबाट बनेको प्याड हो। यो सेलुलोजबाट बनेको हुन्छ र यो विभिन्न सोस्ने क्षमता र लम्बाइमा उपलब्ध हुन्छ। प्याडलाई यथास्थानमा टिकाइराख्न यसमा पखेटाहरू र/वा टाँसिने खस्रो भाग हुनसक्छ।[२][३][४]
- पेन्टीलाइनर: स्यानिटरी प्याड जस्तै भए तापनि यो आकारमा सानो र पातलो हुन्छ। यसको प्रयोग थोरै मात्रामा हुने महिनावारी, बीच-बीचमा हुने रक्तस्राव र योनीबाट हुने श्रावका लागि वा ट्याम्पोनको पूरकका रूपमा गरिन्छ।[२][३]
- ट्याम्पोन: महिनावारीको रगत सोस्नका लागि योनीभित्र घुसाइने साधन, जसलाई पौडी खेल्ने समयमा पनि प्रयोग गर्न सकिन्छ। यो विभिन्न सोस्ने क्षमतामा उपलब्ध हुन्छ।[२][३][४]
पुनः प्रयोग गर्न मिल्ने:
- महिनावारी कप: सिलिकन, प्राकृतिक रबर, वा प्लास्टिकबाट बनेको कप; जसलाई रगत र/वा पाठेघरको भित्री तहमा जमेका रगतहरू सङ्कलन गर्नका लागि योनीभित्र पसाइन्छ।[५] यीमध्ये अधिकांश पुनः प्रयोग गर्न मिल्ने खालका हुन्छन्: भरिएपछि यसलाई खाली गरिन्छ र धोएर वा उमालेर पुनः प्रयोग गर्न सकिन्छ।
- कपडाको महिनावारी प्याड: भित्री वस्त्रको भित्रपट्टि लगाइने प्याड; जुन कपास, फ्ल्यानेल वा टेरी जस्ता सामग्रीहरूबाट बनेको हुन सक्छ।[५]
- महिनावारी पेन्टी: यसले प्याडलाई यथास्थानमा राख्ने भित्री वस्त्र वा ट्याम्पोन र प्याडको सट्टामा प्रयोग गर्न सकिने रगत सोस्ने क्षमता भएको भित्री वस्त्र दुवैलाई बुझाउन सक्छ।[५]
- महिनावारी स्पन्ज: ट्याम्पोन वा कप जस्तै गरी शरीरको भित्री योनी भित्र पसाएर प्रयोग गरिने साधन।[६]
- गम्छा: कपडाको ठूलो र पुनः प्रयोग गर्न मिल्ने टुक्रा, जसको प्रयोग प्रायः रातीको समयमा (अन्य कुनै साधन उपलब्ध नभएमा) महिनावारीको बहाव सोस्नका लागि दुई खुट्टाको बीचमा राखेर गरिन्छ।[स्रोत नखुलेको]
- महिनावारी डिस्क: यो मेडिकल-ग्रेड सिलिकनबाट बनेको पुनः प्रयोग गर्न मिल्ने उत्पादन हो, जसलाई १२ घण्टासम्म महिनावारीको तरल पदार्थ सङ्कलन गर्नका लागि बनाइएको हुन्छ। परम्परागत प्याड र ट्याम्पोनको विपरीत, यो योनी मार्गको अलि माथिल्लो भागमा सहज रूपमा बस्छ र रगत नचुहिने सुरक्षित अनुभव प्रदान गर्दछ। यो आइयुडी प्रयोगकर्ताहरूका लागि सुरक्षित, किफायती हुनुका साथै पाँच वर्षभन्दा बढी समयसम्म टिक्ने भएकाले महिनावारीको हेरचाहका लागि एक आधुनिक र वातावरणमैत्री विकल्प मानिन्छ।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Nicole, Wendee (मार्च २०१४), "A Question for Women's Health: Chemicals in Feminine Hygiene Products and Personal Lubricants", Environmental Health Perspectives 122 (3): A70–A75, डिओआई:10.1289/ehp.122-A70, पिएमआइडी 24583634, पिएमसी 3948026।
- 1 2 3 Schaefer, Valorie Lee, et al. The Care & Keeping of You 1: The Body Book For Younger Girls. American Girl, 2018.
- 1 2 3 Natterson, Dr. Cara, and Josée Masse. The Care and Keeping of You 2 The Body Book for Older Girls. American Girl Publishing, 2012.
- 1 2 Stewart, Elizabeth Gunther. (२००२), The V book: a doctor's guide to complete vulvovaginal health, Bantam Books, आइएसबिएन 978-0-307-49244-9, ओसिएलसी 773813783।
- 1 2 3 "How Do I Use Tampons, Pads, Period Underwear & Menstrual Cups? | Facts & Info", www.plannedparenthood.org (अङ्ग्रेजीमा), मूलबाट २०१९-१०-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-१८।
- ↑ Kim, Naeun (२०१५-११-१०), "Soaking It Up With Menstrual Sea Sponges", Vice (अङ्ग्रेजीमा), मूलबाट २०१९-११-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-१८।
- ↑ mimi, my, "what is a menstrual disc?", my mimi (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-०३।
बाह्य कडीहरू
[सम्पादन]
महिला स्वच्छतासँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।