माइकी म्याडिसन
माइकी म्याडिसन Mikey Madison | |
|---|---|
२०२४ मा म्याडिसन | |
| जन्म | मिकाएला म्याडिसन रोसबर्ग २५ मार्च १९९९ लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
| पेशा | अभिनेत्री |
| कार्यकाल | २०१४–वर्तमान |
मिकाएला "माइकी" म्याडिसन रोसबर्ग (जन्म: मार्च २५, १९९९) एक अमेरिकी अभिनेत्री हुन्। उनीले आफ्नो करियर छोटो चलचित्रहरूमा अभिनय गरेर सुरु गरेकी थिइन् र एफएक्सको हास्य-नाटक शृङ्खला बेटर थिङ्स (२०१६–२०२२) मा एक उदास किशोरीको भूमिकाका लागि पहिचान प्राप्त गरेकी थिइन्। त्यसपछि म्याडिसनले क्वेन्टिन टारान्टिनोको वन्स अपन अ टाइम इन हलिउड (२०१९) मा म्यान्सन परिवारकी सदस्य सुजन एटकिन्सको भूमिका निभाएकी थिइन् र स्क्रिम (२०२२) मा एम्बर फ्रिम्यानको भूमिकामा अभिनय गरेकी थिइन्।
सन बेकरको चलचित्र अनोरा (२०२४) मा स्ट्रिपरको रूपमा उनको उत्कृष्ट भूमिकाको लागि, म्याडिसनले सर्वश्रेष्ठ अभिनेत्रीको लागि एकेडेमी पुरस्कार र बाफ्टा सहित धेरै पुरस्कारहरू प्राप्त गरिन्। उनी अभिनयका लागि ओस्कार जित्ने जेनेरेसन जेडकी पहिलो सदस्य हुन्।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]मिकाएला म्याडिसन रोसबर्गको जन्म २५ मार्च १९९९ मा लस एन्जलसमा भएको थियो।[१][२] उनका आमाबाबु दुवै मनोवैज्ञानिक हुन्। उनलाई दुई भाइहरू छन्, जसमध्ये एक उनका जुम्ल्याहा हुन्, र दुई दिदीहरू पनि छन्।[३][४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Madison, Mikey (फेब्रुअरी ११, २०२५), 'I Was a Weird Horse Girl' Mikey Madison Reflects on Her Teenage Years | 90s Baby, Hits Radio, अन्तिम पहुँच मार्च ३, २०२५।
- ↑ Yuan, Jada (अक्टोबर १८, २०२४), "Mikey Madison got 'almost too comfortable' in strip clubs for 'Anora'", The Washington Post, मूलबाट अक्टोबर १८, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २२, २०२४।
- ↑ Kelsey, Colleen (जुन ५, २०१७), "Mikey Madison", Interview Magazine (en-USमा), मूलबाट अगस्ट ५, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २१, २०२४।
- ↑ Shanahan, Christina (नोभेम्बर २४, २०१६), "Why you should binge watch Better Things over the Long Weekend, according to Mikey Madison", InStyle, मूलबाट मे २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ४, २०१७। वेब्याक मेसिन अभिलेखिकरण मे २, २०१७ मिति