महेन्द्र यादव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

महेन्द्र यादव

नेपाली काग्रेसको भातृ सङ्गठन तरुण दलका अध्यक्ष महेन्द्र यादव २०३५ साल देखि राजनीतिमासहभागी हुदै आउनु भएको छ। २०४६ सालको जनआन्दोलनमा उहा"ले धनुषामा प्रजातन्त्र पुनस्थार्पना लागि संर्घष गर्नुभएको थियो भने राजाको निरकुंश शासन विरुद्धकेन्द्रमा रहेर काम गर्नुभयो।

नेपाली काङ्ग्रेस विभाजन पछि उहा नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको तरुण दलको अध्यक्ष हुनुहुन्थ्यो र पार्टी यक भए पछि पनि उहा तरुण दलको अध्यक्ष रहीरहनुभयो। एक श्रीमती र दुई छोराका पीता यादवलाई मधेसी कोटाबाटसंविधान सभा सदस्यमा निर्वाचित हुनुभएको हो। समाजसेवामा रुचि भएका यादवको हिन्दी चलचित्र हेर्ने बानी छ। मैथली भाषी यादवले विज्ञान विषयमा स्नातकोत्तर सम्मकोअध्ययन गर्नुभएको छ।

अहिलेसम्म कुनै पनि संसदीय र स्थानीय निर्वाचनमा यादवलेभाग नलिएको जानकारी दिनुभयो। उहाले मधेस र समग्र युवा भावनाको प्रतिनिधित्व हुने गरी लोकतान्त्रिक संविधान निर्माणमा आफ्नो सहभागिता रहने बताउनुभयो।

[१]

सन्दर्भ[सम्पादन गर्ने]